16th July 2019, Tuesday

सशस्त्रमा गुपचुपमै फुली



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीका डीएसपीबाट एसपीमा बढुवा भएकाहरूलाई गोप्य रूपमै फुली लगाइदिएका छन् । उक्त बढुवा विवादित बनेपछि असन्तुष्टहरूले उजुरी दिएका थिए । तर, सो उजुरी उपर सुनुवाइ नहुँदै बढुवा भएकाहरूलाई गएको आइतबार महानिरीक्षक खनालले फुली लगाइदिएका हुन् ।
एसपी पदमा पदोन्नती भएका अधिकृतहरूलाई आइतबार सशस्त्रको मुख्यालयमा आयोजित विशेष समारोहबीच महानिरीक्षक खनाल र एआईजी पुष्पराम केसीले प्रहरी उपरीक्षकहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । गएको फागुन ५ गते साँझ सशस्त्र प्रहरीमा एसपी पदको बढुवा सार्वजनिक गरिएको थियो । उक्त बढुवा सार्वजनिक गरिएलगत्तै एआईजी नारायणबाबु थापाले फेसबुक स्टाटसमा लेखका थिए, ‘प्रमोशन सिफारिस भएको वेबसाइटबाट थाहा पाइयो, हुने सबैसबैलाई एकमुष्ट बधाई, अब सशस्त्र बन्छ भन्ने हाम्रो ठम्याइ छ, जय नेपाल ।’ तर, केही घन्टामै उनले त्यो स्टाटस हटाएका थिए । पछिल्लो समय एकपक्षीय, पूर्वाग्रही र लाभकेन्द्रित भएर काम गरिरहेको आरोप लागिरहेका बेला सशस्त्र प्रहरी बलका आईजीपी खनाल उक्त बढुवाका कारण समेत विवादमा परेका थिए । आफूहरूलाई नम्बर दिँदा नै पूर्वाग्रही भएर कम नम्बर दिएको भन्दै नतिजा पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन परेको थियो । बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै सशस्त्रका दुई डीएसपी लेखबहादुर खनाल र अच्यूत मजगैंयाले गृह मन्त्रालयमा उजुरी दिएका थिए । तर, उजुरीकर्ताहरूलाई कुनै चित्तबुझ्दो जवाफ नै नदिई रातारात फुली लगाइदिएपछि यस विषयले झनै आशंका बढाएको छ ।
डीएसपीद्वय खनाल र मजगैंयाले गृह सचिव प्रेमकुमार राई अध्यक्ष रहेको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । ३७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्दा आफूहरूको केही वर्षको कार्यावधि गणना छुटाएको, मनोमानी शैलीले तथा मापदण्ड हेरेर नभई व्यक्ति हेरेर नम्बर दिइएको, स्टाफ कलेज गरेको समेत मूल्यांकन नगरिएको आरोप लगाएका छन् । नियमावलीमा व्यवस्था भएबमोजिम बढुवा सिफारिसमा चित्त नबुझेकाले उजुरी दिइएको उनीहरूले बताएका छन् । उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गर्दा पक्षपात गरिएको भन्दै यो प्रकरणमा सशस्त्रका अधिकांश उम्मेदवार असन्तुष्ट रहेका छन् । वरिष्ठता र कार्य सम्पादनका आधारमा बढुवा सिफारिस गरिँदा संगठनको नेतृत्वले विभेद गरेको उनीहरूको आरोप छ । सशस्त्र प्रहरी नियमावलीको नियम ५५ अनुसार सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने नियम छ । बढुवामा छुटेकाहरूले सशस्त्र नेतृत्वले आफूहरूलाई कार्यसम्पादन मूल्यांकनबापत दिइने नम्बरमा विभेद गरेको आरोप लगाएका छन् । सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवाका लागि भएको सिफारिसलाई लिएर सशस्त्र मुख्यालयभित्रै असन्तुष्टि चुलिएको यो पहिलोपटक भने होइन । यो प्रकरणबाट संगठनको नेतृत्व गर्ने क्षमता भएका आधा दर्जन डीएसपीहरू बढुवामा छुटेको बताइएको छ । आईजी खनालले राम्रा र सक्षम डीएसपीहरूलाई भन्दा पनि राजनीतिक सन्तुलन कायम गर्ने उद्देश्यले बढुवामा सिफारिस गरेको स्रोतको दाबी छ । बढुवा सिफारिस प्रक्रियामा आईजीपी खनालले संगठनकै एआईजीहरूसँग समेत परामर्श नगरेको असन्तुष्टहरूको आरोप छ । डीएसपीहरू मजगैया, खनाल, पूर्ण साउदका अतिरिक्त प्रकाश सुवेदी, दीपक थापा, सुवास भण्डारी, सुधीर सुवेदी, सञ्जय भट्टराई, राजकुमार लामिछानेलगायत बढुवा सिफारिसमा छुटेका छन् । यो पटकको बढुवामा व्यापक आर्थिक चलखेल भएको, नेपाल प्रहरीबाट सिफ्ट भएका अधिकृतहरूलाई पूर्वाग्रह राखिएको बताइएको छ । अच्यूत मजगैयालगायत ६ महिनाभित्र बढुवा नभए अवकाश हुँदैछन् ।
अघिल्लोपटक छुटेकामध्ये एक र दुई नम्बरमा दुईजना लिइएको र अर्को एक व्यक्तिलाई भने २० नम्बरमा बढुवा गरेका छन् भने बाँकीलाई पन्छाएर नयाँ ल्याइएको छ । अहिले ५ नम्बरमा बढुवा भएका भूपेन्द्र केसी डीएसपी बढुवामा ६८औं नम्बरमा थिए । त्यस्तै ६ नम्बरमा बढुवा गरेका कमलप्रसाद तिउसिना आईजीको सचिवालया रहेर चाकडी बजाएकाले अगाडि आएको बताइन्छ ।
असन्तुष्टहरू सर्वोच्च अदालतमा जाने तयारीमा रहेको थाहा पाएपछि उनले रातारात फुली लगाइदिएको थाहा भएको छ । आईजी खनालले पत्रसंख्या ३४५९ मार्फत खटन पटन आदेश जारी गर्दै फुली लगाउने केही घन्टा अघि मात्र आइतबार बिहान फुली लगाउन आवश्यक प्रवन्ध गर्न प्रशासन शाखालाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा