25th April 2019, Thursday

E-budhabar

आईजीलाई नैतिक संकट



आईजीलाई नैतिक संकट

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गम्भीर नैतिक संकटमा परेका छन् । आफूले पछिल्लोपटक गरेको डीएसपी बढुवालाई ‘यथास्थनमा राख्नू’ भन्ने सोमबार सर्वोच्च अदालतले दिएको आदेशपछि उनी संकटमा परेका हुन् ।
सशस्त्र प्रहरीका डीएसपीबाट ३७ जनालाई एसपीमा बढुवा गर्दा वरिष्ठता र ज्येष्ठता दुवैलाई अवमूल्यन गरी निकटताका आधारमा नम्बर दिइएको भन्दै असन्तुष्टहरूले उजुरी हालेका थिए । पहिले गुनासो सुन्ने समितिसमक्ष उजुरी गरिएकामा सुनुवाइ नभएपछि असन्तुष्टहरू सर्वोच्चमा पुगेका थिए । आईजी खनालले भने नतिजा पुनरावलोकन समितिसमक्ष उजुरी दिएको थाहा पाएपछि त्यसको सुनुवाइ गर्नुको सट्टा ३७ जनालाई नै गएको आइतबार हतारमा फुली लगाइदिएका थिए ।
गएको फागुन ५ गते साँझ सशस्त्र प्रहरीमा एसपी पदको बढुवा सार्वजनिक गरिएको थियो । सोमबार सर्वोच्चले दिएको संक्षिप्त आदेशमा बढुवा प्रक्रिया जहाँ पुगेको छ,, त्यही रोक्नू भनिएको छ । त्यति मात्र होइन, दुवै पक्षलाई छलफलका लागि बोलाइएको समेत छ ।
उक्त बढुवा सार्वजनिक गरिएलगत्तै एआईजी नारायणबाबु थापाले फेसबुक स्टाटसमा लेखका थिए, ‘प्रमोसन सिफारिस भएको वेबसाइटबाट थाहा पाइयो, हुने सबैसबैलाई एकमुष्ट बधाई, अब सशस्त्र बन्छ भन्ने हाम्रो ठम्याइ छ, जय नेपाल ।’ तर, केही घन्टामै उनले त्यो स्टाटस हटाएका थिए । पछिल्लो समय एकपक्षीय, पूर्वाग्रही र लाभकेन्द्रित भएर काम गरिरहेको आरोप लागिरहेका बेला सशस्त्र प्रहरी बलका आईजीपी खनाल उक्त बढुवाका कारण समेत विवादमा परेका हुन् । आफूहरूलाई नम्बर दिँदा नै पूर्वाग्रही भएर कम नम्बर दिएको भन्दै सशस्त्रका दुई डीएसपी लेखबहादुर खनाल र अच्यूत मजगैंयाले उजुरी दिएका हुन् ।
डीएसपीद्वय खनाल र मजगैयाले गृह सचिव प्रेमकुमार राई अध्यक्ष रहेको उजुरी सुन्ने समितिमा पनि उजुरी दिएकोमा कुनै सुनुवाइ नगरिएपछि बाध्य भएर अदालत गएको प्रस्ट पारेका छन् ।
३७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्दा आफूहरूको केही वर्षको कार्यावधि गणना छुटाएको, मनोमानी शैलीले तथा मापदण्ड हेरेर नभई व्यक्ति हेरेर नम्बर दिइएको, स्टाफ कलेज गरेको समेत मूल्यांकन नगरिएको आरोप लगाएका छन् । उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गर्दा पक्षपात गरिएको भन्दै यो प्रकरणमा सशस्त्रका अधिकांश उम्मेदवार असन्तुष्ट रहेका छन् ।
वरिष्ठता र कार्य सम्पादनका आधारमा बढुवा सिफारिस गरिँदा संगठनको नेतृत्वले विभेद गरेको उनीहरूको आरोप छ । त्यसो त बढुवाका लागि भएको सिफारिसलाई लिएर सशस्त्र मुख्यालयभित्रै असन्तुष्टि चुलिएको यो पहिलोपटक भने होइन । नेपाल प्रहरीमा पनि यसअघि यस्ता बढुवाहरूमा अन्याय भएको भन्दै उजुरी परेपछि सर्वोच्चले उनीहरूलाई पदस्थापन गरिदिएको थियो । त्यही नजिर दोहोरिने खतरा भएकाले आईजी शैलेन्द्र खनाललाई नैतिक संकट परेको बताइन्छ । असन्तुष्टहरू सर्वोच्च अदालतमा जाने तयारीमा रहेको थाहा पाएपछि उनले रातारात फुली लगाइदिएको थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा