4th June 2020, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

मुद्दा नपाएपछि कांग्रेसको पुच्छरमा हात

काठमाडौं । लामो समयपछि सत्ताबाहिर प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेस मुद्दाविहीन बनेको छ । सरकारले गरेका राम्रा कामको समर्थन गर्न पनि नसक्ने, विकल्पमा अबको मुलुक कस्तो हुनुपर्छ कुनै कार्यक्रम पनि अघि सार्न नसकेर रुमल्लिएको कांग्रेस विपक्षी भूमिकामा अत्यन्त कमजोर बनेको छ । यही कारण कम्युनिस्टको दुई तिहाइ सरकार स्पष्ट रोडम्यापका साथ अघि बढिरहँदा बीपीपछि कांग्रेस अहिले इतिहासकै कमजोर साबित बनेको विश्लेषकहरूले भन्न थालेका छन् ।
शान्ति प्रक्रिया र संघीयता कार्यान्वयन १२ बुँदे सहमतिदेखि नै राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जाने मुद्दाहरू हुन् । तर, यी दुई प्रमुख मुद्दामा कांग्रेसका कुनै पनि नेताले प्रखर धारणा राख्न त परै जाओस् तर्किने गरेका छन् । अझ शान्ति प्रक्रियाको मुद्दामा खेलेर डलर कमाउने, पश्चिमा प्रभाव बढाउन चाहने षड्यन्त्रकारीहरूको गोटी कांग्रेस बन्दै जाने खतरा देखिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा तीनवटै तहका संसद्मा बन्ने कानुन निर्माणमा कांग्रेसको भूमिका अत्यन्त कमजोर मात्र होइन, उसले कुनै रचनात्मक दृष्टिकोण अघि सार्न सकेको छैन । यही कारण कांंग्रेस कहिले डा. गोविन्द केसीले उठाइरहेका तथाकथित सवाल र निर्मला हत्याकाण्डको मुद्दामा अल्झिएर एनजिओ, आईएनजिओहरूको शरणमा पुगेको छ ।
यसैबीच, कुनै मुद्दा नभेटिएपछि पछिल्लोपटक नेपालगन्जको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँमा सञ्चालित गिरिजाप्रसाद कोइराला स्वास्थ्य केन्द्र अस्पताल सरकारले विघटन गर्न खोजेको कांग्रेसले आरोप लगाएको छ । जबकि, सुशील कोइराला क्यान्सर अस्पताल तत्कालीन एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला ५ करोड रुपैयाँ छुट्ट्याएर सञ्चालन सुरु गरिएको थियो । यो अस्पतालको नाम त्यसबेला खजुरा क्यान्सर अस्पताल थियो । गिरिजाप्रसाद कोइराला अस्पताल पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा स्थापित थियो । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकअनुसार दुवै अस्पतालले मापदण्ड पु¥याउन सक्दैनन्, सोही कारण सरकारले ती दुवै अस्पताललाई व्यवस्थित गर्ने जिम्मेवारी प्रदेश सरकारमातहत हुनेगरी निर्णय गरेको छ । एकातिर बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयको नाममा परिणत गर्नुपर्ने माग राख्ने, अर्कातिर दुवै अस्पताललाई व्यवस्थित गर्न खोजेको विषयलाई पनि कांग्रेसले अहिले राजनीतीकरण गर्न खोजेको छ । कुन नेताको नाममा खुलेको के अस्पतालभन्दा पनि तिनले राज्यको नीतिनियम, कानुन मान्नुपर्छ कि पर्दैन भन्ने हो । अहिले सञ्चालित २२ वटा मेडिकल कलेजमध्ये अधिकांशले कांग्रेसकै पालामा आशयपत्र पाएका थिए । जबकि तीमध्ये आधाले पनि मापदण्ड पूरा नगर्ने अध्ययनहरूले देखाएको छ । सरकारले सबै अस्पतालको मापदण्ड जाँचिने तयारी गरेपछि अहिले कांग्रेसी नेताहरूको सातोपुत्लो उडेको र डा. केसीजस्ता हठी व्यक्तिलाई उपयोग गर्नेगरी शरणमा पुगेको चर्चा हुन थालेको छ । केही दिनयता कांग्रेसका नेताहरू चिकित्सा विधेयक र स्वास्थ्य नीतिका विषयमा नेकपाका नेताहरूसँग खुला बहसमा उत्रिनसमेत छाडेका छन् । जम्माजम्मी एउटा गगन थापाले अनेक कर्तुक गरिरहेपछि उनीहरू त्यसैमा रमाइरहेका छन् । राजनीतिक मुद्दामा मुछिएका केसीका पक्षमा पछिल्ला दिनमा समर्थक घट्दै जाँदा कांग्रेसलाई निकै टाउको दुखाइको विषय बनेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...