25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

प्रहरीको नयाँ प्रावधानले ठेकेदार बेचैन



काठमाडौं । नेपाल प्रहरीले २०७५ पुस १८ मा १६ किसिमका सामानका लागि टेन्डर गरेको छ । उक्त टेन्डरमा भारतस्थित गुणस्तर परीक्षण गर्दै आएका अन्तर्राष्ट्रिय मापदण्डका एसजीएस र आइटीएसको टेस्ट गरिएको रिपोर्ट हुनुपर्ने प्रावधान राखिएको छ ।
प्रहरीले यस्तो प्रावधान राखेपछि ठेकेदारहरू एसजीएस र आईटीएसमै सेटिङ गर्न लागेका छन् । गुणस्तर परीक्षणमा गडबड गरी कमसल सामान प्रहरीमा सप्लाई गर्न ठेकेदारहरू जुटेका छन् । नेपालको गुणस्तर तथा नापतौल विभागमा ठेकेदाहरूले सेटिङ गर्दै गुणस्तरहीन सामान आपूर्ति गरेको व्यापक गुनासोपछि उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा दिल्लीमा रहेको एसजीएस र दक्षिण भारतको त्रिपुरस्थित आईटीएसमा टेस्ट गरेको रिपोर्ट लिएर मात्र सामान बुझ्ने व्यवस्था गरेका थिए । उनले पहिला सामानको नमुना पनि एसजीएस वा आईटीएस पास भएको हुनुपर्ने र बुझाएको सामान पनि गुणस्तर पास भएको रिपोर्ट हुनुपर्ने व्यवस्था गरिदिएका थिए । त्यसपछि गुणस्तरमा गडबड गर्ने ठेकेदारहरूको थुप्रै सामान फेल भएको थियो । त्यसमध्ये दीपक मल्होत्राको ३५ हजार जोर डीएमएस बुट पनि हो । तर, हालका आईजीपी सर्वेन्द्र खनाल आएपछि उक्त बुट मल्होत्राले प्रबन्धका इन्सपेक्टर केशव गौतमसँग सेटिङ गरी भुक्तानी लिन सफल भएका थिए ।
वर्तमान आइजीपी सर्वेन्द्र खनालले पनि सामान खरिदका लागि गरिएको टेन्डरमा एसजीएस र आईटीएस पास भएको हुनुपर्ने सर्त राखेका छन् । प्रहरीले यस्तो सर्त राखेपछि प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरू एसजीएस र आईटीएस सेटिङमा लागेका छन् । यसअघि दिल्लीस्थित एसजीएसमा कार्यरत कर्मचारी सुवास चन्दसँग सेटिङ गरी गुणस्तरहीन सामान पनि गुणस्तरीय भएको रिपोर्ट ल्याउने गरेको भेद खुलेपछि उनलाई जागिरबाटै बर्खास्त गरिएको थियो । प्रहरीले नै ठेकेदारसँग सेटिङ गरेको कुरा एसजीएसमा भनिदिएपछि उनी बर्खास्त भएका थिए । एसजीएसको प्रतिष्ठामा दाग लगाउने चन्दलाई बर्खास्त गरिएपछि केही समय नेपालका सुरक्षा निकायले पठाएको सामानको गुणस्तर नै टेस्ट गरेन । एसजीएसले नेपाल प्रहरीले पठाएको सामान अहिलेसम्म पनि टेस्ट गरेको छैन । ठेकेदारले व्यक्तिगत रूपमा लगेका सामान टेस्ट गर्ने गरेको छ । एसजीएसले ठेकेदारको सामान टेस्ट गर्न थालेपछि ठेकेदारहरूले अर्का कमचारी अमित पाण्डेसँग सेटिङ गरेका छन् । सुरक्षा निकायमा सेटिङ गरी गुणस्तरहीन सामान आपूर्ति गर्न पल्केका ठेकेदारहरूले त्रिपुरमा आइटीएसका कर्मचारी प्रवीण कोरालाई समेत प्रभावमा पारिसकेका छन् । नेपाल प्रहरीले पुस १८ गते गरेको टेन्डरमा उल्लिखित सामानको गुणस्तर चेक गर्न उनीहरूले दिल्लीको एसजीएसमा पाण्डे र त्रिपुरको एसजीएसमा प्रवीण कोरालाई समातेका छन् । चन्दसँग ठेकेदारको कनेक्सन देखिएपछि जागिरबाट बर्खास्त भए पनि अर्का कर्मचारी पाण्डेलाई प्रयोग गरेर गुणस्तरमा गडबड गर्ने दाउमा ठेकेदारहरू लागेका छन् ।
प्रहरीले बीसौं करोडका सामान खरिदको टेन्डर गरेको छ । प्रहरीले टेन्डर गरेका सामानहरूमा कटन सर्ट २ लाख ५२ हजार मिटर, कटन पाइन्ट १ लाख ६० हजार मिटर, चुस्ता १ लाख ८० हजार मिटर, उलन सर्ट ६५ हजार मिटर र उलन पाइन्ट २६ हजार ५ सय मिटर छन् । त्यसैगरी, उलन ब्ल्यांकेट ३६ हजारवटा, पीटी जुत्ता ४६ हजार जोर, रुकस्याक ब्याग ५ हजारवटा, अन्डर ट्राउजर भेस्ट ३७ हजार ५ सय सेट, उलन स्विटर २४ हजार थान, पार्का ज्याकेट १५ हजार ५ सय जोर, स्लिपिङ ब्याग १० हजार थान, मस्क्विटो नेट २० हजार थान, ब्यारेट क्याप ३७ हजारवटा, रेनकोट १० हजार थान र डीएमएस बुट ३० हजार जोर खरिदका लागि टेन्डर गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा