18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

नेताद्वयको श्रद्धाञ्जली सभाको विशेष तयारी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लोकप्रिय नेता पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा संस्कृति पयर्टन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा काठमाडौंमा आयोजना हुने श्रद्धाञ्जली सभाको तयारी अघि बढाएको छ ।
भोलि भृकुटीमण्डपमा दिउँसो २ बजे आयोजना हुने श्रद्धाञ्जली सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् । पूर्वउपप्रधानमन्त्री तथा लोकप्रिय नेता भरतमोहनको गत १८ गते ह्याम्स अस्पताल धुम्बाराहीमा ८३ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, संस्कृति पयर्टन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रको गत १५ फागुनमा ताप्लेजुङको फुङलिङमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएको थियो । साँढे ६ दशक लामो वाम–प्रजातान्त्रिक आन्दोलनमा समर्पित भरतमोहन नेपाल कम्युनिस्ट पार्टीको पहिलो पुस्ताको अनुभवी र लोकप्रिय नेता थिए । तीनखम्बे अर्थनीतिमार्फत मुलुकको अर्थतन्त्रलाई समाजवादको दिशा दिने योजनाकारका रूपमा भरतमोहनलाई लिने गरिन्छ । त्यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले छोटो समयमै विभागीय मन्त्रीका रूपमा पयर्टन क्षेत्रको प्रवद्र्धनमा प्रशंसनीय काम गरेका थिए ।
चार दिनको फरकमा आफ्ना दुई लोकप्रिय नेता गुमाउनुपरेपछि नेकपाले उनीहरूको सम्मानमा दुई दिन पार्टीको झण्डा झुकाउनुका साथै स्मृतिमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । यसै सिलसिलामा काठमाडौंको श्रद्धाञ्जली कार्यक्रमलाई विशेष सभाका रूपमा सम्पन्न गर्नेगरी नेकपाले तयारी अघि बढाएको हो । गत सोमबार महासचिव विष्णु पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकले श्रद्धाञ्जली सभामा कम्तीमा २० हजार नेता–कार्यकर्ता उतार्नेगरी तयारी अघि बढाउने निर्णय गरेको छ । नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी, तत्कालीन एमाले र माओवादीका २२ जनवर्गीय संगठनका पदाधिकारी सहभागी बैठकमा महासचिव पौडलले सभालाई भव्य बनाउनेगरी तयारी गर्न निर्देशन दिएका छन् । बैठकमा ३ नम्बर प्रदेशका संयोजक नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेललगायतले सम्बोधन गरेका थिए । मंगलवारै महासचिव पौडेलले प्रेस चौतारी नेपाल र प्रेस सेन्टरका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रचारात्मक तयारीको निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा