16th January 2019, Wednesday

E-budhabar

नेतृत्वकर्ताको चिनारी



नेतृत्वकर्ताको चिनारी

नेपालीहरू विश्वको जुन भूभागमा पेसा, व्यवसाय वा रोजगारी अँगाल्ने हेतुले पुग्छन््, त्यहाँ आफ््नो जातीय, सांस्कृतिक रीतिरिवाज र परम्परालाई कायम राख्न यथेष्ट प्रयत्न गर्छन्् । विदेशी भूमिमा बसोबास गर्दैमा आफ््नो भाषा, वेशभूषा, संस्कृति, चाडपर्वहरू भुल्ने प्रवृत्ति नेपालीहरूमा रत्तिभर पाइँदैन । अझ आफ््नो सांस्कृतिक र जातीय पहिचानलाई निरन्तरता दिइराख्न संगठित हुने आवश्यकताबोध पनि गर्दछन््, नेपालीहरू ।
रोजगारी वा व्यवसाय अपनाउने सिलसिलामा बेलायत पुगेका तमु (गुरुङ) समुदायका मानिसहरूले दुई दशकअघि संगठित हुने जुन प्रयत्न गरे, त्यो आजसम्म आइपुग्दा एउटा संगठित र परिपक्व सामाजिक संस्थाका रूपमा परिणत हुन पुगेको छ । दुई दशकअघि स्थापित तमुधिँ यूकेले यस अवधिमा कुन–कुन व्यक्तिको नेतृत्व पायो र उक्त संस्थाले कस्तो गति पक्रियो ? यस विषयमा पत्रकार डण्ड गुरुङद्वारा लिखित ‘निरन्तर नेतृत्व’ले छर्लङ््ग तुल्याउँछ ।
केही वर्ष भारतीय सेनामा कार्यरत र पछि बेलायतमा व्यवसाय अपनाउने उद्देश्यले पुगेका मीनप्रसाद गुरुङलाई तमुधिँ यूकेको जग बसाल्ने श्रेय जान्छ । यस्तो प्रयत्न उनले सन्् २००० मा गरेका थिए । बेलायतमा सीमित संख्यामा तमूहरूको उपस्थिति रहेको बेला एक सामाजिक संस्थाको रूपमा उनी र अरू व्यक्तिहरूले तमुधिँ यूके स्थापना गर्न पहल गरे । कुनै पनि संस्थाको सुरुवाती चरण अप्ठ््यारा मार्गहरू हुँदै गुज्रिनुपर्ने हुन्छ । अझ जातीय गन्ध आउने संस्थालाई अरू जातिका मानिसले हेर्ने दृष्टिकोण नै फरक र संकुचित हुन्छ । तर, मीनप्रसादले नेतृत्व लिएपछि भने सो संस्थालाई जातीय घेराबाट माथि उठाउने प्रयत्न गरे । तमुबाहेकका जातिका मानिसलाई समस्या पर्दा सहयोगका लागि अग्रसर हुने काम गरे । २०६१ सालमा इराकमा १२ जना नेपालीको हत्या हुँदा सोही संस्थाको सक्रियतामा ८ लाख रुपियाँ उठाइएको थियो र उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
तमुधिँको स्थापनाकालदेखि नै सामाजिक गतिविधिले निरन्तरता पाएन, सोही संस्थाको व्यानरमुनि आफ््नो जातीय, सांस्कृतिक पहिचानलाई कायम राख्ने प्रयत्नहरूसमेत हुन थाले । तमू समुदायको मुख्य पर्व ल्होसारलाई भव्य रूपमा मनाउन थालियो । बेलायतमा बस्ने तमुहरूको दृष्टि सोही देशमा बस्दा आफ््नो सांस्कृतिक पहिचान जोगाउनमा मात्र सीमित रहेन, सो संस्थाको दृष्टि नेपालको शैक्षिक क्षेत्रमा समेत पर्दै आएको छ, आजपर्यन्त । तमु समुदायको बालबालिकाको शिक्षामा योगदान पु¥याउन हरेक वर्ष च्यारिटी कार्यक्रम हुँदै आएको छ र त्यसले जीवनस्तर कमजोर रहेको सो समुदायको बालबालिकाको शैक्षिक उन्नयनमा योगदान पु¥याउन चुकेको छैन ।
दुई दशकको अवधिमा तमुधिँ यूकेले आठजना व्यक्तिको नेतृत्व पायो । हरेक नेतृत्वकर्ताले सो संस्थालाई गति दिन अथक प्रयत्न गर्दै आएका छन्् । संस्थालाई गरिमामय बनाउन र नयाँ उचाइ प्रदान गर्न हरेक नेतृत्वकर्ताले अहं भूमिका निभाउँदै आएका छन्् । दुई कार्यकाल अध्यक्ष भएका मीनप्रसादपछि तमुधिँको नेतृत्वमा आए, गोर्खा मेजर डमर घले । सन्् २००२ मा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि संस्थाको अध्यक्ष बन्न आएको प्रस्तावलाई उनले अस्वीकार गर्न चाहेनन्् र नेतृत्वको जिम्मा लिए । अध्यक्ष घलेको कार्यकालमा तमुधिँ भवन निर्माणको कार्य अघि बढ््यो भने उनकै कार्यकालमा संस्थाले आजीवन सदस्यता दिन सुरु ग¥यो ।
तेस्रो नेतृत्वकर्ता थिए, मेजर लालबहादुर गुरुङ । उनको कार्यकालमा तमुधिँ यूकेको भवन खरिद गर्ने काम भयो भने गोर्खा कपले व्यापकता पायो । त्यसपछि अध्यक्ष बनेका सुवसिंह गुरुङले नेपाली मेलाको सुरुवात गर्नुका साथै त्यसलाई फैलाउने कार्यमा अग्रसरता लिए । सुवसिंहको कार्यकालसम्म नेतृत्व सर्वसम्मत भए पनि त्यसपछि भने आकांक्षीहरू बढ््दै जान थाले पछि चुनावी प्रतिस्पर्धा हुन थाल्यो । मुक्षेत्र गुरुङ चुनाव लडेरै अध्यक्ष बने । त्यसपछि कमल गुरुङले नेतृत्व सम्हाले र उनले आफ््नो कार्यकालमा नेपाली मेलालाई अझ व्यवस्थित तुल्याउने काम गरेर कम्युनिटी अवार्डको सुरुवात पनि गरे । २०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प जाँदा तमुधिँ यूकेको अध्यक्ष थिए, रामचन्द्र गुरुङ । भूकम्प पीडितहरूको घाउमा मल्हम लगाउन सो संस्थाले डेढ करोड रुपियाँ संकलन गरेर नेपालमा पठाइएको थियो । अहिले सो संस्थाको नेतृत्व ज्ञाम गुरुङले गरिरहेका छन्् ।
नेपालबाहिर स्थापित एउटा संस्थाले दुई दशकसम्म कसरी अविच्छिन्न रूपमा सामाजिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको छ ? यसबारे छर्लङ््ग तस्बिर उक्त पुस्तकले दिन्छ नै । त्योभन्दा पनि ठूलो कुरा त कुनै पनि संस्थाले गति समात्नमा नेतृत्वकर्ताको भूमिका र दायित्व नै निर्णायक हुन्छ भन्ने कुरा बताउन पनि उक्त पुस्तक अग्रसर देखिएको छ ।
कृति ः निरन्तर नेतृत्व
लेखक ः डण्ड गुरुङ
प्रकाशक ः दिनु गुरुङ
पृष्ठ ः २३२
मूल्य ः २९९।–

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा