20th April 2019, Saturday

E-budhabar

प्रहरीमा बढुवाको बाटो खुल्यो नेता समाएर फड्को हान्न कनिष्ठहरूको दौड



प्रहरीमा बढुवाको बाटो खुल्यो  नेता समाएर फड्को हान्न कनिष्ठहरूको दौड

काठमाडौं । नेपाल प्रहरीमा इन्सपेक्टरभन्दा माथिको बढुवाका लागि एउटा पदमा कम्तीमा चार वर्ष पूरा भएको हुनुपर्ने पुरानो प्रावधानलाई घटाएर तीन वर्षमा झारेपछि बढुवाका लागि दौडधुप तीव्र बनेको छ । बढुवासम्बन्धी नयाँ प्रावधान मन्त्रिपरिषद्ले पारित गरी सोमबार राजपत्रमा प्रकाशित भएपछि डीएसपीदेखि डीआईजीसम्मको बढुवाको बाटो खुला भएको छ । पद खालि भएको ती महिनाभित्रै पदपूर्ति गरिसक्नुपर्ने सर्वोच्च अदालतको फैसलाका कारण यही माघ महिनाभित्र डीआईजी परिपूर्ति गरिसक्नुपर्नेछ । जसका कारण खाली रहेको एक डीआईजीका लागि योग्यता पुगेका एसएसपीहरूले दौडधुप तीव्र बनाएका छन् । प्रहरीको बढुवामा वरिष्ठता र कार्यक्षमताभन्दा पनि नेताको चाकडीले खास अर्थ राख्ने नजिर बसिसकेकाले पनि कनिष्ठहरू निर्धक्क नेताका घरघरमा घाउन थालेका छन् ।
नयाँ प्रावधानअनुसार डीआईजी बन्ने योग्यता पुगेका ३० जनाभन्दा बढी छन् । तर वरिष्ठतालाई आधार मान्ने हो भने एउटै ब्याजका २१ जना छन् । ती २१ जनामध्ये कसलाई डीआईजी बनाउने भन्नेमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय अन्योलमा छ । यो विषयमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आसेपासेलाई आकांक्षीहरूले लबिइङ गर्न भ्याएका छन् ।
एकजना डीआईजीका लागि ३० असार २०७४ मा एकैपटक बढुवा भएका चार ब्याचका २१ जना मुख्य प्रतिस्पर्धामा छन् । २०४७ असार २५ मा सेवा प्रवेश गरेका वीरेन्द्र श्रेष्ठ, त्यसपछि २०४९ वैशाख १९ मा सेवा प्रवेश गर्ने राजेशकुमार लालकर्ण एसपी र २०६९ पुस २० मा एसपी बढुवा भएका दिलीपकुमार चौधरी, देवबहादुर बोहरा, पुरुषोत्तम कँडेल, सौरभ राणा, प्रकाशजंग कार्की, सुरेश बस्नेत, गणेशबहादुर ऐर, घनश्याम अर्याल, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, रामकृपाल शाह र उमेश रञ्जितकार पनि यसका प्रतिस्पर्धी हुन् । यस्तै २०४९ चैत ११ मा सेवा प्रवेश गरेर २०६९ माघ ११ मा एसपी बढुवा भएका तर एसएसपी बढुवासँगै भएका उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, विश्वराज पोखरेल पनि यसका दाबेदार हुन । यीमध्ये बढुवाका लागि ऐर र पन्त दुवैको दौडधुप अन्यको भन्दा बढी छ । दुवै सुदूरपश्चिमका भएका कारण एउटै नेताकहाँ दुवै आलोपालो पुगिरहेको बताइन्छ । यसपछि २०४९ चैतमा भर्ना भएका विश्वराज पोखरेल, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, धिरजप्रताप सिंह, दिवेश लोहनी कार्यसम्पादनका आधारमा बढुवा हुनुपर्ने अडानमा छन् । यो ब्याचका सबैको धारणा पछिल्लो बढुवाका आधारमा वरीयता कायम हुने नियम नै वैज्ञानिक भएको भन्दै लबिइङमा छन् । पछिल्लो ब्याचबाट डीआईजी बन्न सके आईजीपीसम्म हुन सक्ने सम्भावना छ । माथिल्लो तहबाट बढुवा सुरु गरेको खण्डमा नेपाल प्रहरीमा एसपीको २७ पद रिक्त हुनेछ । एक डीआईजी, १५ एसएसपी, २७ एसपीका पदहरू रिक्त हुनेछन् । एसपी बढुवाका लागि यतिबेला प्रहरी संगठनमा ठूलो दबाब र चलखेल सुरु भएको छ । यसअघि नै राजनीतिक प्रतिशोधदेखि दबाब र चाकडी एवं आर्थिक लेनदेनका कारण केही विवादास्पद, बदनाम र भ्रष्ट डीएसपीहरू एसपीमा बढुवा भएपछि ज्यादै विवादसमेत भएको थियो । २०६७ पुस २३ गते डीएसपीमा बढुवा भएका १९ जना एसपीको बढुवाका लागि प्रबल दाबेदार हुन । दुई वर्षपछि बढुवा भएका डीएसपीहरू प्रधानमन्त्री केपी ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापादेखि अन्य शीर्ष नेताहरूकहाँ धाउने, दबाब दिइरहेका छन् । २०६७ पुस २३ गते डीएसपी भएका पहिलो समूहमा रहेकाहरूमा रमेश बस्नेत, हीरा पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, रामप्रकाश साह, भीमबहादुर दाहाल, रवीन्द्र रेग्मी, कृष्णप्रसाद प्रसाईं, राकेश सिंह, विनोद सिलवाल, गोविन्द अधिकारी, राजीव बस्नेत, नान्तिराम गुरुङ, सूर्यबहादुर केसी, डा. मेखबहादुर खत्री, कृष्णजी अधिकारी, विमल कँडेल र प्रवीणलाल श्रेष्ठ रहेका छन् । त्यसपछि दोस्रो समूहमा रहेका डीएसपीहरू २०६९ फागुन ६ गते बढुवा भएका हुन् । २०५८ सालमा प्रहरी निरीक्षक भएका ७७ जनामध्ये ४६ जना २०६९ फागुन ६ गते डीएसपीमा बढुवा भएका हुन् । भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपम शमशेर जबरा, रमेश थापा, रमेशकुमार तामाङ (निलम्बन अख्तियार काण्ड), अजय केसी, कृष्णप्रसाद कोइराला, वीरबहादुर बुढामगर, शिवकुमार श्रेष्ठ, सुरेन्द्रप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुयाँल, सन्तोष खड्का, राजकुमार सिलवाल, अमलेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पंगेनी, शान्तिराज कोइराला, मेघराज कँडेल, हाविन्द्र बोगटी, श्यामकुमार महतो, वेद विष्ट, हेमकुमार थापा, नकुल पोख्रेल, दयानिधि ज्ञवाली, मुकेन्द्र खड्का, नवराज अधिकारी, दीपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रवीण धिताल, वासुदेव खतिवडा, दीपेन्द्र साह, दीपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभु ढकाल, जनार्दन जिसी, सञ्जयबहादुर राउत, हरिप्रसाद शर्मा, राजेन्द्रबाबु रेग्मी, महेन्द्रकुमार श्रेष्ठ र रञ्जु सिग्देल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

डुबान क्षेत्रको साक्षी

ShareTweet भनिन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । तर, उपभोक्ताहरूमा वस्तुको गुण चिन्ने क्षमता छ भने बोल्नेको पीठो नबिक्न पनि सक्छ । बितेको वर्ष नेपाली- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षको गाथा

ShareTweet तीसको दशकदेखि प्रगतिशील सांस्कृतिककर्मीहरूले एउटा गीत गाउन थालेका थिए, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो…।’ यो गीत जीवन–यात्रामा संघर्षका अनेक तह पार गरेका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा