17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

चीनको ४० वर्षको परिवर्तन र सिक्नुपर्ने पाठ



चीनको ४० वर्षको परिवर्तन र सिक्नुपर्ने पाठ

सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि चीनले सोभियत मोडेलको केन्द्रीकृत र बन्द आर्थिक योजना प्रणाली लागू गरेको थियो । बन्द आर्थिक नीति भनिए पनि मानिसहरूकोे आवतजावत र आर्थिक, प्राविधिक आदिजस्ता सहयोगका विषयमा भने चीन सोभियत युनियन र पूर्वी युरोपका तत्कालीन देशहरूसँग भने खुला नै थियो । निरन्तर यही केन्द्रीकृत आर्थिक नीति अपनाएको चीनमा जब माओको मृत्यु सन् १९७६ मा भयो, त्यसपछि उदाएका नेता देङ सियाओपिङले चीनमा सन् १९७८ देखि केन्द्रीकृत र बन्द आर्थिक प्रणालीलाई घरेलु रूपमा सुधार र बाह्य रूपमा खुलापनको नीति अवलम्बन गरे । यो नीति अवलम्बन गरेको अहिले ४० वर्ष पूरा भएको छ र यो लेख ४० वर्षको अवधिमा चीनले आर्थिक रूपमा के उपलब्धि हासिल ग¥यो भन्नेमा केन्द्रित रहनेछ ।
कुल गार्हस्थ्य उत्पादनको विकल्पमा आर्थिक क्षेत्रमा थुप्रै बहस भएका छन् र यसलाई कुनै देशको आर्थिक विकासको मापन गर्ने असल मापन मान्न छोडिए पनि अहिलेसम्म कुनै पनि देशको आर्थिक विकासमा मुख्यत कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरलाई नै आधार बनाइन्छ । कुल गार्हस्थ्य उत्पादनलाई आधार बनाएर चीनको परिवर्तनलाई हेर्ने हो भने सुधार र बाह्य क्षेत्रमा खुलापनको नीति अपनाएको वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन ३६७.८७ बिलियन थियो भने यसको ४० वर्षमा यो कुल गार्हस्थ्य उत्पादन ८२.७१ टिलियन पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ४० वर्षमा २० प्रतिशतले घटेको छ भने सेवाक्षेत्रको योगदान २४.६ प्रतिशतबाट बढेर ५१.६ प्रतिशत पुगेको छ । त्यस्तै, चिनियाँहरूको सन् १९७८ अर्थात् आजभन्दा ४० वर्षअगाडि प्रतिव्यक्ति आय ३ सय ८५ युआन बाट सन् २०१७ सम्ममा ५९ हजार ६ सय ६० युआन पुगेको छ । जुन सन् १९७८ को प्रतिव्यक्ति आयको लगभग १५५ गुणा बढी हो । नयाँ रोजगारीको सिर्जना आर्थिक विकासको महŒवपूर्ण सूचक हो र चीनमा सहरी क्षेत्रमा मात्र सन् २००० मा २.६ मिलियन नया रोजगारीका अवसरहरू सिर्जना गरिएका थिए भने सन् २०१७ मा १३.५१ मिलियन नया रोजगारका अवसरहरू सिर्जना गरिएका थिए । जुन करिब नेपालको जनसंख्याको लगभग आधा संख्या बराबरको संख्या हो ।
मानिसहरूको क्रयशक्ति अर्थात् उपभोग गर्ने क्षमतामा वृद्धि हुनु भनेको मानिसहरूको आम्दानीमा वृद्धि हुनु हो । चिनियाँहरूको सन् १९७८ मा कुल उपभोग क्षमता १ सय ५५.९ युआन मात्र थियो भने सन् २०१७ मा यो क्षमता बढेर ३६.६३ ट्रिलियन पुगेको छ भने चिनियाँ ढुकुटीमा सन् १९७८ मा १५७ मिलियन डलर वैदेशिक मुद्राको सञ्चिति रहेकोमा सन् २०१७ मा ३.१४ टिलियन डलर सञ्चिति रहेको छ । आज चीन वैदेशिक मुद्रा सञ्चित गर्ने संसारको पहिलो देश पनि बनेको छ । आज चीन संसारको सबैभन्दा ठूलो आकारमा अन्तर्राष्ट्रिय व्यापार गर्ने देश हो । सन् २०१७ मा चीनले ४.१ ट्रिलियन डलरबराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ, जुन सन् १९७८ मा २०.६ बिलियन डलर मात्र थियो । चीनको अन्तर्राष्ट्रिय व्यापारलाई हेर्ने हो भने सन् १९७८ देखि २००० सम्म आयात बढी थियो तर सन् २००० पछि मात्र चीनको आयातभन्दा निर्यात बढेको हो । आज चीनको वार्षिक बजेट १७.३६ टिलियन युआन छ, जुन सन् १९७८ मा मात्र ११३.२ बिलियन थियो ।
चीनमा अहिले वैदेशिक लगानी पनि ह्वातै बढेको छ । सन् १९७८ मा ९२० मिलियन डलर वैदेशिक लगानी रहेकोमा सन् २०१७ मा यो लगानी १ सय ३१ बिलियन डलर पुगेको छ । चीनमा अहिले १८.५२ प्रतिशत मानिसहरू सहरमा बस्दछन् तर सन् १९७८ मा मात्र १७.१९ प्रतिशत मानिसहरू सहरमा बसोबास गर्दथे । चीनका ग्रामीण क्षेत्रमा सन् १९७८ मा ७७०.३९ मिलियन मानिसहरू गरिबीको रेखामुनि रहेका थिए । अहिले यो संख्या घटेर ३०.४६ मिलियनमा आइपुगेको छ । यसको अर्थ विगत ४० वर्षमा चीनको ग्रामीण क्षेत्रको गरिबी ७ सय ३० मिलियन ७३ करोड मानिस गरिबीबाट मुक्त भइसकेका छन् ।
अर्थशास्त्रमा गरिब र धनीबीचको खाडल अर्थात् आम्दानीको असमान वितरण नाप्न गिनी कोफिसियन्टको प्रयोग गरिन्छ भने मानिस को जीवनस्तर मापनका लागि इगल कोफिसियन्टको प्रयोग गरिन्छ । यो इगल कोफिसियन्ट जति कम हुन्छ, त्यही मात्रामा मानिसहरूको जीवनस्तर माथि उठ्छ । यसरी हेर्ने हो भने १९७८ मा ६३.९ प्रतिशत इगल कोफिसियन्ट रहेको चीनमा हाल यो कोफिसियन्ट २९.३ प्रतिशत मात्र रहेको छ, जसले चिनियाँहरूको जीवनस्तर लगभग ३४ प्रतिशतका दरले वृद्धि भएको देखाउँछ । चीन हाल उच्च गतिको रेल्वेका लागि संसारमा प्रसिद्ध छ । सन् २०१४ मा १६ हजार किमि रहेको यो रेल्वे सेवा हाल २५ हजार किमिमा पुगेको छ । आज चीनले विश्वको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतको योगदान गर्दछ तर आजभन्दा ४० वर्ष अगाडि चीनको योगदान मात्र ३.१ प्रतिशत थियो । चीन आज जनसंख्याका हिसाबले विश्वको पहिलो र सन् २०१० आर्थिक हिसाबले दोस्रो महाशक्तिका रूपमा विश्वमाझ परिचित छ ।
माथि प्रस्तुत गरिएका तथ्यहरूले चीनको आर्थिक प्रगतिको मुख्य कारण चिनियाँ नेता देङको सुधार र खुलापनलाई र त्यसपछिका सबै नेताले नयाँ सन्दर्भमा दिएको यसको निरन्तरतालाई नै मान्न सकिन्छ । आज चिनियाँ र चीनको विकाससग सरोकार राख्ने सबैले एउटै प्रश्न गर्दछन्, यदि चीनमा देङ सियाओपिङ नभएको भए उनले आन्तरिक रूपमा सुधार र बाह्य रूपमा खुलापनको नीति नल्याएको भए आज चीनले आर्थिक रूपमा यो छलाङ माथ्र्यो वा मार्दैनथ्यो ? तर, चिनियाँ नेताहरू, चिनियाँ जनता चीनको यो आर्थिक प्रगतिको कारण सुधार र खुलापन र राजनीतिक स्थिरतालाई मान्दछन् । उनीहरूमा एउटा बलियो मान्यता छ, एक व्यक्ति वा एक व्यक्तिको सोचले सिंगो देश बन्न सक्छ । देङ एक व्यक्ति थिए, उनको सुधार र खुलापनको नीति एक सोच थियो, जसका कारण आजको चीन बनेको छ । सन् १९७८ मा जतिबेला चिनियाँ नेता देङ नेपाल भ्रमणमा थिए, तथ्यहरूले के पुष्टि गर्दछन् भने त्यतिबेला हामी आर्थिक सूचकहरूमा चीनभन्दा माथि थियौं । तर, आज चीनको आर्थिक सूचक र हाम्रो आर्थिक सूचकका बीचमा कुनै तुलना नै हँुदैन । जसरी एक व्यक्तिको सोच र एक नीतिले चीन बदलियो, हाम्रो देश विकासमा पनि एक देङ चाहिएको छ । हामी नेपाली देङ खोजिरहेका छौं, जसको सोचले नेपालको आर्थिक प्रगति अब केही समयपछि यसरी नै लेख्न पाइयोस् ।
(रोका चीनमा राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दै छन्)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा