16th February 2019, Saturday

E-budhabar

यस्तालाई ल्याउन ढकाललाई ‘सहिद’



काठमाडौं । पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्वएमालेको जस्तै व्यवस्थित संगठन भएको विधि र प्रक्रियाबाट चल्ने सुव्यवस्थित र अनुशासित ‘क्याडर बेस्ड मास पार्टी’ रहन्छ कि रहन्न गम्भीर प्रश्न उठिरहेकै बेला एक केन्द्रीय सदस्य भ्रष्टाचारको अभियोगमा मुछिएका छन् ।
कम्युनिस्ट पार्टीको सदस्यसमेत नबन्दै पार्टीको विधान र प्रक्रिया मिचेर पार्टी नेतृत्वले टपक्कै टिपेर केन्द्रीय सदस्यको जिम्मेवारी थमाइएकोमा पार्टीलाई बदनाम गर्नेगरी भ्रष्टाचारको अभियोगमा मुछिएका ती केन्द्रीय सदस्य हुन्– बद्री न्यौपाने ।
चुनावको मुखमा चुरेभावर पार्टीलाई तत्कालीन एमालेमा विलय गराएका बद्री कुनैबेला महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत थिए । सामान्यतया कम्युनिस्ट पार्टीमा अन्य वाम पार्टीबाट आएका व्यक्तिलाई मात्र एकीकरणका नाममा निश्चित महŒवपूर्ण जिम्मेवारी दिइने गरिन्छ । विधानले नै त्यस्तो व्यवस्था गरेअनुसार तत्कालीन एमालेको हकमा यो लागू पनि भएको हो । जबकि, तत्कालीन माओवादी कम्युनिस्ट पार्टी सञ्चालन पद्धतिअनुसार होइन, प्रचण्डको निगाहअनुसार सञ्चालन हुने गथ्र्यो । तर, पछि पार्टी एकताका नाममा ती बद्रीलाई यसरी केन्द्रीय सदस्य बनाइयो कि पार्टीले सार्वजनिक गरिसकेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा परेर सयौंबाट बधाईसमेत ग्रहण गरिसकेका एक जना होनहार युवानेता सोभियत ढकालको नाम ओली र प्रचण्डको दबाबमा हटाएर भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा टिपेक्स लगाइयो । ढकालले आफूलाई पार्टी एकीकरणको ऐतिहासिक खुसियालीमा राजनीतिक सहिद स्विकार्दै सहज रूपमा बधाई फिर्ता गरे । त्यसो त एकपटक होइन, तीन–तीन पटकसम्म त्यसैगरी राजनीतिक सहिदको अनुभूति गरेका पात्र ढकाल अहिले पार्टीमा जिम्मेवारीविहीन छन् ।
अनेरास्ववियुका पूर्वउपाध्यक्ष, अध्यक्षका प्रत्यासी, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति ढकाललाई नेतृत्वको दबाबमा अन्तिममा ‘राजनीतिक सहिद’को सूचीमा चढाएर उनै भ्रष्टाचारको अभियोग लागेका बद्रीलाई केन्द्रीय सदस्य बनाइएको थियो । पार्टीको केन्द्रीय सचिवालयदेखि स्थायी समितिसम्म विधि मिचेर बद्रीलाई बनाइएको विषयले प्रवेश पाए पनि कुनै सुनुवाइ भएको थिएन । तर, रातारात टपक्क टिपेर केन्द्रीय सदस्य बनाइएका बद्रीलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ करोड रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि कम्युनिस्ट पार्टीको नेतृत्व कसरी, कस्ता तŒवको घेराबन्दीमा परेर चल्दो रहेछ भन्ने एउटा तथ्य उद्घाटित भएको छ ।
बद्रीमाथि फनपार्क सञ्चालनका लागि भृकुटीमण्डपको जग्गा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई अत्यन्त न्यून मूल्यमा दिएर भ्रष्टाचार गरेको अभियोग लागेको छ । त्यसो त गण्डकी प्रदेशमा प्रभावशाली युवा नेताको छवि बनाएका ढकालले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थिए । तर, पछि अध्यक्ष ओलीनिकट कर्णबहादुर थापालगायत पनि पराजित भएपछि पुनः मतगणना गरिँदा नुवाकोटका खेम लोहनीलाई विजयी घोषणा गरी ढकाललाई पराजितको सूचीमा धकेलिएको थियो भने थापाले पनि माला पहिरिएका थिए । त्यसो त स्याङ्जामा निकै लोकप्रिय रहेका ढकालको नाम गत निर्वाचनमा प्रदेशसभा सांसदका लागि सर्वसम्मतजस्तै थियो । तर तालमेलका नाममा अन्तिममा उनको स्थानमा माओवादीलाई टिकट दिइएपछि त्यहाँ कांग्रेसले जितेको थियो ।
न्यौपानेलाई अब नेकपाले सदस्यताबाट निलम्बनको कारबाही गर्नैपर्ने हुन्छ तर रिक्त स्थानमा यसरी पटक–पटक कोपभाजनमा परेका युवानेता ढकालमाथि नेतृत्वले न्याय गर्छ कि गर्दैन ? देशभरका आम नेता–कार्यकर्तामा भने कौतूहलता सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण

ShareTweet हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

प्रशंसाको भागीदार बन्ने अवसर

ShareTweet स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले स्थानीय सरकारको बागडोर सम्हाल्न थालेको करिब दुई वर्ष पुग्न लाग्दै छ । करिब–करिब आधा समय व्यतीत गरिसक्नै लाग्दा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

बहुआयामिक सिर्जना

ShareTweet कुनै समय साहित्य वृत्तमा मुक्तक विधाले राम्रै स्थान पाएको थियो । मुक्तक विधाको ‘चार्म’ यति धेरै थियो कि काठमाडौंमा नभए पनि पोखरा, धरानजस्ता सहरका साहित्यप्रेमीहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा