22nd July 2019, Monday

अधिकारीको स्वास्थ्य झन् जटिल



काठमाडौं । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य झन् जटिल हुँदै गएको छ । पूर्वउपप्रधानमन्त्री, अर्थमन्त्रीसमेत रहनुभएका लोकप्रिय तथा वयोवृद्ध नेता अधिकारीको स्वास्थ्य अवस्था केही गम्भीर हुँदै गएको हो । एक महिनादेखि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा सघन कक्षमा उपचाररत अधिकारी स्वास्थ्यमा उतारचढाव आइरहेको उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए । ‘पहिलेदेखि नै कहिले अलि कम भएजस्तो हुने त कहिले अलि जटिल हुने गर्छ, विगत केही दिनयता अलिक बढी नै सिरियस हुनुभएको छ,’ उनले भने । मुटु, श्वासप्रश्वास र छातीको संक्रमणले नेता अधिकारी गत २३ पुसमा नक्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
खासगरी मुटुको गम्भीर समस्यामा सुधार नआएपछि दुई सातादेखि अस्पतालको सीसीयू कक्षमा उनको उपचार जारी छ । विदेशबाट औषधि झिकाएर चिकित्सकहरूले मुटु र श्वासप्रश्वासमा देखिएको समस्या निराकरण गर्ने प्रयास जारी राखेका छन् ।
प्रधानमन्त्री केपी ओलीले नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकहरूलाई उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिइसकेका छन् । ८२ वर्षीय अधिकारी तत्कालीन एमालेको नौ महिने सरकारमा जनप्रिय कार्यक्रम ‘आफ्नो गाउँ, आफंै बनाऔं’, वृद्धवृद्धा र सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षा कार्यक्रमका कारण लोकप्रिय रहेका थिए । उनी अर्थमन्त्री भएकै बेला विकासका लागि नौ ‘स’ अभियान चलाएर छोटो समयमै तत्कालीन एमाले लोकप्रिय बनेको थियो ।
उनी तत्कालीन एमालेमा पटक–पटक कार्यवाहक महासचिव, महाधिवेशन आयोजक मूल समारोह समितिको संयोजक, स्थायी समिति सदस्यलगायत जिम्मेवारीमा थिए । उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे चिन्ता जाहेर गर्दै स्वास्थ्य स्थिति बुझ्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, वामदेव गौतम, ईश्वर पोखरेललगायतका नेताहरूले अस्पतालमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा