22nd July 2019, Monday

मोरासको अब्बल कथाकारिता



मोरासको अब्बल कथाकारिता

मोहनराज शर्माको एउटा कथा छ– ‘एउटा रा, एउटा मो’ । कथाकी पात्रा ‘रा’ चरम गरिबी झेल्न बाध्य छिन् । गरिबीको अथाह पीडाले थिचिएकी ती नारी पात्र शरीर बेच्छिन्, केवल भोक टार्न । अर्की पात्र ‘मो’ ले पनि झेलिरहेको पीडा हो– गरिबी । उनीचाहिँ असुरक्षित सेक्स–क्रिया अपनाउँछिन् । अनवरत र असुरक्षित यौनिक क्रियाकलापले ती दुवैलाई उपहारस्वरूप दिन्छ– एड्स । दुवै मृत्युको परिकल्पनामा डुब्न पुग्छन् । र, उनीहरूसामु भीमकाय मृत्युको दृश्य पसारिन्छ ।
त्यतिखेर देशमा जनआन्दोलन चलिरहेको हुन्छ । एकदिन भने ती दुवै पीडित पात्रले सहरदेखि ग्रामीण भेगसम्म चलिरहेको जनआन्दोलनमा सक्रिय सहभागी जनाउने र गोली खाएर मृत्युवरण गर्ने टुंगोमा पुग्छन् । आखिर, मृत्युलाई स्वीकार्नु नै छ भने किन एड्सको बदमासीमा फस्ने ? गोली खाएर मर्दा देशका लागि बलिदान दिएको ठहर्छ । अन्ततः जनआन्दोलनमा मृत्युवरण गर्छन्, दुवैले । यौनधन्दा र त्यसले निम्त्याउने रोग, गरिबीको दलदलमा फसेकाले भोग्नुपर्ने समस्या आदिलाई राजनीतिसित सिधै रोमाञ्चक ढंगले जोडिन पुगेको उक्त कथाले नेपाली समाज र चरित्रहरूप्रति तिखो कटाक्ष गरेको थियो ।
यसरी कथा लेखनमा नारीको पहिचानलाई सर्वोपरी ठान्ने कथा–सर्जक मोहनराज शर्मा अब रहेनन् । केही दिनपूर्व उनी पञ्चतŒवमा विलिन हुन पुगेका छन् । आफ्ना कथामा नारी जीवनका सम्पूर्णताको आकांक्षा, स्वप्न, उन्मुक्तता, प्रेम, श्रद्धा र आकर्षण–विकर्षणहरूलाई विमर्शको संसारमा उभ्याउन चाहने स्रष्टा शर्माले कथा र नाटक लेखनमा सिद्धहस्त हासिल गरेका थिए ।
नारी संवेदनालाई नै केन्द्रमा राखेर उनले लेखेका अर्को कथा हो– ‘केबुलकारकी केटी’ । उक्त कथामा नारी संवेदनाको गतिशीलता प्रखर रूपमा उजागर हुन्छ । खासगरी, पुरुषवादी हैकम र प्रताडनाको चक्रव्यूह झेलेर नेपाली समाज र परिवेशमा हुर्किरहेकी÷बा“चिरहेकी नारीहरूको मनोदशा कस्तो छ ? उक्त कथा त्यसको सजीव चित्रण गर्दछ । यौनिकताको संकेतजन्य शब्दहरू र चित्रणले यथासक्य स्थान पाएकाले अश्लीलताको गन्ध आउन सक्छ, तर चरित्र–चित्रणका हिसाबले ठीकै देखिन्छ । खासगरी, सहरिया जीवन बा“चिरहेका धनाढ्य वा नवधनाढ्यहरूले नारीप्रति गर्ने व्यवहार, हेराइ र चिन्तनको परिधि कति दरिद्र छ, कथाले त्यही नै देखाउन खोजेको छ । ‘मितेरी आ“खा’ ले भने प्रविधिको तिव्र विकास र विस्तारस“गै त्यसले सहरिया युवा÷युवतीहरूमा निम्त्याएको समस्या उठाउने प्रयत्नमा केन्द्रित छ । खासगरी, आधुनिक प्रविधिलाई पछ्याउँदै एकअर्काले एसएमएसमार्फत मित्रताको प्रस्ताव राख्ने र त्यसले अन्ततः यौन सम्बन्धको तहसम्म पु¥याउने प्रवृत्तिगत पक्षप्रति जानकार तुल्याउन चाहेको छ । खासगरी, बढ्दो सहरीकरणस“गै मौलाइरहेका विसंगत पक्षहरूको चिरफार गर्ने ध्याउन्नामा केन्द्रित छन् उनका कथाहरू ।
लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका शर्माले कीर्तिपुर वरिपरिको परिवेशलाई जीवनभरि आँखैमा टिप्न भ्याए । आफूले भोगेको परिवेशलाई कथाको धरातलमा उतार्ने लालसा कुनचाहिँ स्रष्टालाई हुँदैन र ? ‘अघोरी बाबा’ र ‘मामासिरी’ जस्ता कथाहरू त्रिभुवन विश्वविद्यालय र कीर्तिपुरवरिपरिका सामाजिक उतारचढाव खोतल्ने कथा हुन् । शैक्षिक एवं सामाजिक चेतनाको कमीबीच हुर्किएको समाजमा एउटा मान्यता स्थापित छ, साधु–सन्तहरू दैविक शक्तिले युक्त हुन्छन् । अघोरी बाबाले पनि समाजको यही कमजोरीलाई राम्ररी बुझेका छन् र सर्वसाधारण जनतालाई अन्धकारमा राखिरहेको छ । तर, एकदिन भने ‘अघोरी बाबा’ जस्ता साधुहरूका ढोंगी, अपवित्र कुकृत्यमयी चरित्र तथा क्रियाकलापप्रति प्रश्नचिह्न उठ्न पुग्छ । ‘मामासिरी’ कथामा विश्वविद्यालयवरिपरि सानातिना पेसा गरेर बस्ने निम्न वर्गका दैनिकी, उनीहरूका टिठलाग्दो चित्रण र क्याम्पस प्रशासनले दिने गरेका दुःखहरूका इतिवृत्तान्त छ । यी सबै दृश्यहरूका साक्षी हुन्छन्– मामासिरी, जो अविवाहित छन् र बैंसले उन्मत्त युवतीहरू देख्दा प्रेम÷विवाहको कल्पनामा डुब्न पुग्छन् । यो कथामा निम्न वर्गीय पात्रहरूप्रति स्रष्टाको सहानुभूतिशील नजरहरू पोखिएको छ ।
मोरासले स्वैरकाल्पनिक विषयमा पनि कलमको निब घोटे । ‘गनुमान’ स्वैरकल्पनाले भरिपूर्ण कथा हो । आजका मानिसहरूमा धनदौलतप्रति जुन मोह पलाउ“दै गएको छ, त्यसले मानवीय संवेदना, धरातल र चेतनाको संसारलाई बिस्तारै कुरूप तुल्याउँदै लगिरहेको छ । हनुमानको अत्याधुनिक रूप गनुमान नामक बा“दरलाई विषयको केन्द्रमा राखेर मान्छेहरूमा व्याप्त सम्पत्तिप्रतिको लोभ, मोह र लालचप्रति कथाले तिखो कटाक्ष गरेको छ । सम्पत्तिका लागि मानिसहरू बा“दरभन्दा पनि दरिद्र, निरीह र अपवित्र बन्दै गएको जिकिर छ । ‘पुच्छर टा“स्ने उर्दी’मा मानिसहरूलाई दास अर्थात् हनुमान बनाउन खोज्ने प्रवृत्तिप्रति व्यंग्य छ । देशका सबै नागरिकलाई पुच्छर टा“स्ने उर्दी जारी भएपछि सबैजना पुच्छरको खोजीमा लाग्छन् र टा“स्छन् पनि । तर एकजना पात्रले भने सुरुमा पुच्छर टा“स्न स्वीकार गरे पनि अन्ततः आफूलाई प्रभुहरूले हनुमान बनाउन खोजेको रहस्य फेला पारेपछि ऊ पुच्छर टा“स्न इन्कार गर्छ र विद्रोहको भाषा बोल्छ– ‘याद रहोस्, जसरी पहेंला जति सबै सुन हु“दैनन्, त्यसै गरी पुच्छर टा“स्नेजति सबै हनुमान हु“दैनन् । म तपाईंको हनुमान बन्दिन र अरूलाई पनि बन्धक राखेर तपाईंको चाकर बन्न दिन्नँ ।’
कथा ‘म विनिर्मित भइरहन्छु’ले देशका शासकलाई गिज्याउन उद्यत छ । देश, बेरोजगार युवाहरूको सपनामाथि खेलबाड गर्ने थलो बन्दै छ । बेरोजगारहरूका समस्या र पीडाको उचित सम्बोधन गर्ने कार्यमा सरकार चुक्दै गइरहेको छ । बेरोजगारको तगारो छिचोल्न नसकिरहेका युवाहरूले कस्तो सपना देख्लान् ? आफू समृद्ध हुने सपना देख्छन् कि अरू नै सपना ?
भाषा र शिल्पका दृष्टिकोणले शर्माले प्रयोगशील लेखनमा नै आफूलाई व्यस्त तुल्याए । समृद्ध विम्ब र प्रतीकको प्रयोगका कारण उनको लेखनलाई समृद्ध मान्नुपर्ने हुन्छ । दरिद्र सामाजिक चेतनाप्रति कठोर प्रहार, सहरका धनाढ्य वर्गमा देखिएको विसंगति, राजनीतिक शक्तिहरूमा पलाएको दायित्वहीनतालगायत तमाम विषयमा लेखन हस्तक्षेप गरेका मोरासको लेखनको मुख्य विशेषता थियो– प्रखर हास्यबोध । तर, अब हामीसँग तिनै प्रखर हास्यबोधलाई लेखनमा सजगतापूर्वक भिœयाउने स्रष्टाका सम्झना मात्र बाँकी छन् र बाँकी छन्– उनका सिर्जनाहरू मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा