16th July 2019, Tuesday

प्रभु बैंकले थप्यो दुई शाखा कार्यालय



प्रभु बैंकले थप्यो दुई शाखा कार्यालय

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित गाईघाट शाखा कार्यालयहरू चैत १० गतेबाट सञ्चालनमा ल्याएको छ । खाँदबारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले र गाईघाट शाखाको सभासद् हिमाल कार्कीले समुद्घाटन गरेका हुन् ।
दुवै शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका दुवै प्रमुख अतिथिले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै त्रियुगा नगरपालिका र खाँदबारी नगरपालिकावासीलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरेका थिए ।
गाईघाट शाखा र खाँदबारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका व्यावसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघसंस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा