23rd March 2019, Saturday

E-budhabar

भ्रष्टाचारीहरू दुला पस्दा पनि उही गीत किन ?



भ्रष्टाचारीहरू दुला पस्दा पनि उही गीत किन ?

केपी शर्मा ओली
समग्र आर्थिक क्षेत्रको अवस्थाले हामीलाई खिन्न तुल्याउँदैन । म आँकडा बोल्न रुचाउँदिन, तर कतिपय तथ्यलाई मिथ्याका रूपमा बंयाइएकाले विगतमा उल्लेख गरिएका केही पक्ष यहाँ चर्चा गर्नु सान्दर्भिक ठान्दछु ।
चालू आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत छ । यस आर्थिक वर्षको अन्त्यसम्म आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि हुनेमा विश्वस्त हुन सकिन्छ । धेरैलाई आश्चर्य लाग्नेगरी यस आर्थिक वर्षको ६ महिनामा औसत महँगी ४.२ प्रतिशतमा सीमित छ । यहीँनेर ‘महँगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं ?’ जस्ता तर्क गर्नेसँग थोरै संवाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रह्माण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र ? तर, तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि ? तपाईंहरू नै भन्नुस् न त, अहिले औसत मुद्रास्फीति ४.२ प्रतिशत छ, गत साल कति थियो ? यो मुद्रास्फीति स्वाभाविक सीमाभित्र छ कि छैन ?
कम्पनी दर्ताको संख्या २६.७ प्रतिशतले वृद्धि भएको छ । उद्योगको क्षमता वृद्धि भएको छ । औद्योगिक उत्पादनको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी २८.३ प्रतिशतले बढेको छ । औद्योगिक गतिविधिमा विस्तार भएको छ । औद्योगिक वस्तु, निर्माण सामग्री र पुँजी निर्माणमा सहयोग पुग्ने वस्तुहरूको आयात ३२.१ प्रतिशतले बढेको छ । श्रम सम्बन्धमा सुधार आएकाले औद्योगिक गतिविधिको विकास र विस्तारमा नवप्रवर्तन र दक्षतामा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जा तथा लगानी २०.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा भएको कर्जाको प्रवाह पनि २४.१ प्रतिशतले बढेको छ । सन् १९९८ मै नेपालले १० लाख पर्यटक भिœयाउने सपना देखेको थियो । त्यो सपना २१ वर्षपछि बल्ल यसपालि पूरा भएको छ । पर्यटक आगमन ३२.५ प्रतिशतले बढेको छ । बढ्दो पर्यटकीय आगमन र पर्यटनको क्षेत्रमा भएका थप विस्तारसँगै सेवा क्षेत्र विस्तार भएको छ । बाघको संख्यामा वृद्धि भएपछि संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको छ ।
२०७५ पुस मसान्तमा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । त्यसैले, नेपालको विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । यस वर्ष किसानले समयमै मल पाए । यो एक वर्षमा २ हजार हेक्टरमा थप सिँचाइ सुविधा उपलब्ध गराइएको छ । कृषकहरूलाई आवश्यक उन्नत बीउ सहज रूपमा उपलब्ध गराइएको छ । धानको उत्पादन गत वर्षभन्दा यस वर्षमा ८.९ प्रतिशतले वृद्धि भएको छ । मकैको उत्पादन ३.५ प्रतिशतले वृद्धि भएको छ । तरकारी उत्पादन १६.५ प्रतिशतले वृद्धि भएको छ । खाद्यान्न संकट हुने डोल्पा, मुगु, हुम्लालगायत दुर्गम जिल्लामा १ लाख ३ हजार १ सय ४५ क्विन्टल खाद्यान्न पु¥याइएको छ । कृषि मन्त्रालय भन्छ, यस वर्ष कुनै पनि ठाउँमा खाद्यान्न संकट हुन पाएन । विदेशबाट फर्केका र शिक्षित बेरोजगार युवाका लागि २ लाख रुपैयाँका दरले युवा किसानलाई अनुदान उपलब्ध गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि यान्त्रीकरणमा जोड दिन १९ वटा कस्टम हायरिङ सेन्टर निर्माण गरिएको छ । थप २५ वटा निर्माण भइरहेका छन् । साना किसानहरूको सावाँ र ब्याजसमेत गरी १ अर्ब ३२ करोड रुपैयाँ ऋण मिनाहा गरिएको छ ।
तपाईंहरूलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु– छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के–के भए ?
मैले घोषणा गरेको छु, ‘म आपूm भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ कसैले यसलाई भन्न भनेको ठानेको छ भने त्यसले गल्ती गर्दै छ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन । अहिले सुशासनका संयन्त्रहरू क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरू तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलागौंडा चहार्नेहरू मुर्मुरिएका छन् । अनौठो लाग्छ, तिनै व्यक्तिहरू देशमा सुशासन भएन भन्दै मिडियामा झुल्किन्छन् ।
फेरि पनि उही गीत सुन्छु– भ्रष्टमाथि कारबाही खै ? तथ्यमा जाऔं– राजस्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा आठ सरकारी कर्मचारीसहित ९९ व्यक्तिहरूमाथि ७ अर्ब ६२ करोड ८२ लाख ५२ हजार रकम बिगो र जरिवाना मागसहित मुद्दा दायर गरिएको छ । अवैध हुन्डी कारोबारमा संलग्न ३३ जनालाई ५ अर्ब ९१ करोड ६ लाख ९६ हजार बिगो कायम गरी त्यसको तेब्बर जरिवाना र तीन वर्षसम्मको कैद मागदाबीसहित मुद्दा दायर गरिएको छ । अवैध सुन तस्करीको भयावह आपराधिक मनोवृत्ति र अपराधको शृंखलामा संलग्न अपराधीहरूको संगठित सञ्जाल ध्वस्त पार्ने कार्यले ठूलो सफलता पाएको छ । कायम भएका ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेका, ३१ जना फरार रहेका र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ अभियुक्तहरूको चल–अचल सम्पत्ति रोक्का गरिएको छ । सम्झौताअनुरूप, समयमा काम नगर्ने, कम गुणस्तरको काम गर्ने विभिन्न २९ कम्पनी, फर्म र निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको छ । सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन गरी शान्ति र सुरक्षाको व्यवस्थालाई सुदृढ बनाइएको छ ।
महŒवाकांक्षा उच्च, डेलिभरी सुस्त भयो, विकासको हल्ला भयो– अविकास हात लाग्यो, प्रतिलोकतान्त्रीकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमिबिनाको आरोप र टिप्पणी पनि नसुनिएको होइन । निरंकुश व्यवस्था अन्त्य र लोकतन्त्र स्थापनाको संघर्षका क्रममा कष्टकर जीवन बिताउँदा पनि मेरो हृदयमा एउटा बेग्लै चित्र थियो । त्यतिबेला मेरो हृदयमा रहेको त्यो चित्र अहिले ‘समृद्ध नेपाल र सुखी नेपाली’का रूपमा प्रकट भएको छ । मैले बारम्बार भन्दै आएको छु– नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु हुन्छ । समयको सीमा हुन्छ । मान्छेको ज्ञानको सीमा छ । सामथ्र्यको पनि सीमा हुन्छ । तर, मैले भन्दै आएको छु– इमानको कुनै सीमा हुन्न । निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।
चुनावी परिणामबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेका छौं, त्यो संसद र अन्य जननिर्वाचित निकायमार्फत अभिव्यक्त छ । अब हामी आर्थिक स्थायित्वतिर अग्रसर छौं । हाम्रा चुनौती के–के हुन् मात्र होइन, को को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ । कतिलाई यही स्थायित्व अभिशाप बनेको हुन सक्छ । त्यसैले, राजनीतिक स्थायित्वलाई तेजोबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत देखिएका छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं र तोड्दै जानेछौं पनि ।
सरकार निष्ठापूर्वक काम गर्दै छ । यो वर्ष हामीले आधार खडा गरेको छौं । आउँदा वर्षहरू उपलब्धिका वर्षहरू हुनेछन् । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणपत्रमार्फत हामीले व्यक्त गरेको प्रतिबद्धता पूरा ग¥यौं है भन्नेछौं । त्यतिबेला तपाईं हामीले देख्ने सपना अर्कै हुनेछ ।
(सरकारले एक वर्ष पूरा गरेको अवसरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा