25th April 2019, Thursday

E-budhabar

नागरिक भएकोमा गर्व गर्ने कि रैतान हुने ?



नागरिक भएकोमा गर्व गर्ने कि रैतान हुने ?

केपी शर्मा ओली
यसबीचमा राजनीतिक रूपमा ऐतिहासिक, राष्ट्रका निम्ति साहै ठूलो र महŒवपूर्ण उपलब्धि प्राप्त भएको छ । देशमा रहेको पृथकतावादी विचार, विखण्डनवादी विचार, त्यस्तो विचार बोक्ने संगठन, त्यसका गतिविधिहरू अन्त्य भएका छन् । र, देशमा अब विखण्डनवाद, विखण्डनवादी संगठन छैनन् । हामीले जो हिजो आफ्नै राष्ट्रिय गान, आफ्नै झन्डा, आफ्नै अनेक चीज बनाएर हिँड्थ्यो, त्यो समूह आज आफ्नै कार्यक्रम राष्ट्रिय गानबाट सुरु गर्छ । सयौं थुँगा फूलका हामी एउटै माला नेपालीबाट सुरु गर्छ । यो नेपालीहरूले खुसी मनाउनुपर्ने कुरा होइन ? विखण्डनवाद भनेको देशको एउटा गम्भीर समस्या हो । त्यो कुनै पनि समयमा पुगेर विकृत रूपमा प्रकट हुन सक्थ्यो । त्यसको अन्त्य भएको छ । र, आज सिंगो राष्ट विखण्डनको पक्षमा छैन, एकताको पक्षमा छ ।
त्यस समूहसँग गरिएको सहमतिको पहिलो बुँदामै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र भौगोलिक हिसाबले अभिभाज्य राष्ट हो । यस राष्ट्रको, यस देशको सार्वभौमसत्ताको, स्वाधीनताको र भौगोलिक अखण्डताको रक्षा गर्नु हरेक नेपाली नागरिकको कर्तव्य हो भनिएको छ । अब आफ्ना आग्रहमा होइन, जनताको आदेश, अभिमतअनुसार चल्छु भनिएको छ । के हो यो जनताको अभिमतअनुसार चल्छु भनेको ? जनताको अभिमतअनुसार चल्न पाइन्छ ? भन्ने भनाइहरू पनि सुनिए । जनताको अभिमतअनुसार नचलेर कसको आदेश, कसको अभिमतअनुसार चल्छ लोकतन्त्र ? जनमतसंग्रह कतै भनेको छैन । कसैले अनौठो शब्दावलीको सिर्जना ग¥यो । जनमतसंग्रह भनेको भयावह कुरा हो भनियो । जनमतसंग्रह लोकतान्त्रिक मूल्य–मान्यताको विषय हो, कुनै भयावह विषय हो । जनताको अधिकारको कुरा हो । लोकतन्त्रमा जनमतसंग्रह त्याज्य हँुदैन, ग्राह्य हुन्छ । तर, जनमतसंग्रह के विषयमा, केका लागि, कति बेला भन्ने कुरा हँुदैन । सार्वभौमसत्ताको प्रश्नमा, राष्ट्रिय स्वाधीनताको प्रश्नमा, भौगोलिक अखण्डताको प्रश्नमा कुनै राष्ट्रले जनमतसंग्रहको कल्पना पनि गर्न सक्दैन । जनमतसंग्रह त्यस्ता विषयहरूमा किमार्थ सम्भव छैन । र, त्यो सहमतिमा जनमतसंग्रह भनिएको पनि छैन । जनमतसंग्रह पहिले उहाँहरूको माग थियो । उहाँहरूले बोल्दा पनि त्यो कुरा भन्नुभयो, पहिले जनमतसंग्रह भनेका हौं, तर अहिले जनताको अभिमतअनुसार चल्ने कुरा हामीले भनेका छौं । कमसेकम लोकतान्त्रिक आन्दोलनका अभियानका अभियन्ता, नेताहरूलाई थाहा हुनुपर्छ, अहिलेको संरचना भनेको जनमतकै अभिव्यक्ति हो । यो संसद जनमतको सिर्जना हो । यो संविधान, जुन संविधानअन्तर्गत हामी छौं, त्यो संविधान जनमतको सिर्जना हो । जनमतको अभिव्यक्ति हो । जनमतको आकांक्षा हो । यो सरकार जनमतको आकांक्षा हो । ७ सय ६१ वटा सरकार जनमतका अभिव्यक्ति हुन् । जनमत भनेको त्यही हो । जनमत भनेको संविधानसभा थियो । संविधानसभाले बनाएको संविधान हो । संविधानबमोजिम गरिएको चुनाव हो । चुनावबाट आएको सरकार हो । यस संसद्ले बनाएका कानुनहरू तिनै हुन्, जनमत भनेको । अहिलेको प्रणाली, त्यही हो जनमत । मलाई अचम्म लाग्छ, खुसी हुनुपर्ने ठाउँमा केही मान्छे राष्ट्रघात भयो भन्दै आत्तिए । राष्ट्रघातका सम्भावनाहरूचाहिँ समाप्त भए । विखण्डनको एजेन्डा नै समाप्त भयो । त्यो खालको विचार नै समाप्त भयो । र, राष्ट्रिय राजनीतिको मूलधारमा आयो । यो ठूलो उपलब्धि हो । म यस गरिमामय सदनलाई आश्वस्त पार्न चाहन्छु, फेरि त्यो पढ्नुभए हुन्छ । कुनै आग्रहको आँखाले नहेरेर खुसियाली मनाऔं । अस्ति भ्याइएन भने आज बेलकी दीपावली गरे पनि हुन्छ । यो राष्ट्रका निम्ति खुसीको कुरा हो ।
मलाई फेरि शंका लाग्छ, जनमतसंग्रहको एकातिर कुरा चल्दै थियो, अर्कातिर केही आफूलाई लोकतान्त्रिक भन्ने मित्रहरूबाटै जनमतसंग्रहका कुरा सुनिए । अचम्म लाग्छ, मलाई कोही अहिले फालिएको राजतन्त्रको पक्षमा जनमतसंग्रहको कुरा गर्दै हिँडेका छन् । कोही आफूलाई लोकतान्त्रिक भन्ने व्यक्तिहरू नै पनि त्यसको पक्षमा छन् । जोगीले धुनी जगाएजस्तो फेरि लगाएर हिँडेका छन् । अढाइ सय वर्षअगाडि कुनै विश्वविद्यालयमा स्थापना नै भएको थिएन, पढ्ने त परको कुरा । तर गोर्खाका घलेहरूले बुझेका थिए कि कुदेर प्रथम हुनुपर्छ, जन्मसिद्ध कोही पनि हँुदैन भन्ने । आज सचेत, विश्वविद्यालय पढेका मान्छेहरू, नागरिक भएकोमा गर्व गर्न नसक्ने, रैतान हुन पाऊँ हजुर भनेर दरखास्त हाल्ने ? नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ । जन्मसिद्ध श्रेष्ठताका पाखण्डी सिद्धान्तका पछाडि लागेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको अब नेपालमा सम्भावना छैन । नेपाली जनता प्रतिगमनका सम्भावना सुन्न पनि तयार छैनन् । यो लोकतन्त्र, यो गणतन्त्र रगत बगाएर ल्याएको हो । भिक्षामा पाएको होइन । यो चिट्कीपट खेल्दा पाएको होइन । फेरि अर्कोपटक चिट्की पट खेलौन भनेजस्तो कुरा होइन यो । गाई कि त्रिशूल खेलेको होइन । बलिदानपूर्ण संघर्ष गरेर ल्याएको यो गणतन्त्रको रक्षा नेपालीले गर्छ । राजतन्त्र–राजतन्त्र भनेर धेरै फट्याक–फट्याक नगर्न म जनताको तर्फबाट सबैलाई सचेत गराउन चाहन्छु । यो स्वीकार्य हुँदैन । र, हामी सुशासन र विकासको यात्रामा हिँडिरहेका बेला यसलाई भाँड्ने हिसाबले यस्ता गतिविधिहरू वाञ्छनीय हुँदैनन् । हुन त फेरि कतिपयलाई लाग्ला, यो त अधिनायकवादतर्फ गयो । माग्ने निरंकुश राजतन्त्र, लोकतन्त्रको रक्षा गर्छु भन्दा अधिनायकवादको आरोप आउन सक्छ । तर, अब नेपाल पछाडि फर्कंदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास हामीले थालेका छौं । यसलाई सम्पूर्ण इमानका साथ, सम्पूर्ण तागतका साथ रक्षा गर्छौं, प्रयोग गर्छौं । सफल बनाउँछौं र अगाडि बढ्छौं । नेपालको गन्तव्य, नेपालको बाटो यही हो ।
विप्लव समूह भनेर चिनिने एउटा समूह छ । धेरैपटक हामीले आग्रह ग¥यांै, सरकारले धेरैपटक आग्रह ग¥यो, मैले पनि धेरैपटक आग्रह गरे तर लोकतान्त्रिक अभ्यासको उच्चतम रूप चुनाव पनि हुन दिन्न भन्ने, देशमा वम पड्काउने, निर्दोष मान्छे मार्ने, बेसरोकारका मान्छे मार्ने क्रम बढ्दै गयो । कहीँ महिला अंगभंग छन् । कतै बालिका अंगभंग छन् । कतै निर्दोष मान्छे मारिएको छ । कतै उम्मेदवारको खुट्टा काटिएको छ । कतै मार्ने प्रयासहरू भएका छन् । चन्दा होइन, चन्दाका नाममा लुटपाट गरिएको छ । धम्क्याएर, तर्साएर यसो गरिएको छ । यसो नर्गन धेरैपटक भनियो तर भएन । त्यसपछि त्यो समूह जो कतै दर्ता छैन, जसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । नीति आपराधिक छन् र क्रियाकलाप आपराधिक छन् । त्यसलाई यो विध्वंसकारी नीतिहरू छोड भनेर सरकारले विध्वंसमाथि निषेध ग¥यो । कतिलाई हनहनी ज्वरो आयो । यो त लोकतान्त्रिक भएन रे । अनि लोकतन्त्रमा के बम पड्काउन पाइन्छ ? लुट्न पाउने हुन्छ लोकतन्त्रमा ? उम्मेदवार मार्न पाउने हुन्छ ? जन्तीका बस जलाउन पाइन्छ ? त्यही हुन्छ लोकतन्त्रमा ? चन्दाका नाममा पैसा उठाउने, लुट्ने हुन्छ लोकतन्त्रमा ? त्यो गर्न पाइँदैन भन्दा लोकतन्त्र खतरामा प¥यो, धरापमा प¥यो, सम्झाउनुपथ्र्यो रे । सबैलाई थाहा हुनुपर्ने, द्वापार युगमा श्रीकृष्णलाई सम्झाउन साह्रै आउँथ्यो । अर्जुनलाई एकछिन सम्झाउँदा गीता बन्यो । तर, त्यति सम्झाउन आउने, त्यति ज्ञानको भण्डार कृष्णले देखिने गरी औंलामा चक्र लिएर घुमाएर हिँड्थे । सम्झाउँदा भएन भने चक्र । सम्झाउँदा मात्र पार लाग्ने भए कृष्णले चक्र किन बोक्थे ? रामसँग पनि सम्झाउने असाधारण सामथ्र्य थियो । तर धनुष र बाण देखिने गरी बोक्थे । सम्झाउँदा नहुने भएपछि राज्यले कानुनबमोजिम नियन्त्रण गर्छ । राज्य नियन्त्रण गर्न लाग्यो, अब ब्याक गियर छैन । नियन्त्रण गर्छ–गर्छ । यो आतंक, यो विध्वंस, यो असंवैधानिक र गैरकानुनी क्रियाकलाप हुन छुट दिँदैन । विद्युत् उत्पादन गर्न नपाइने, विद्युत् गृहमा पड्काउने । नेपालीले टेलिफोन चलाउन नपाउने, टेलिफोनका टावर पड्काउने । गाडी चढेर हिँड्न नपाउने, गाडी नै पड्काउने । बाटो बनाउन नपाइने । कसैले धन कमाउन नपाइने, किनभने लुटिहाल्ने । यस्तो चल्दैन । फर्कने ठाउँ नदिने हो कि भनेर कतिलाई चिन्ता लागेको पनि होला । हतियार बुझाउन समय दिइएको छ । त्यो समयभित्र हतियार बोकेर म बुझाउन आएको भनेर लुरुलुरु आए हुन्छ । बुझाए हुन्छ । बुझाएन भने कसरी हतियार लिनुपर्छ भन्ने सरकारलाई थाहा छ, सरकारले लिन्छ । मान्छेहरूले भन्ने गरेका छन्, दुई तिहाइको दुई तिहाइको भनेर । हो, यो दुई तिहाइको सरकार हो । यसले जथाभावी हुन दिँदैन । संविधानअनुसार, कानुनअनुसार सबै चल्नुपर्छ । यसमा कुनै भ्रम राख्न आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा