23rd March 2019, Saturday

E-budhabar

वरिष्ठ पत्रकार गौतमको निधन



काठमाडौं । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ६९ वर्र्षीय गौतमको शनिबार राति निधन भएको छ । शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौंबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।
गौतमको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई दाजुले दागबत्ती दिएका थिए । गौतम नेपाल पत्रकार महासंघ काठमाडाँं शाखाबाट महासंघको केन्द्रीय पार्षद् थिए । बालुवाटार बस्दै आएका उनका एक छोरा र श्रीमती छन् । अघिल्लो वर्ष उनी प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । उनको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौं शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताएको छ । शाखा अध्यक्ष शन्तराम बिडारीले शोक विज्ञप्ति जारी गर्दै गौतम निष्ठावान र राष्ट्रवादी व्यक्ति भएको उल्लेख गरेका छन् । यसैबीच पत्रकार महासंका महासचिव रमेश विष्टले पनि विज्ञप्ति जारी गर्दै गौतमको निधनले नेपाली पत्रकारितालाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा