23rd March 2019, Saturday

E-budhabar

अनुसन्धानका प्रहरी आफैं विवादित



काठमाडौं । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? सत्यतथ्य छानबिन गरी पीडितललाई न्याय र दोषीलाई कारबाही गर्ने निकाय प्रहरी नै पछिल्लो समय विवादमा पर्न थालेको छ । आर्थिक अनियमितता र ठगीलगायतको मुद्दाहरूमा प्रहरीले गर्ने कारबाही पनि स्वार्थप्रेरित हुन थालेको बताइन्छ । विभिन्न मिटरब्याजी, वैदेशिक रोजगारीमा पठाउन भन्दै गरिएको ठगी र अन्य प्रकरणमा पनि प्रहरीले निश्चित प्रतिशत आफूले पाउनेगरी सर्त राखेर मात्र पैसा उठाइदिने गरेको खुलासा भएको छ ।
पछिल्लोपटक बढुवामा नपरेको भन्दै राजीनामा दिएका नरेन्द्र उप्रेती प्रहरी अपराध महाशाखामा हुँदा खासगरी यस्तो धन्दा फस्टाएको स्रोतको दाबी छ । त्यसबाहेक दुई पक्षलाई अलग–अलग छलफल गरेर लाभ नहुने प्रकरणमा भने कागजपत्र तथा प्रमाण नै कमजोर रहेछ भनेर प्रहरीहरू पन्छिने गरेको समेत पीडितहरूले बताएका छन् ।
त्यसो त महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह विवादै विवादमा परेका छन् । राम्रो करिअर र सम्भावना भएको मानिएको एसएसपी सिंह पछिल्लोपटक विभिन्न लाभहानितिर केन्द्रित भएको आरोप लागेको छ । उनले अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणको भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिएको, पटकपटक धम्क्याएको र सादा कागजमा बयान गराएको खुलेको समाचार यसअघि समेत सार्वजनिक भइसकेको छ ।
आफूले घूस लिएको स्विकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेका थिए । आफु सही ठाँउमा उभिएको बेला माथिको दबाबले कोही पनि डराउँदैन । तर आयुक्तको निर्देशनमा त्यसो गर्नुको पछाडि अख्तियारका कारण आफूलाई समस्या पार्ने डर एसएसपी सिंहमा परेको स्पष्ट भएको छ । भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराउनुसम्मको हर्कतपछि उनको नियत पनि खुलेको छ । एसएसपी सिंहको टोलीले ति व्यक्तिलाई पक्राउ गरेर लगेको थियो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सिंह तालिमको सिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् । यता उपत्यकाका केही ठगी गिरोह समात्दा पनि महाशाखा चुकेको छ । पछिल्लो समय ओभरसिज, सहकारी र कन्सल्टेन्सी सञ्चालकमा एकै व्यक्ति भएको र उनीहरूले विभिन्न देश पठाइदिन्छु भनेर पैसापीडित बनाएकाहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ त गरेको छ , तर प्रमाण पुगेन भन्दै मुद्दा कमजोर पारेर प्रस्तुत गर्ने काम हुन थालेको छ । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो  । सिन्धुपाल्चोकका लामालाई काठमाडौंबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर जावलाखेलमा कम्पनीविरुद्ध ३ सय ७ जनाभन्दा बढीले साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए । एकैपटक धेरै संख्यामा उजुरी परेको यो बिरलै घटना हो । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन ११ बुँदे परिपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा पठाउँदा कामदारको व्यवस्थित अभिलेख राख्न भनेको छ । तर, दृष्मा कम्पनीले त्यस्तो गरिएको छैन । यो प्रकरणमा पनि प्रहरीले कुन बिन्दुमा लगेर अनुसन्धान टुंग्याउँछ वा मुद्दा अघि बढाउँछ यसै भन्न सकिने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा