23rd March 2019, Saturday

E-budhabar

लक्कीको निर्णय प्रचण्डको हातमा



लक्कीको निर्णय प्रचण्डको हातमा

काठमाडौं । आफ्नै चालकसँग पैसा लिएर अस्ट्रेलिया लगेको आरोप लागेकी अस्टे«लियाका लागि राजदूत लक्की शेर्पाको पद के हुने भन्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा अड्किएको छ ।
आफ्नै चालक वाङचु शेर्पाले आफूसँग राजदूतले पैसा लिएर अस्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवादमा तानिएकी राजदूत शेर्पासँग परराष्ट मन्त्रालयले स्पष्टीकरण सोधेर त्यसको प्रतिवेदन सम्बन्धित निकायमा बुझाइसकेको छ । परराष्ट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागी यस्ता विवादित राजदूतलाई राख्नुहुन्न भन्नेमा छन् । तर, विगतमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट सिफारिस भएर राजदूत भएको हुनाले यसको निर्णयको जिम्मा प्रचण्डलाई दिइएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई तपाई अर्को कसैको नाम दिनुस् त्यही दिनको बैठकबाट तपाईंले दिएकै नाम अनुमोदन गरौला तर लक्कीलाई नराखौं भनिसकेका छन् । तर, प्रचण्डले केही खबर नगर्दा निर्णय रोकिएको छ ।
कुनै निर्णय नहुँदा राजदूत शेर्पाले परराष्ट्रका कर्मचारीलाई पनि हैरान बनाएकी छन् । नबोलाईकन मयार्दाको समेत ख्याल नगरी मन्त्रालयज जाने र कर्मचारीका सामु अन्ठसन्ठ कुरा गरेर हैरान बनाउने गरेको कर्मचारीहरू बताउँछन् ।
यसैबीच, खाली रहेका चार देशको राजदूत नियुक्तबारे पनि अहिलेसम्म कुनै निर्णय भएको छैन । सरकारले यसअघि बंगलादेशका राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका लागि अर्जुनबहादुर सिंह, स्पेनका लागि भरतबहादुर रायमाझीलाई फिर्ता बोलाइसकेको छ भने यूएनको समेत गरि चार देशमा खाली छ ।
खाली देशमा अहिल्यै राजदूत सिफारिस गर्ने कि विगतमा कांग्रेस कोटामा सिफारिस भएकालाई पनि फिर्ता बोलाएर एकैचोटि गर्ने भन्ने मा अलमल भएको बुझिएको छ । यसअघि कांग्रेस कोटाबाट श्रीलंकामा विश्वम्भर प्याकुरेल, ओमानमा शर्मिला पराजुली, जापानमा प्रतिभा राणा, म्यानमारमा भीम उदास र कतारमा रमेश कोइराला राजदूत छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा