25th April 2019, Thursday

E-budhabar

जनशक्ति नहुँदा उत्तरपुस्तिका अलपत्र



काठमाडौं । जनशक्तिको टड्कारो अभाव देखिँदा एसईईको उत्तर पुस्तिका जाँच्ने कार्य समयमै सकिने सम्भावना कम देखिएको छ । कर्मचारी समायोजनका कारण जिल्लास्थित शिक्षा एकाइमा पर्याप्त जनशक्ति नभएको हुँदा यस वर्षको एसईईको नतिजा पछाडि धकेलिने अवस्था सिर्जना हुन पुगेको छ ।
गएको चैत १० गतेदेखि यो वर्षको एसईई परीक्षा सुरु भएर सकिइसकेको छ । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेको छ । विगत वर्षहरूमा असारको पहिलो हप्ता परीक्षा फल सार्वजनिक भइसक्थ्यो । तर, यो वर्ष भने अझै दुई महिनापछि धकेलिने अवस्था उत्पन्न हुन पुगेको छ ।
साबिकको जिल्लास्थित शिक्षा कार्यालयहरूलाई स्थानीय तहको मातहत लगिएपछि अहिले शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको छ । त्यही एकाइअन्तर्गत उत्तर पुस्तिका परीक्षण केन्द्र खडा गरिएको छ । एसईईको उत्तरपुस्तिका त्यही एकाइमा कार्यरत कर्मचारीहरूले गर्ने व्यवस्था रहेको छ । तर, पहिला जिल्ला शिक्षा कार्यालय हुँदा ३०–३५ जना कर्मचारी हुन्थे र तोकिएको अवधिमा उत्तर पुस्तिका जाँचेर सिध्याउँथे । तर, अहिले कर्मचारी समायोजन भएपछि एउटा एकाइमा ५–६ जनाभन्दा बढी कर्मचारी छैनन् । त्यति जनशक्तिले उत्तरपुस्तिका जाँच्ने सम्भावना देखिँदैन ।
अहिले देशभरि ५९ वटा उत्तर पुस्तिका परीक्षण केन्द्र रहेका छन् । डोटीस्थित जिल्ला शिक्षा समन्वय एकाइले भने आफूकहाँ जनशक्ति कम रहेको कारण देखाएर उत्तरपुस्तिका परीक्षण केन्द्र नराखिदिन परीक्षा नियन्त्रण कार्यालयमा अनुरोध गरेपछि डोटीको केन्द्र भने खारेज गरिएको थियो । यही बीचमा २९ वटा समन्वय एकाइका प्रमुखसमेत फेरिएका छन् र नयाँ प्रमुख अहिलेसम्म पठाइसकिएको छैन । नयाँ प्रमुख जान समय लाग्ने भएको हुँदा पनि उत्तरपुस्तिका जाँच्ने कार्यमा अन्योल देखापरेको छ ।
जनशक्तिको अभावमा उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ हुने भएपछि परीक्षा नियन्त्रण कार्यालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ‘कर्मचारी पठाइदेऊ’ भनेर हारगुहार गरिरहेको बताइन्छ । तर मन्त्रालयले भने अहिलेसम्म जनशक्ति बढाएर समस्याको निदान गर्नेतिर कुनै पहल गरिरहेको छैन ।
पहिला शिक्षकहरूले नै एसईईको उत्तरपुस्तिका जाँच गर्थे । तर, शिक्षकहरूले जाँच्दा समस्या देखिएपछि शिक्षा कार्यालयका कर्मचारीहरूले नै उत्तरपुस्तिका जाँच्न थालेका हुन् । कर्मचारीहरूले उत्तरपुस्तिका जाँच्दा विद्यार्थी, विद्यालयको नाम, सिम्बोल नम्बर च्यातेर त्यसमा अर्कै नम्बर राखी कोडिङ गर्ने र पछि डिकोडिङ गरेर जाँच्न पठाइने व्यवस्था गरिएको छ । उत्तरपुस्तिकाको गोपनीयताका लागि यस्तो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले जनशक्तिको अभाव रहेको कुरा स्विकार्दै भने, ‘कर्मचारी समायोजनले गर्दा हामीकहाँ जनशक्तिको अभाव देखिन पुगेको हो । तर, हामीले मन्त्रालयलाई कर्मचारी देऊ भनेर भनिरहेका छौं । मन्त्रालयका पदाधिकारीहरूसँग समन्वय गरिरहेका छौं ।’ अधिकारीले जनशक्ति पुगेन भने नतिजा आउन ढिलाइ हुन सक्ने संकेतसमेत गरे । उनले भने, ‘पहिला ३०–३५ जना कर्मचारी हुन्थे र समयमै नतिजा सार्वजनिक गर्न समस्या थिएन । अहिले ५–७ जना कर्मचारी छन् । त्यति कर्मचारी धेरै नै अपुग हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा