25th May 2019, Saturday

E-budhabar

गौतम बुद्ध विमानस्थलममा ठूलो घोटाला



काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल निर्माणमा ठूलो घोटाला भएको पत्ता लागेको छ । एसियाली विकास बैंको लागनीमा बनिरहेको सो आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारबीच लेनदेनमा कुरा नमिल्दा यो विषय बाहिर आएको हो ।
आयोजना प्रमुखका रूपमा अहिले प्रवेश अधिकारी कार्यरत छन् । तर आयोजना प्रमुख मात्र होइन सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू समेतको मिलेमतोमा त्यहाँ अनियमितता भएको बताइन्छ । आयोजनामा समन्वय नहुँदा कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुन सकेको थिएन । निर्माण सामग्री उपलब्ध हुन सकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करिबकरिब रुग्ण अवस्थामा पुगेको थियो । अहिले पनि लगभग अवस्था उस्तै रहेको बताइन्छ । आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एसियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको काम पछिल्लो समय गतिका आगामी अघि बढिरहेको बताइएको छ ।
उनले आयोजनाको नेतृत्व सम्हालेको एक वर्ष भयो । त्यसअघि आयोजना प्रमुखका रूपमा ओम शर्मा थिए । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । यि दुबै घुस्याहा प्रवृत्तिका कर्मचारी भएकाले प्रिपेड घुस दिएरै भए पनि राम्रो विकासे अड्डाहरूमा सरुवा मिलाउन उनीहरू सफल हुँदै आएका छन् ।
यस आयोजनामा पनि उनीहरूले ठेकेदारका प्रतिनिधिका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । अहिले विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र सुरु भएको छ । कुल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ । तर ठेकेदारसंग कमिसन मिलाउनकै लागि मापदण्ड बमोजिम काम नगरिएको बताइएको छ ।
ट्याक्सी पार्किङस्थलमा पिच गर्ने कार्यमा पनि गुणस्तरहीन काम गरिएको बताइएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । तर हतारको काम लतार भनेजस्तो गुणस्तरसँग सम्झौता गरिएकाले समस्या आएको बताइन्छ । सरकारले पछिल्लोपटक थप ४ अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । मुआब्जा वितरणमा समेत व्यापक रूपमा कमिसनको खेल भएको बताइएको छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ । आयोजनाको कुल लागत मूल्य अभिवृद्धि करसहित ६ अर्ब २२ करोड ५१ लाख २० हजार १ सय १८ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा