23rd March 2019, Saturday

E-budhabar

मेरोे सम्झनामा रवीन्द्र



मेरोे सम्झनामा रवीन्द्र

रवीन्द्र अधिकारीलाई मैले पहिलोपटक २०४५ सालमा भेटेको थिएँ । म कीर्तिपुर होस्टलमा बस्थें, उहाँ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुमा विद्यार्थी नेता हुनुहुन्थ्यो । स्ववियुको मुखपत्र ‘माछापुच्छ«े’को प्रकाशनका लागि काठमाडौं आउनुभएको थियो । उहाँ कीर्तिपुरस्थित होस्टलको मेरो कोठामै बस्नुभयो । एक महिना सँगै बस्यौं । पहिलो भेटमै उहाँप्रति मलाई छुट्टै प्रभाव प¥यो । उहाँले मसिनो कामलाई पनि असाध्यै महŒवका साथ हेरेको पाएँ । त्यसबेला आजकालका जस्तो आधुनिक प्रेस थिएनन् ।
लेटर प्रेसमा कम्पोज गरेर पत्रिका निकाल्नुपथ्र्यो, मसिनो तरिकाले प्रुफ हेर्नुपथ्र्यो । उहाँ मध्यरातसम्म बसेर ती सबै काम एक्लै गर्नुहुन्थ्यो । किताब प्रकाशनपछि उहाँ पोखरा फर्किनुभयो । पछि गण्डकीबाट प्रतिनिधित्व गर्दै अनेरास्ववियुको केन्द्रीय कमिटीमा आउनुभयो । २०४६ सालको जनआन्दोलनमा पोखरामै विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा गिरफ्तार हुनुभयो । जेल पर्नुभयो । यता म पनि काठमाडौंमा जेले परें । जनआन्दोलनपछि फेरि भेट बाक्लिन थाल्यो । विद्यार्थी संगठनको बैठक कहिले काठमाडौं त कहिले पोखरामा हुने क्रममा उहाँ र मेरोबीच एकपछि अर्को भेट हुँदै गयो । म पोखरा जाँदा पीएन क्याम्पसको होस्टलमा उहाँकै कोठामा सुत्थें । काठमाडौं आउँदा उहाँ प्रायः मेरै कोठामा बस्नुहुन्थ्यो । विद्यार्थीका बीचमा उहाँ असाध्यै लोकप्रिय मान्छे । एकपटक म पीएन क्याम्पस गएको थिएँ । उहाँ र मसँगै थियौं । क्याम्पस गेट बगरबाट स्ववियु हुँदै क्याम्पसको प्रशासन भवनसम्म पुग्दा सयौं विद्यार्थीले रवीन्द्रजीलाई नमस्कार गरे । म छक्क परें, ‘यति धेरै विद्यार्थीले उहाँलाई किन नमस्कार गर्छन् ?’
मैले पछि उहाँलाई सोधें, ‘नमस्कार गर्नेमध्ये कतिको नाम कण्ठ छ ?’ उहाँले ९० प्रतिशतभन्दा बढीलाई नामले नै बोलाउने बताउनुभयो । विद्यार्थीका सजिला, अप्ठ्यारा गुनासा सुन्ने, हल गर्ने, रचनात्मक क्रियाकलापहरू गर्ने हुँदा विद्यार्थीले सम्मान दर्साएका रहेछन् । उहाँ पीएन क्याम्पसको सभापति हुनुभयो । देशभरका विद्यार्थी, क्याम्पस प्रमुख, विश्वविद्यालयका उपकुलपति र पदाधिकारीले समेत सार्वजनिक रूपमा उहाँको प्रशंसा गर्थे । केदारभक्त माथेमाजस्ता बौद्धिक र प्राज्ञिक उपकुलपतिले समेत सार्वजनिक रूपमै रवीन्द्रजीको प्रशंसा गरेको मैले सुनेको छु । पछि उहाँ काठमाडौं आउनुभयो । फेरि हामी एउटै कोठामा बस्यौं । म खाना पकाउँथें, उहाँ भाँडा माझ्नुहुन्थ्यो । यसरी पनि हामीले धेरै वर्ष बितायौं । हामीबीच पारिवारिक घनिष्ठता थियो । एउटै परिवारका सदस्यजस्तो भएर बस्यौं । असाध्यै अनौपचारिक सम्बन्ध थियो । उहाँ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बन्नुभयो । उहाँलाई जिताउन झन्डै १०÷१५ दिन कीर्तिपुरको नयाँबजारमा आवासीय रूपमै बसें । उहाँले जित्नुभयो ।
जतिबेला पार्टी विभाजनको दुःखद स्थितिको सामना ग¥यौं । त्यो अवस्थामा पनि रवीन्द्रजी र म माले पार्टीमा सँगै भयौं । माले विद्यार्थी संगठनमा म अध्यक्ष र उहाँ महासचिव भएर काम ग¥यौं । त्यसक्रममा कालापानी मार्च अभियान, सीमा सुरक्षा अभियान, सांस्कृतिक जागरण अभियान, विद्यालयदेखि विश्वविद्यालयसम्मको अभियान, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विद्यार्थीहरूले सहुलियत पाउनुपर्ने आन्दोलन, कलाकार प्रवीण गुरुङको हत्यापछि पारस शाहविरुद्ध हस्ताक्षर संकलन गरेर दरबारमा बुझाउने अभियानलगायतमा सँगै भयौं । कतिपय आन्दोलनको उहाँले सफलताका साथ नेतृत्व गर्नुभयो । त्यसबाट रवीन्द्र अधिकारीको राष्ट्रव्यापी छवि निर्माण भयो ।
एमाले र माले एकतापछि हामीलाई उचित भूमिका नहुने आशंकामा दुवैले पीएचडी गर्ने विचार गरेका थियौं । संसद् विघटन भयो, राजा ज्ञानेन्द्रले शासन हातमा लिए । नयाँ परिस्थितिले फेरि राजनीतिमै सक्रिय हुने निर्णय ग¥यौं । मैले उहाँलाई पोखरा नै फर्किएर राजनीति गर्न सुझाव दिएँ । मेरो सुझाव मानेर एक बिहान उहाँ कमलपोखरीको डेराबाट ओढ्ने, ओछ्याउने, खानपिनका सामान र केही पुस्तक मिनी ट्रकमा हालेर पोखरा जानुभयो । पोखरा फर्किएपछि उहाँ झनै स्थापित हुनुभयो । दुईपटक संविधानसभाको र पछिल्लोपटक व्यवस्थापिका संसद्को निर्वाचनमा लोकप्रिय मतका साथ विजयी हुनुभयो । २०६४ सालमा हाम्रो पार्टी धेरै स्थानमा पराजित भइरहँदा उहाँले जित हासिल गर्नुभएको थियो । पोखरामा उहाँको छवि कुनै एउटा राजनीतिक दलको नेताका रूपमा मात्र सीमित छैन । आमजनताको नेताका रूपमा स्थापित हुनुहुन्छ ।
उहाँले संसद्मा समेत प्रभावकारी भूमिका खेल्नुभयो । पहिलो संविधानसभा असफल भयो । त्यतिबेला मैले संविधानसभाबाहिर बसेर हेर्दा संसद्भित्रका केही सम्भावना बोकेका युवामध्ये उहाँ नै हुनुहुन्थ्यो । त्यतिबेला संविधान बनाउन दबाब दिन ठूल्ठूला नेताहरूसँग पनि गएर उहाँले संवाद गर्नुभयो, समन्वय गर्नुभयो, समझदारी निर्माणमा प्रयास गर्नुभयो । दोस्रो संविधानसभामा पनि प्रभावकारी भूमिका खेल्नुभयो । म संसद्मा आएपछि कसरी प्रभावकारी भूमिका खेल्ने भनेर उहाँसँग धेरैपटक प्रशिक्षण लिएँ । संसद्भित्र भूमिका खेल्न ती कुराले मलाई सजिलो बनाएको छ । झन्डै तीन दशकको यात्रा मैले उहाँसँग बिताएको छु । उहाँ बित्नुभन्दा अघिल्लो दिन मात्र हाम्रो कुराकानी भएको थियो । काठमाडौंको बानेश्वर थापागाउँ बैंक्वेटमा एक विद्यार्थी नेताको विवाह भोज थियो । त्यहाँ पनि विद्यार्थीहरू उहाँसँग फोटो खिच्न तँछाड–मछाड गर्दै थिए । उहाँलाई मैले भनेको थिएँ, ‘तपाईंसँग भेटेर कुरा गर्नु छ, ताप्लेजुङको सुकेटार विमानस्थल विस्तारको ठेक्काको टेन्डर निकाल्नुपर्ने भएकाले बैठक गरौं ।’ उहाँले, ‘म भोलि बाहिर जान्छु, ३ बजे फर्किन्छु, ४ बजे बसौं,’ भन्नुभयो । मैले साढे ४ मा बस्ने प्रस्ताव गर्दा हुन्छ भन्नुभएको थियो । कहाँ जाँदै हुनुहुन्छ भनेर सोधिनँ ।
म साढे ४ बजेको प्रतीक्षामा थिएँ । फर्किएपछि मैले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका इन्जिनियर ध्रुवजीलाई पनि फोन गरें । त्यो बैठकमा मैले उहाँलाई पनि बोलाउनु थियो । केही दिनअघि महानिर्देशक सञ्जीव गौतमसँग मेरो कुराकानी भएको थियो । हामी विमानस्थल स्तरोन्नतिका लागि अन्तिम बैठक गर्दै थियौं । दुर्घटनाको दिन १५ गते म हिमालय होटेलमा एउटा कार्यक्रममा थिएँ । लन्च टाइमको ब्रेकमा बाहिर कफी खाइरहेका थियौं । त्यहीबेला ताप्लेजुङका होटेल व्यवसायी सुरेश मादेनले फोन गरेर रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर पाथीभराको फेदमा खसेको जानकारी दिनुभयो । एकदम अत्यास लाग्यो । पहिलो फोन रवीन्द्र अधिकारीकै नम्बरमा गरें । नम्बर मलाई कण्ठै थियो । फोन रवीन्द्रका स्वकीय सचिव राजेन्द्रले उठाए । उनले मन्त्रीज्यू तेह्रथुम गएको बताए । उनको आधा घन्टाअघि सम्पर्क भएको रहेछ । हेलिकोप्टर खसेको जानकारी नै रहेनछ । मैले भनें, ‘तुरुन्त फोन गरेर उहाँको लोकेसन के छ बुझ्नुस ।’ पछि ताप्लेजुङको सीडीओ, डीएसपीलाई र पत्रकार साथीहरूलाई फोन गरें । हेलिकोप्टर क्र्याँस भएको पुष्टि भयो । पाथीभरामा अरू पनि हेलिकोप्टर गइरहेको सूचना पाएँ । तर, उहाँकै हेलिकोप्टर दुर्घटना भएको पुष्टि भयो । तत्काल मैले पाथीभराको फेदीका स्थानीयलाई फोन गरेर घटनास्थलमा जान आग्रह गरें । उहाँहरू दौडिँदै दुई घन्टाको बाटो ४५ मिनेटमै पुग्नुभएछ । घटनास्थलमा पुगेपछि उहाँहरूले फोनमा हेलिकोप्टर खसेको र मानिसहरू जलिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा