23rd May 2019, Thursday

E-budhabar

बढुवामा फेरी पनि अंगरक्षकलाई प्राथमिकता



बढुवामा फेरी पनि अंगरक्षकलाई प्राथमिकता

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी इन्सपेक्टर डिएसपीमा बढुवाको लागि सिफारिस भएका छन् । तर विगतमा जस्तै नेपाल प्रहरीमा प्रायः सरुवा र बढुवामा राजनीतिक दलका नेताको सुरक्षामा खटिने अंगरक्षकले पहिलो प्राथमिकता पाएका छन् ।
यो पटकको प्रहरीको बढुवाले पनि यही कुरा पुष्टी गरेको छ । गत शनिवार डिएसपी सिफारिस भएका ६४ ईन्स्पेक्टरमध्ये पहिलो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक हरि खतिवडा परेका छन् । स्मरणीय छ यस अघि भएको डिएसपीबाट एसपी बढुवामा पनि प्रधानमन्त्रीकै अंगरक्षक सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका थिए भने त्यसताका पनि राम्रा प्रहरी अधिकृत छुटेका थिए । विगतदेखि नै प्रधानमन्त्रीदेखि दलका नेताहरूको सुरक्षामा खटिने प्रहरी अधिकृतहरू बढुवा र सरुवाको पहिलो प्राथमिकतामा पर्दै आएका छन् ।
एसपी र डिएसपीको बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरूलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेपछि दुई तिहाईको सरकार र आशालाग्दा आईजी भएपनि प्रहरी संगठनभित्र भने निरासा छाएको छ । दरवारमार्ग वृत्तमा कार्यरत डिएसपी दानबहादुर मल्ल प्रचण्डको पिएसोका रूपमा कार्यरत थिए । उनलाई पनि प्रचण्डकै दबाबमा एसपीमा बढुवा गरिएको चर्चा छ । दरबारमार्गमा बदनाम कमाएका मल्ल एसपीको बढुवासँगै पर्सा वा चितवनको कमाण्ड गर्ने गरी राजनीतिक पावर लगाँउदै हिँडेको थाहा भएको छ । डिएसपीबाट एसपी बढुवामा पनि नेताहरूकै सोर्समा गृहमन्त्रालयलको दवाबमा बढुवा भएको स्पष्ट भएको छ ।
यो पटक दुई बर्ष सिनियर ७ डिएसपीलाई छाडेर ५८ सालको टोलीलाई बढुवा दिइएको छ । जसको कारण प्रहरीको चेनअफ कमाण्डमा समेत ठूलो असर पर्ने देखिन्छ । उता दुई साता अगाडी बढुवा भएको एसएसपी बढुवामा मा ठूलै चलखेल भएको भन्दै चरम असन्तुष्टी छाएको छ । स्रोतका अनुसार कनिष्ठ एसपी दिपक थापालाई बढुवा गर्नका लागि प्रहरी ऐन नै संसोधन गरिएको चर्चा छ । उनी बढुवा मात्र भएनन् अघिल्लो टोलीलाई नै उछिनेर ६ नम्बरमा बढुवा हुन सफल भए । एक नम्बरमा बढुवा भएका भनिएका एसएसपी सन्दीप भण्डारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय दुवैतिरको आर्शिवाद पाएको चर्चा छ । दीपक थापा, भीम ढकालहरू पनि आशिर्वादमै बढुवा हुँदा नरेन्द्र उप्रेती, भरत बोहोरा, रविन्द्र केसीहरू छुटेपछि उनीअरु अमिलो मन पारेर बस्ेका छन् ।
बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरू मर्कामा परेका छन् । प्रहरी प्रधान कार्यालयले गरेको एक बर्ष अघिको पनि बढुवामा यस्तै भएको थियो । २८ जना डिएसपीलाई एसपी र ५५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्दा पनि प्रहरी संगठन विवादमा तानिएको थियो । एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, आभूषण तिमिल्सेना, तारादेवी थापा, दीपशमशेर राणा वरीयताक्रममा पछि परेका थिए ।
त्यतिबेला बढुवामा छुटाइएका रमेश बस्नेत र भीम दाहाललाई केही दिन अघि बढुवा गरियो । त्यतिबेलाको बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा खटिएका डिएसपी सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका थिए ।
डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी थिइन् । भट्टराईलाई अहिले बारा जिल्लाको कमाण्ड गर्न दिइएको छ । यसअघि पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री वामदेव गौतमको पिएसओ बसेका मिमबहादुर लामा पहिलो नम्बरमा बढुवा गरिएको थियो । ‘प्रहरी नियमावली २०७१’ले कार्यसम्पादन मूल्यांकनलाई बढुवाको आधार बनाएको छ । त्यही नियमावलीअनुसार बढुवा सिफारिस भएको बताइएपनि कार्यसम्पादन मूल्यांकनभन्दा बढुवा समितिले दिने नम्बरमा बढी चलखेल हुने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले पहिलो नम्बरमा हरि खतिवडा, दोश्रो नम्बरमा मन्जिल मुकारुङ र तेस्रो नम्बरमा जागेश्वर भण्डारीको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस सुचीको टप थ्री मध्येका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका अधिकृत हुन । त्यस्तै मुकारुङ विशेष ब्युरो र भण्डारी प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । हुनत उनीहरू तिनैजना ब्याबसायिक अधिकृत हुन् । त्यस्तै आइजी सचिवालयमा कार्यरत बेद प्रकाश जोशी, मदन केसी,रन्जन कुमार दाहालसंगै आइजी निवासका गोविन्द कार्की समेत बढुवामा समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा