18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

नेविसंघको आन्दोलन ः स्ववियु चुनाव भांड्ने प्रपञ्च



नेविसंघको आन्दोलन ः स्ववियु चुनाव भांड्ने प्रपञ्च

केन्द्रमा नेकपाको दुई तिहाईको सरकार छ । सातवटै प्रदेश सरकारमा काङ्ग्रेस कांही पनि छैन । झण्डाबाल गाडी भित्र जता हेरेपनि वामपन्थी नेताहरु नै देखिन्छन् । देशका अधिकांश स्थानीय तहमा पनि वाम वर्चस्व नै छ । यो सब परिदृष्य देख्दा यतिबेला काङ्ग्रेसजनहरु सांच्चिकै छट्पटाएका छन् । वाम जनमत विभाजनको जगमा सधैंभरि सत्ता हत्याइरहने काङ्ग्रेसको कागताली युग समाप्त भएको छ । त्यसैले आफुलाई लोकतन्त्रको सवैभन्दा ठुलो मठाधिश ठान्ने काङ्ग्रेसीजनहरु गत आम निर्वाचनको पराजयपछि नराम्ररी तिल्मिलाउन थालेका छन् । खासगरी नेपालमा दुई ठुला कम्युनिस्ट पार्टी एक भएपछि काङ्ग्रेसी मित्रहरुलाई चुनाव भन्ने बित्तिकै ज्वरो आउन थालेको छ । त्यही कडी अन्तर्गत पछिल्लो चरणमा स्ववियु निर्वाचनको घोषणा संगै नेविसंघको सातो जान थालेको छ ।चुनावको ’ च ’ मात्र सुन्ने बित्तिकै नेविसंघको होस् हवास उड्न थालेको छ । त्यसैले गत वर्षको आम निर्वाचनमा नराम्ररी पछारिएको माऊ पार्टी तङ्ग्रिन नपाउंदै नजिकिएको स्ववियु निर्वाचन सार्न र टार्न नेविसंघ कम्मर कसेर लागेको छ। त्यसैले उ कहिले गोविन्द केसिको साहरा लिन पुग्छ , त कहिले सरकारी गाडी जलाउन पुग्छ।
अस्तब्यस्त नेविसंघ
नेविसंघ यतिबेला इतिहासकै भद्रगोल र अस्तब्यस्त अवस्थावाट गुज्रिरहेको छ । पटकपटक म्याद थप गर्दै आयु लम्ब्याउंदै आएको नेविसंघ नेतृत्वले लगभग सम्पुर्ण रुपले राजनीतिक र कानुनी वैधानिकता गुमाइसकेको छ। महाधिवेशन पछि आजसम्म नेविसंघको केन्द्रीय समितिको एउटा पनि पुर्ण वैठक वसेको समाचार सुन्न पाइएको छैन । म्याद गुज्रिएको हुनाले कसैले कसैलाई टेर्ने अवस्था छैन ।भेला, वैठक, अधिवेशन नेविसंघमा एकादेशको कथा भैसकेको छ । माऊ पार्टीको गुटबन्दीले नेविसंघ थिलोथिलो भएको छ । नेविसंघमा पार्टीका नेतै पिच्छेका गुट र उपगुट छन् । नेविसंघमा यसलाई ब्ववस्थापन गर्ने न त सक्षम नेतृत्व छ, न विधि छ न त प्रणाली नै। महाधिवेशनको मिति पटकपटक सरिसकेको छ । महाधिवेशनका लागि देशभरका एक दर्जज जिल्लामा पनि जिल्ला अधिवेशन हुन सकेको छैन। यहाँ सम्मकी नेविसंघको वारेमा नेविसंघ स्वयंले वहस गर्ने अवस्था छैन। नेविसंघको वारेका केवल पार्टीमा मात्र छलफल हुने अवस्था छ। आफैं छलफल गरेर निष्कर्ष निकाल्ने अवस्था नरहेपछि नेविसंघ नेताहरु दिनहुुँ विभिन्न नेताका घरमा धर्ना कस्न गएको देखिन्छ। राजिनामा दिनेको लर्को छ ।महाधिवेशनमा जाने कि, अर्को तदर्थ समिति वनाउने कि यही समितिलाई लिएर जाने भन्नेमा कुनै टुंगोमा पुग्न सकेको छैन। समग्रमा हेर्दा नेविसंघ यतिबेला इतिहास कै सर्वा्धिक संकट र अकर्मण्यताको दलदलमा फसेको छ।
स्ववियुले उडाएको सातो
त्रिभुवन विश्वविद्यालयका ६० वटा आङ्गिक क्याम्पस, त्रिविकै झण्डै १ हजार सम्वन्धन् प्राप्त कलेजहरु मध्ये निर्वाचन हुने करिव ४ सय क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयका करिव १ दर्जन क्याम्पसमा स्ववियु चुनाव हुने देखिन्छ । स्ववियु चुनावलाई मिनि आम चुनावको रुपमा पनि लिइने गरिन्छ । यसले एकढंगले मुलुकको राजनीति र जनमत कता मोडिरहेको छ भन्ने कुराको पनि स्पष्ट संकेत दिन्छ ।यसले राजनीतिक पार्टीको ग्राफलाई समेत इङ्गित गर्छ। यसले मुलुकको सचेत र शिक्षित युवा समुदाय कतातिर छ भन्ने संकेत गर्छ । यसर्थ स्ववियु चुनावको वहुआयामिक महत्त्व छ। स्ववियुको महत्त्वका विषयमा नेविसंघलाई पनि कुनै द्विविधा छैन। तर स्ववियु निर्वाचनको सम्भावित परिणामको आंकलन गरेर नेविसंघ अत्यन्तै तिल्मिलाएको छ । उसले राम्रो संग वुझेको छ कि विगतका चुनावमा एक्लाएक्लै समेत अधिकांश ठाउँमा स्ववियु जित्ने गरेका दुई ठुला अखिल यतिबेला एक भएका छन् । उसले यो पनि वुझेको छ कि दुई अखिल विचको एकताको मुल्य दुई वाम पार्टीको एकता भन्दा पनि चर्को पर्छ। किनकि विगतमा अनेरास्ववियु , अनेरास्ववियू (क्रान्तिकारी ) र नेविसंघ हाराहारीका प्रतिस्पर्धी शक्ति हुन्। नेविसंघले दुई अखिल एक हुनसाथ त्यसको गुणात्मक परिणामको राम्रो संग आंकलन गरेको छ। अहिलेको स्थितिमा जसरी नेविसंघले जित्ने कलेज लाइट वालेर खोज्नुपर्ने स्थिति छ, ठिक त्यसरी नै संयुक्त अखिलले हार्ने कलेज लाइट वालेर खोज्नुपर्ने स्थिति छ। आज भन्दा दुई वर्ष अघि उपत्यकामा मात्रै चुनाव भएका त्रिभुवन विश्वविद्यालयका ८ वटा आङ्गिक कलेज मध्ये अनेरास्ववियुले ३ , अखिल(क्रान्तिकारी ) ले ३ र नेविसंघले २ वटा क्याम्पस जितेको थियोे। यो दुई अखिल एक्ला एक्लै लड्दाको परिणाम थियोे। मिलेर एउटै प्यानल भएपछि के हुन्छ सहजै अनुमान लाउन सकिन्छ । यो स्थिति नेविसंघले राम्रो संग वुझेको छ।त्यसैले उसको मुल सातो उडेको छ। नेविसंघका कुनै पनि नेता कार्यकर्ताले स्ववियुमा आफुले जित्ने क्याम्पस ठम्याउन सकेको अवस्था छैन।
स्ववियु निर्वाचन टार्न आन्दोलनको नाटक
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको घोषणा गरिसकेको छ ।यसको तयारी गर्न मातहत कलेजलाई पत्राचार समेत गरिसकेको छ । दुवै अखिलले स्ववियु निर्वाचनको स्वागत गरिसकेका छन् । तर उता जतिजति स्ववियु निर्वाचनको तिथि नजिकिदै छ, नेविसंघ उतिउति आत्तिन र छट्पटाउन थालेको छ। मुखले जतिसुकै लोकतन्त्रको डंका पिटे पनि नेविसंघलाई चुनाव देखि डराउने गम्भीर रोग लागेको छ । त्यसैले चुनावलाई सार्न, टार्न अथवा विथोल्न नेविसंघ ऐजेण्डाविहिन आन्दोलनको नाटक मञ्चन गर्न थालेको छ। नेविसंघ जनताको लोकप्रिय वहुमत प्राप्त सरकारलाई विना आधार अधिनायकवादको विल्ला भिराएर सडकमा देखापरिरहेको छ। आफ्ना मुद्दा र ऐजेण्डामा जनताको कुनै रुचि र आकर्षण नभएपछि विवेकशील साझा र गोविन्द केसिका पछि कुद्न नेविसंघ अभिशप्त छ। नजिकिएको स्ववियु चुनाव विथोल्न नेविसंघ अनपेक्षित रुपमा मषाल जुलुस र पुतला दहनमा उत्रिन थालेको छ । नेविसंघको यो आन्दोलनमा न कुनै मुद्दा छ न त कुनै प्रष्टता । यसको एउटै मात्र उदेश्य छ ( आफ्नो हारलाई टार्न स्ववियु निर्वाचन सार्ने
केही दिन मात्र अघि नेविसंघका उपत्यकाका विभिन्न कलेजका अगुवा नेता कार्यकर्ताहरु पार्टी सभापति शेरवहादुर देउवा , नेता रामचन्द्र पौडेल , नेता प्रकाशमान सिंह लगायतका नेताहरुको निवास घेर्न पुगेका थिए। त्यहाँ उनीहरूले नेविसंघले कांही पनि चुनाव नजित्ने रिपोर्ट राखेका थिए। यही पृष्ठभूमिमा आइतबार सांझ प्रधानमन्त्री निवास वालुवटारमा वोलाइएको वैठकमा काङ्ग्रेस सभापति देउवाले स्ववियु चुनावप्रति आफ्नो अरुची राम्रैसंग प्रकट गरेको विषय प्रकाशमा आएको छ । यी सवै सन्दर्भ र घटनावलीहरु हेर्दा चुनावदेखि डराउने रोग लागेका काङ्ग्रेसीजनहरुले आसन्न स्ववियु चुनाव विथोल्न न्वारानदेखिको वल लगाइरहेको सहजै वुझ्न सकिन्छ। आन्दोलनको नाममा सडकमा प्रदर्शित नाटक केवल स्ववियु विथोल्ने प्रपञ्च मात्र हो। यस खालको जाल, झेल र षड्यन्त्रलाई चिर्दै ठोस र प्रभावकारी कार्ययोजना सहित स्ववियु निर्वाचन यथासमयमा सम्पन्न गर्न सम्वद्ध सवै जुट्नुपर्छ। त्रिवि पदाधिकारीले दह्रोसंग खुट्टा टेक्नुपर्दछ। चुनाववाट भाग्न खोज्नेहरुलाई पनि चुनावभित्रै ल्याउनुपर्छ ।
(लेखक नेकपा निकट अनेरास्ववियू(क्रान्तिकारी) का वरिष्ठ उपाध्यक्ष हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा