17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नयाँ स्वादको खोजी



नयाँ स्वादको खोजी

वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा जाने अधिकांश पात्रहरू ग्रामीण इलाकाका छन् र उनीहरूको मूल कर्म कृषि नै हो । विदेशमा श्रम बेच्दा झेल्नुपरेका अनेक शारीरिक–मानसिक कष्टबाट आजित त्यस्ता पात्रहरूले आफ्नै भूमिमा श्रम पोख्न जाति ठान्न थालेका थुप्रै उदाहरण छन् । फिल्म–निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित र केही महिनापूर्व प्रदर्शनमा आएको चलचित्र ‘गोपी’ को कथावस्तु त्यही सेरोफेरोमा उनिएको थियो । वैदेशिक रोजगारीमा केही वर्ष बिताई स्वदेश फर्किएर गाईपालनमा रमाएका किसान गोपीको संघर्ष–गाथा नै ‘गोपी’ को मुल कथावस्तु थियो । विडम्बना, राम्रो कथावस्तुमा फिल्म बनेको भए पनि ‘गोपी’ ले व्यावसायिक सफलता भने पाउन सकेन । निर्माताको बैंक–खाता वृद्धिमा ‘गोपी’ को कुनै योगदान रहेन ।
पछिल्लो समय ‘गोपी’ जस्ता थुप्रै फिल्महरू व्यावसायिक रूपले असफल भइरहेका छन् । हिन्दी फिल्मको ‘कपी एन्ड पेस्ट’ बाट नेपाली फिल्म धेरै हदसम्म टाढिँदै गएको छ । मौलिक, माटो सुहाउँदो र आम दर्शकको रुचिभित्र आबद्ध फिल्महरू बन्ने क्रम जारी छ । नेपाली पन, आवाज र परिवेशलाई समातेका फिल्म बनाउन पछिल्लो समय फिल्मकर्ममा जुटेका निर्माता–निर्देशकहरू क्रियाशील देखिँदै आएका छन् । तर, के कुराको अभावले हो, नेपाली फिल्महरू आम दर्शकहरूको रुचिभित्र पर्न छाडेका छन् र व्यावसायिक रूपले सफलता बटुल्ने अभिप्राय लिएर निर्मित फिल्महरू एकाध दिन चलेर चलचित्र–भवनबाट उत्रिने होडबाजीमा लागेको छ ।
अचेल हरेक साता एउटादेखि तीन वटा फिल्म प्रदर्शनमा आउन लागेका छन् । कुनै पनि हलले नेपाली फिल्म नपाउला भन्ने अवस्था छैन । सातामा तीन वटासम्म फिल्म प्रदर्शनमा आउनुको अर्थ हो, एक वर्षमा करिब डेढ सय हाराहारीको फिल्म निर्माण हुनु । संख्यात्मक हिसाबले एक वर्षमा डेढ सय फिल्म निर्माण हुनु सुखद् र सकारात्मक पाटो हो । विकसित देशहरूमा समेत यति धेरै संख्यामा फिल्म बन्दैनन् । तर, नेपालजस्तो सानो बजारमा यति धेरै फिल्म बन्नु कदापि ठट्टाको विषय होइन । तर, फिल्म निर्माणमा बर्सेनि होडबाजी चल्दै गइरहेको छ, नयाँ नयाँ निर्माता र निर्देशकहरूले फिल्म निर्माणमा तीव्र रुचि लिँदै गइरहेका छन् । अनवरत रूपमा चलिरहेको छ, यो क्रम÷उपक्रम ।
तर, संख्यात्मक रूपले फिल्म निर्माणमा वृद्धि भए पनि लगानी उठाउने हैसियत राख्ने फिल्महरू भने धेरै नै कम बनेका छन् । अझ, मुनाफा नै कमाउने फिल्म त झन् धेरै कम छन् । दुई चार फिल्म मुनाफा कमाउन सक्षम देखिएका छन् भने त्योभन्दा केही बढी फिल्मले मात्र लगानी उठाएर हलबाट सुरक्षित रूपमा अवतरण गर्न सकेका होलान् । तर, अधिकांश फिल्मले भने हलको मुख देखेको केही दिनभित्र नै बाहिरिनु पर्ने अवस्था विद्यमान देखिन्छ ।
आखिर, फिल्म चल्नका लागि कुन तत्वको भूमिका निर्णायक र अपरिहार्य रहन्छ ? यसको कुनै सूत्र अहिलेसम्म फेला पर्न सकेको छैन । तर, आम मानिसलाई अपिल गर्ने, उनीहरूका हृदय र मस्ष्तिकलाई गहन रूपले स्पर्श गर्ने कथावस्तुमा निर्मित केही फिल्मले भने केही वर्षअघिसम्म नेपाली बजार पिटेको थियो । खासगरी, वैदेशिक रोजगारीमा जानेका पीडा र समस्यालाई केन्द्रविन्दुमा राखेर फिल्म निर्माण गर्ने क्रममा होडबाजी नै चलेको थियो । त्यस्ता फिल्महरू अरु विषयवस्तुमा निर्मित फिल्मभन्दा तुलनात्मक रूपमा मुनाफा कमाउन र लगानी उठाउन सक्षम पनि देखिएका थिए । केही शृंखलामा निर्मित फिल्म ‘छक्कापञ्जा’ ले वैदेशिक रोजगारीमा जानेहरूका कथालाई समातेर नै तरक्की मा¥यो । पछिल्लो शृंखलामा भने ‘छक्कापञ्जा’ ले कथावस्तु बदल्यो ।
आखिर, एउटै विषयवस्तु सदैव रुचिकर हुँदैन । निरन्तर एउटै विषयवस्तु पस्किँरहदा त्यसले दर्शकलाई निरस र निराश, दुवै तुल्याउँछ । सम्भवतः ‘गोपी’ ले व्यावसायिक असफलता हात पार्नुमा पनि त्यही कारण छिपेको हुनसक्छ । वैदेशिक रोजगारीले पु¥याइरहेको फाइदा र बेफाइदाबारे नेपाली समाज अझै पनि भुक्तभोगी नै छ । किनभने, वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको छैन र त्यसले निम्त्याउने सामाजिक, पारिवारिक समस्याहरूका चाङ उत्तिकै छन् । तर, अब फिल्मका लागि यो विषय नौलो रहेन । दर्शकहरूको जिभ्रोले नयाँ स्वादको विषयवस्तु खोज्न लागेको संकेत पनि मान्न सकिन्छ, यसलाई ।
समाजभित्र अनेक कथा छन् । त्यस्ता कथाहरू छन्, जसले आम मानिसलाई गहन स्पर्श गर्न सक्छ । अब नेपाली निर्देशक–निर्माताहरूले त्यस्ता कथावस्तुलाई उधिनेर फिल्ममार्फत् बाहिर ल्याउन सक्नु पर्छ । नयाँ स्वादका कथावस्तुमा फिल्म निर्माण भयो भने दर्शकका निम्ति रुचिकर हुन विश्वास गर्न सकिन्छ र त्यसले व्यावसायिक सफलता प्राप्त गर्नेमा पनि दुईमत हुन सकिँदैन । पछिल्लो समय फिल्मकर्ममा जुटेकाहरूले आफ्नै माटोभित्र दबेर बसेका नयाँ र मौलिक कथावस्तुलाई छान्ने क्षमता राख्न सके नेपाली फिल्म क्षेत्रको भविष्य चम्किलो हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा