16th July 2019, Tuesday

‘भिनाजु’ भन्दै यस्तो धन्दा



‘भिनाजु’ भन्दै यस्तो धन्दा

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ‘भिनाजु’ भन्दै सेनाको बन्दोबस्तीका सामानको ठेक्का पार्दै आएका नवठेकेदार विजय श्रेष्ठ नक्कली भ्याट बिल किनेर करछली गर्नेमा परेका छन् । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिक्री गरी अर्बाैं रूपैयाँ राजस्व हानिनोक्सानी पु¥याउने गिरोहका मुख्य दोषी जयकिशोर साह र परमेश्वर साहलाई राजस्व अनुसन्धान विभागले २०७५ फागुन २१ मा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा साहद्वयबाट नक्कली भ्याटबिल लिनेमा नेपाली सेनामा सामान आपूर्ति गर्दै आएका ठेकेदार श्रेष्ठको पनि संलग्नता भेटिएको हो । न्यु क्रिएसनका सञ्चालक श्रेष्ठले साहहरूबाट भ्याटबिल किनेर करछली गरेकोमा राजस्व अनुसन्धान विभागमा बयानका लागि धाइरहेका छन् । नक्कली भ्याटबिल प्रयोग गर्ने विजय श्रेष्ठ राजस्व अनुसन्धान विभागको कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाइरहेका छन् ।
श्रेष्ठले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा सेनापति निवास झम्सिखेलमा साबुन, सेम्पुलगायतका आवश्यक सामान आपूर्ति गर्दागर्दै क्षेत्रीका पुत्र अभिषेक र पत्नी रीता कुँवरलाई प्रभावमा पारेर उनले सेनाको वेब इक्युपमेन्ट ब्यागको ठेक्का लिएका थिए । वाटरप्रुफ हुनुपर्ने वेब इक्विपमेन्ट ब्याग गुणस्तरहीन र पानी सबै छिर्ने भएको बारेमा गुनासो आए पनि सेनाले सुनेको नसुन्यै गरी भुक्तानी दिएको थियो । रक्षामन्त्री पोखरेलको सालो नाता पर्ने हुँ भन्दै उनी अहिले सेनाका अतिरिक्त प्रहरीका ठेक्का पनि हात पार्न थालेका छन् । रक्षामन्त्री पोखरेलको नाम लिएपछि सेनाको वे ब इक्विपमेन्ट ब्याग (गोलीगट्ठा, रासन र पानी बोक्ने) खरिदका क्रममा सबैभन्दा कम दरमा टेन्डर हाल्ने कम्पनीलाई नदिई बढी दर पेस गर्ने न्यु क्रिएसनलाई ठेक्का दिइएको थियो । बढी दरमा टेन्डर हाल्ने न्यू क्रिएसनले मापदण्डअनुसारको ब्याग नदिई पानी छिर्ने गुणस्तरहीन ब्याग सेनालाई बुझाएको थियो । श्रेष्ठले उपप्रधानमन्त्री पोखरेललाई भिनाजु नाता लगाएर सेनाको ५० हजार थान डीएमएस बुट खरिदका लागि अनावश्यक दबाब दिएकोसम्बन्धी समाचार यसअघि नै बुधबार साप्ताहिकले प्रकाशित गरिसकेको थियो । तर, त्यसपछि उनले सो ठेक्का पाएका थिएनन् ।
त्यति मात्र होइन, पछिल्लो समय उनले नेपाल प्रहरीभित्र पनि सुँढ घुसाउन भ्याइसकेका थिए । नेपाल प्रहरीको उनको बैंकेट खरिदका लागि ३ करोड २१ लाख १२ हजारको ठेक्का उनले पारेका थिए । प्रहरीको मानव स्रोत तथा एवं प्रशासन विभागले फागुन २३ गते सूचना निकालेर श्रेष्ठको कम्पनी न्यु क्रिएसन इम्पेक्सलाई ठेक्का दिएको जनाएको छ ।
राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा नक्कली भ्याटबिलबाट अहिलेसम्म ६ अर्ब रुपैयाँ राजस्व अपचलन गरेको देखिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार नक्कली भ्याटबिलबाट अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ करछली भएको देखिएको छ । विभागले साहद्वयसहित उनीहरूले दर्ता गरेका २४ कम्पनीका संचालकविरुद्ध १ अर्ब ७५ करोड रूपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । निम्न आय भएका मजदुरहरूलाई प्रलोभन दिएर उनीहरूका नाममा कम्पनी दर्ता गरी साहद्वयले आफूलाई कर्मचारीका रूपमा प्रस्तुत गरी चेक सञ्चालन गरी ३ देखि ५ प्रतिशत रकम लिएर भ्याटबिल बिक्री गर्दै आएको विभागको अनुसन्धानमा देखिएको मैनालीले बताएका छन् ।
राजस्व अनुसन्धान विभागले ६ अर्ब भ्याटबिल बिक्री गर्ने गिरोहका मूल नाइके जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ परेपछि ती बिल किन्ने करिब ५ सय फर्महरूको छानबिन सुरु गरेको छ । नक्कली भ्याटबिलबाट ६ अर्ब करछली गर्नेमा खानी निर्माण सेवाका रत्न गौतम निकटस्थ ठेकेदारहरू बढी रहेको स्रोतले बताएको छ । गौतमले आफंैले नक्कली भ्याटबिल प्रयोग गरेका छैनन् । तर उनी नै संलग्न अरू कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेकाले उनी जोगाउन हारगुहार गर्दै नेताहरूकोमा धाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा