25th April 2019, Thursday

E-budhabar

लक्कीद्वारा ब्ल्याकमेलिङ !



लक्कीद्वारा ब्ल्याकमेलिङ !

काठमाडौं । दिवंगत भएका आफ्ना परिवारका सदस्यको सम्झनाले मात्रै पनि मानिसलाई भावुक बनाइदिन्छ । त्यसमा एक वर्षअघि युवा उमेरमै दिवंगत छोराबारे बारम्बार सम्झाइदिँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भावुक नहुने कुरै भएन । अस्ट्रेलियाबाट बदनाम भएर फर्किएकी राजदूत लक्की शेर्पाले आफ्नो पद जोगाउन सकिन्छ कि भनेर अहिले त्यही बाटो अपनाएकी छन् र भन्ने गरेकी छन्, ‘मलाई त प्रकाश दाहालले राजदूत बनाउनुभएको हो, उहाँ भएको भए सायद यस्तो समस्या पर्ने थिएन ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन साताअघि नै बिदा दिन चाहे पनि अध्यक्ष दाहालको कोटामा नियुक्त भएका कारण उनलाई मनाएर मात्रै बिदा दिने भनेर रोकिएको काम अघि बढेको छैन । स्रोतका अनुसार परराष्ट्रमन्त्री र सचिवले भेट्न छाडेपछि लक्कीको काम खुमलटार धाउनेमा सीमित भएको छ । अध्यक्ष दाहाल र उनकी छोरी गंगालाई भेटेर दिनदिनै दिवंगत प्रकाश दाहालको नाम लिएर इमोसनल ब्ल्याकमेलिङ गरिरहेको बुझिएको छ । उनले आफूले प्रकाशलाई ५० लाख बुझाएको भन्न पनि बाँकी राखेकी छैनन् ।
आफ्ना चालक वाङ्छु शेर्पाबाट पैसा खानुका साथै उनीमार्फत अस्ट्रेलिया मानव तस्करी गर्न पैसा उठाएको पोल खुलेपछि नेपाल झिकाइएकी लक्कीको पद भने उनले जति गरे पनि नजोगिने भएको छ । स्रोतले दिएको जानकारीअनुसार उनलाई कारबाही नगरे नेपाल सरकारमाथि तीनवटा समस्या आउने खतरा देखिएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । पहिलो, उनीमाथि अस्टे«लियामा उनकै चालकले मुद्दा दिएका कारण कूटनीतिक उन्मुक्ति खतम हुनासाथ उनी गिरफ्तारीमा पर्ने सम्भावना उच्च छ । दोस्रो, त्यसो नभए पनि उनलाई त्यहाँको श्रमसम्बन्धी कार्यालयले चालकको श्रम शोषण गरेकोमा बयानका लागि बोलाइदिन सक्छ । र, तेस्रो, श्रम कानुनको उल्लंघन र कूटनीतिक मर्यादा कायम नगरेको अभियोगमा उनलाई देशनिकाला (पर्सना ननग्राटा) गर्न सक्ने सम्भावना रहन्छ ।
परराष्ट्र स्रोतका अनुसार लक्कीले एकपटक अस्ट्रेलिया गएर बिदाइ भेट गरेर फर्किने इच्छा देखाएकाले कारवाही हुन सकेको छैन । उनका व्यक्तिगत प्रयोजनका सामानदेखि अरू मिलाउनुपर्ने कामहरू बाँकी नै रहेकाले एकपटक अस्ट्रेलिया जानैपर्ने र कूटनीतिक उन्मुक्तिबिना त्यहाँ जाँदा गिरफ्तारीमा पर्ने सम्भावना भएकाले एक साताका लागि जान दिने कि भन्नेबारे कुरा चलिरहेको बुझिएको छ । कूटनीतिक क्षेत्रमा चाहिँ यस ढिलासुस्तीलाई राम्रो मानिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा