25th May 2019, Saturday

E-budhabar

सचिव जीसीप्रति मन्त्रालयभरि आक्रोश



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीको व्यवहारले मन्त्रालय बदनाम भएको छ । कृषि विभागको महानिर्देशक रहँदा पनि विभिन्न अनियमित कर्म गरेर बदनाम भएका सचिव जीसीले मन्त्रालयमा जिम्मेवारी पाएपछि पुरानै शैली दोहो¥याउन थालेपछि उनको विरोध कर्मचारी वृत्तबाटै हुन थालेको हो । उनका व्यवहारका कारण अहिल मन्त्रालय र मातहत कार्यालयभरी उनीविरुद्ध असन्तुष्टि बढेको छ ।
खासगरी सचिवका हैसियतमा बढी निगरानी गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विकास विभागजस्ता निकायमा सरकारको लक्ष्य सफल पार्नेगरीभन्दा पनि कमिसनमुखी ढंगले काम भइरहेकामा सचिव जीसी यसमा पनि रमिते बनेर बसेको बताइन्छ ।
स्रोतका अनुसार आफूलाई कृषि क्षेत्रको विज्ञ दाबी गर्दै हिँड्ने उनले दाबी गरेजस्तो कुनै सुधार सो क्षेत्रमा ल्याउन सकेका छैनन् । बरु मालदार र कमाइ हुने अड्डामा नाजायज लाभ लिएर मात्र कर्मचारीहरूको खटनपटन गर्ने काममा तीव्रता दिएका छन् । केही दिनपहिले मन्त्रालयअन्तर्गतका आयोजनाका प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको थियो । त्योबेला उनले आफूलाई विभिन्न लाभ दिएर खुसी पार्न सक्ने कर्मचारीलाई रोजेको स्थानमा पठाएका र अन्यत्रलाई कम आकर्षक स्थानमा पठाएको बुझिएको छ ।
मूलतः यी नियमित कामबाहेक उनले अन्य कुनै उपलब्धिपूर्ण काम गर्न सकेका छैनन् । जसका कारण मन्त्री पनि सचिवसँग खुसी नभएको बताइन्छ । पछिल्लो समय देशमा खाद्यान्न मिसावट बढ्दै गएको छ भने विषादी भएका र भारतमा काम नलाग्ने दर्ज गरिएका विभिन्न जातका तरकारी पनि काठमाडौं भित्रिने गरेका छन् ।
ती चिजवस्तुहरू जाँच–पड्ताल गर्न क्वारेन्टाइन चेकपोस्टहरू सीमा क्षेत्रमा राखिएको छ । उक्त क्वारेन्टाइन चेकपोस्टहरू भन्सारजस्तै आकर्षक र मालदार स्थान मानिन्छ । भैरहवा, वीरगन्ज, विराटनगर, काँककडभिट्टालगायत स्थानमा क्वारेन्टाइन चेकपोस्टहरू छन् । पछिल्लो समय बर्डफ्लुलगायत रोगहरू रोगी पन्छी भिœयाँउदा नेपालमा भारतबाट सरिरहेको बताइन्छ ।
त्यस्तै, देशी खसीका कारण विभिन्न पशुलाई लाग्ने रोगसमेत नेपाल भित्रिरहेको छ । यसमा कडाइ गर्नुका साथै त्यस स्थानबाट ठूलाठूला व्यापारीको सेटिङबाट क्वारेन्टाइन पास गराएर घुस खाने काम हुने गरेको बताइन्छ । त्यसका लागि सचिव जीसीले हरेक अड्डामा आफ्ना विश्वासपात्र कर्मचारी पठाएको बताइन्छ ।
त्यस्तै क्वारेन्टाइनबाटै काम नलाग्ने भइसकेका र विभिन्न टनिकहरू मिसाएका केरा र स्याउजस्ता फलफूलहरूसमेत भिœयाउने काम भइरहेको छ । त्यसका लागि सचिव जीसीले अग्रिम लाभ लिएर काँकडभिट्टामा जीसी थरकै आफन्त र विराटनगरमा घिमिरे थरका व्यक्तिलाई पठाएका छन् ।
त्यस्तै अर्को आकर्षक परियोजना पीपीसीआरमा मन्त्रीले केही अघि मात्र पठाएका शाह थरका कर्मचारी हटाएर भरत कँडेललाई पठाएका छन् । उक्त अड्डा पनि आकर्षक मानिन्छ । त्यसैगरी उन्नत जातका बिउबिजनसम्बन्धी परियोजनामार्फत गलत बीउहरू भिœयाउने काममा संलग्न भएर पैसा खाने काम भइरहेको बताइन्छ ।
त्यसैगरी कालिमाटीस्थित तरकारी बजारमा विषादी परीक्षण गर्ने मेसिनमार्फत तरकारीहरू पूर्वकृषिमन्त्री हरि पराजुलीको पालामा परीक्षण हुने गरेकोमा अहिले व्यापारीको मिलेमतोमा सो परीक्षण हुन छाडेको छ । आफू विज्ञ दाबी गर्ने सचिव जीसीले सो काममा लापरबाही गर्दा करोडौं जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । त्यस्तै उनले हरेक जिल्लामा कृषि प्राविधिक अर्थात् जेटिए पठाउँदा समेत कमिसन खाने गरेको भन्दै कर्मचारी वृत्तमा चर्चा छ ।
उनले दिनभरि आफ्ना प्रशंसक केही कर्मचारीलाई वरिपरि राखेर राज्यमन्त्रीलाई कुरा काट्ने धन्दा चलाउँदै आएका छन् । कामचोर तर उनका चाकडीबाजहरूलाई विभिन्न स्थानमा खटाएर भत्ताहरू दिने तर मरिमेटेर काम गर्नेहरूको भने मूल्यांकन नभएको मन्त्रालयभरि चर्चा छ । यस्ता लठैत सचिवलाई प्रधानमन्त्रीले पनि किन अन्यत्र सरुवा नगरेको भन्ने विषयले मन्त्रालयमा वहश सुरु भएको छ ।
त्यसो त सरकारको घोषित नीति अनुरूप विदेश भ्रमण नगर्ने र फजुल खर्च रोक्ने भए पनि त्यो काममा कडाइ गर्नुको सट्टा राज्यमन्त्री रामकुमारी चौधरीलाई खुसी पार्न एक सहसचिव योगेन्द्रकुमार कार्की र राज्यमन्त्रीका श्रीमान्लाई समेत विदेश पठाएका थिए । यस विषयले पनि मन्त्रालयमा आक्रोश बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा