1st June 2020, Monday

E-budhabar
Header Right Side NTC Advertisement

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट

भेन्टाइन । बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ ।

भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उहाँले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ । छिमेकी र अरु ठूला मुलुकहरुले हाम्रो जलविद्युतमा लगानी गरिरहेका छन् ।’

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उहाँले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरुलाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी दुबै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ । हामीसँग पुँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरुले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ ।’ पछिल्ला दिनमा लाओसले हासिल गरेको तीब्र आर्थिक बृद्धिका लागि उहाँले पार्टी नेतृत्वलाई बधाई दिनुभयो ।

उक्त अवसरमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्टिय मञ्चहरुमा गर्दै आएको सहकार्यको स्मरण गर्दै बरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदाभन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको उल्लेख गर्नुभयो ।

यसैगरी, लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा हिजो नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच हिजो पार्टीगत वार्ता भएको थियो । लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरुमा मिलेर काम गर्ने समझदारी भएको थियो ।

बरिष्ठ नेता नेपालको नेतृत्वमा विहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी हुनुहुन्छ ।
प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...