27th May 2019, Monday

E-budhabar

यो त अलिक ‘हजम’ भएन नि श्रीमान् ?



काठमाडौं । चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि न्याय क्षेत्रमा सकारात्मक कदमहरु चालिन थालेको र न्यायलयको साख उठ्ने अपेक्षा गरिरहेको समयमा फेरी सो आशामा ग्रहण लाग्ने गरि न्यायपरिषद्को एउटा पछिल्लो निर्णय आएको छ ।
न्यायपरिषद्ले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेको छ । न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरिएको छ भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरिएको छ । उनीहरुलाई सिक्टा सिंचाइको भ्रष्टाचारमा अति कम धरौटी तोकेको र आर्थिक चलखेल गरेको भनेर तानेको हो । राष्टिय गौरवको सिक्टा सिंचाइ आयोजनामा सरकारको १४ अर्व लगानी बालुवामा पानी भउको थियो । कालिका कन्स्टक्सनका विक्रम पाण्डे ठेकेदार रहेको सो आयोजनाको मूल नहर भत्किएपछि अद्यितयार दुरुपयोग अनुसन्धान आयोगले मुख्य दोषी ठेकेदार पाण्डे लाई २ अर्व १३ करोड विगो माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर विशेष अदालतका तत्कालीन रजिष्टार भीमकुमार श्रेष्ठ र विशेष अदालतको अध्यक्ष बाबुराम रेग्मी मिलेर माघ २ गते उनलाइलाई जम्मा ४ करोड धरौटी लिएर छाडे । त्यो भनेको अख्तियारले दावी गरेको रकमको जम्मा १.८७ प्रतिशत मात्र हो । न्याय सम्पादनको क्रममा आर्थिक चलखेल गरेको थाहा पाएको आधारमा प्रधानन्यायधिस चोलेन्द्र समशेर राणाले ती तीन जना न्यायधिसलाई तानेका हुन् ।
तर, तानिएका दुईजना चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेल पाण्डेको फैसला गर्ने टोलीमा थिए । तर, सो टोलीमा रत्न बहादुर वागचन्द थिएनन् । तीन जना न्यायधिस वाबुराम रेग्मी, ढकाल र पोख्रेलले सो फैसला गरेका हुन् । त्यसमा पनि मुख्य आर्थिक सेटिंग गर्ने पोखरेल र तत्कालीन रजिष्टार श्रेष्ठ हुन् । तर मुख्यकर्ता पोखरेललाई चलाउँदै चलाइएन भने अर्का कर्ता श्रेष्ठलाई पनि कार्वाहीको सट्टा सार्वोच्च अदालत लगेर पुरस्कृत गरिएको छ । तर, शिकार भए पैसलाका सहायक सहयोगी ढकाल, पोख्रेल र फैसलमा सहभागी नै नभएका निर्दोष वागचन्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा