16th January 2019, Wednesday

E-budhabar

पैसा झार्न अनेक जुक्ति



पैसा झार्न अनेक जुक्ति

काठमाडौं । राज्यले दिएको तलब खाएर जनताको काम खुरुखुरु गर्नु नै निजामती कर्मचारीको कर्तव्य हो । र, उनीहरूले शपथ खाँदा पनि देश, जनता र सेवाग्राहीप्रति इमानदार भई कर्तव्य पूरा गर्ने प्रण गरेका हुन्छन् । तर यो कुरा व्यवहारमा लागू भने हुन सकेको छैन ।
कर्मचारीहरूका लागि दोस्रो भन्सार मानिएको मालपोत र यातायातका कर्मचारीहरू प्रायः यस्ता अड्डाहरूमा जान मरिहत्ते गर्छन् । त्यही मेसोमा भक्तपुर मालपोत कार्यालयका एक सुब्बाले आफूलाई अग्रणी कायम गरेका छन् । उनी हुन् फाँटवाला रमेश कँडेल । अक्सर निजामती कर्मचारीहरू एउटा अड्डामा बढीमा दुई वर्ष बस्न पाइन्छ । तर, दोस्रो भन्सार मानिएको सो कार्यालयमा उनी विगत चार वर्षदेखि छन् ।
सरुवा भइहाले पनि माथिदेखि च्यानल मिलाएर उनी त्यहीँ रहन सफल हुन्छन् । त्यति मात्र होइन, विगत चार वर्षदेखि पैसा झार्न उनले लगाउने गरेको जुक्तिदेखि सेवाग्रहीहरू आजित भएका छन् । हाल झौखेल फाँटमा कार्यरत उनी कार्यालय त समयमै जान्छन् तर आफ्नो कार्यकक्षमा पुगेर फटाफट काम थाल्दैनन् । फाँटवालले टिप्पणी उठाएर फाइल अधिकृतकोमा लानुपर्नेमा उनी आफैं ती फाइल त संकलन गर्छन् तर टिप्पणी उठाउँदैन, बरु फाइलको जाम गरेर राख्छन् । कहिले ज्यान दुख्यो भन्ने त कहिले शौचालय जाने अनि कहिले खाजा खान जाने र अन्य विविध बहानामा बाहिर भित्रै गर्दैमा उनले ३ बजाउँछन् । सेवाग्राहीले सोधे ‘गर्दै छु, काम हुँदै छ, हाम्रो ज्यान मेसिन हो र हामीलाई चाहिँ आराम चाँहिदैन ?’ भन्ने अनेक खालका प्रतिप्रश्न गरेरै उनी समय खेर फालिरहेका हुन्छन् । जब सेवाग्राही उनीदेखि आजित भएर ‘के कसो गर्नुप¥यो सर, बरु हामी चिया खर्च हेर्छाैं’ भन्दैनन् तबसम्म उनी काम सुरु गर्दैनन् । सेवाग्राही भोलि पनि फेरि यसैगरी धाउनुभन्दा बरु आजै केही रकम दिएर काम गराऔं भन्ने निष्कर्षमा पुग्दैनन्, तबसम्म उनको ढिलासुस्ती र आलटाल जारी रहन्छ । अन्तमा सिधै घुस लिएर मात्र उनले काम अघि बढाउँछन् । यस्ता कर्मचारीहरुले गर्दा समग्र कर्मचारीहरुको बदनाम भएको बताइन्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा