22nd July 2019, Monday

दोस्रो कुलमानको फोस्रो कुरा



काठमाडौं । आफूलाई उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लगेकाले दोस्रो कुलमान घिसिङ भन्दै प्रचार गराँउदै हिँडेका नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको असली चरित्र उदांगो हुन थालेको छ ।
नेकपाका उच्च तहका नेताहरूलाई खुसी पारेर थुप्रै प्रतिस्पर्धीलाई उछिनेर खर्बौ रुपैयाँको कारोबार हुने सो संस्थाको मुख्य पदमा आउन सफल उनले सो पद पाएपछि भने कसैलाई गन्न छोडेको बताइएको छ । सो पदमा आएलगत्तै उनले केही तस्कर र काला व्यापारीहरूसँग हिमचिम बढाएका छन् ।
पछिल्लो समय नेकपाका विभिन्न नेताहरूले भनेको भन्दै बिहानैदेखि मदिरा सेवन गरेर लट्ठिरहने एक कलाकारले भेट्न ल्याएका विभिन्न कालोबजारी व्यापारी र पेट्रोलपम्प मालिकहरूसँग उनको उठवस हुन थालेको बताइएको छ । नयाँ पेट्रोलपम्म स्वीकृतिका लागि पनि भित्रभित्रै चलखेल भइरहेको बताइएको छ । उनले आफ्ना निकटसँग ‘त्यत्रो खर्च गरेर आइयो, अब कसरी उठाउने भनेर उपाय सोच्नुप¥यो’ भन्दै साथीभाइसँग सुझाव माग गरेको बताइएको छ । कुलमानले लोडसेडिङ अन्त्य गरेजस्तै निगमको चुहावट अन्त्य गरेर नाफामा लैजाने प्रतिबद्धता उनले जनाएका पनि थिए । डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्नेलगायतका कैफियतलाई उनले नियन्त्रण गर्न सकेका छैनन् । आएको महिनौं भइसक्दा पनि उनबाट कुनै सुधार भएको छैन, बरु मूल्य बढाएर उपभोक्ताको ढाड सेकिएको छ । उनी आएपछि विभिन्न डिपोका प्रमुखहरूलाई कार्यकारी निर्देशकलाई आर्थिक जोहो गरेर भेट्न सर्कुलर आइसकेको विराटनगर डिपोका एक कर्मचारीले बताए । डिपोबाट हुने कारोबारलाई पारदर्शी बनाउन नसक्दा धेरै राजस्व चुहावट भइरहेको छ भने डिपोमा बसेर इन्धनको लोड–अनलोडिङलाई अनुगमन नगर्दा मिलेमतोमा निगमलाई दोहन पार्ने काम भइरहेको छ । निगमको डिपोमा भारतीय आयल कर्पोरेशन आइओसीबाट लोड भएका ट्यांकर समयमै नल्याई बीचबाटोमै रोक्ने, चालक र ढुवानी व्यवसायीसँग मिलेर तेल चोरी गर्ने, प्राविधिक नोक्सानीको तोकिएको दरभन्दा बढी लक्ष्य देखाइ अनियमिता गर्ने, डिपोमा इन्धन स्टक नराख्नेलगायतका समस्या झनै बढेको बताइनछ । निगमको काठमाडौं, अमलेखगन्ज र विराटनगर ठूला डिपोमध्येमा पर्छन् । त्यसपछि भैरहवा, नेपालगन्ज र पोखरा डिपो पर्छन्  ।
डिपो प्रमुखले पम्पश व्यवसायीसँग मिलेमतो गरेर रकम असुल्ने र सो रकम कार्यकारी निर्देशकसँग पुग्ने गरेको बताइन्छ । निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्धा दायर गरेकै दिन निगममा नयाँ कार्यकारी निर्देशकका रुपमा पौडेल आएका थिए । आयल निगमको कार्यकारी निर्देशक हुनुअघि पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । निगम प्रमुख हुने भएपछि मात्रै उनले त्यहाँ राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा