22nd July 2019, Monday

डुबान क्षेत्रको साक्षी



डुबान क्षेत्रको साक्षी

भनिन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । तर, उपभोक्ताहरूमा वस्तुको गुण चिन्ने क्षमता छ भने बोल्नेको पीठो नबिक्न पनि सक्छ । बितेको वर्ष नेपाली सिनेमा जगत्मा त्यस्तै भयो । अर्थात्, आफूले दमदार चलचित्र निर्माण गरेको ‘स्टन्ट’ मच्चाउनेहरूले पीठो बिकाउने जतिसुकै प्रयत्न गरे पनि पीठो बिकेनन् र बरु चुपचाप चामलकै बिक्री बढ्यो । वस्तुमा अन्तरनिहित गुण हेरेर नै चयन गर्ने कार्यले बाजी मा¥यो ।
बितेको वर्ष चलचित्र निर्माणका दृष्टिले सफल वर्ष साबित रह्यो । नयाँ–पुराना निर्माताहरू चलचित्रमा लगानी गर्न उत्साहित देखिए भने नयाँ निर्देशक र कलाकारहरूले पनि पर्दामा आफ्नो क्षमता देखाउने अवसर पाए । चलचित्र निर्माणको आयतन उत्साहप्रद रूपले फैलिँदै गएको प्रतित पनि भयो । अरु भाषामा चलचित्र बन्ने क्रम केही सुस्ताए पनि नेपाली भाषामा निर्मित चलचित्र नै सयको संख्या छेउछाउ पुग्नुलाई सकारात्मक मान्नुपर्छ । किनभने, हामीकहाँ नेपाली भाषामा पहुँच भएकाहरूको संख्या नै कति छ र ? सिंगो देशमा करिब ३ करोड जनसंख्या भए पनि सबैको पहुँचमा नेपाली भाषा छैन । यद्यपि, नेपाली चलचित्रको बजार सीमित रहेको ज्ञान हुँदाहुँदै पनि ठूलै संख्यामा चलचित्र निर्माण हुनुलाई चलचित्र क्षेत्रप्रति अहोरात्र चिन्तन र चासो पोख्नेहरूमा चलचित्र निर्माणप्रति बढ्दो उत्साह थपिँदै गएको स्पष्ट संकेत गर्दछ ।
तर, संख्यात्मक रूपले चलचित्र निर्माणमा उत्साह देखिए पनि गुणात्मकता कायम गर्ने पक्षमा चलचित्रकर्मीहरू गम्भीर र संवेदनशील नदेखिँदा ‘व्यावसायिक सफलता’ का सिँढीहरू भने कमै चलचित्रले मात्र उक्लिन सके । हुन त, सबै व्यावसायिक चलचित्रहरू गुणस्तरीय हुन्छन्÷निर्माण भएका छन् भन्ने ठोकुवा गर्नु त्यति तर्कसंगत देखिँदैन । किनभने, कथा र विषयवस्तुका हिसाबले गुणस्तरीय चलचित्र पनि लगानी उठाउन नसकेर डुबेका धेरै दृष्टान्त छन् । तर, स्तरीय कथावस्तुमा निर्मित चलचित्रहरूलाई भने अधिकांश दर्शकले आफ्नो रुचिभित्र पारेका छन् र त्यस्ता चलचित्रहरूले लगानी उठाउने सक्षमता बटुलेका छन् ।
नेपाली चलचित्रहरू ‘डुबान क्षेत्र’ मा पर्नुमा अनेक कारण हाजिर छन् । पछिल्लो समय प्रविधिको तीव्रतर विकासले गर्दा चलचित्र निर्माणको शैली र सौन्दर्यबोधमा व्यापक परिवर्तन आएको छ । तर, शैलीमा परिवर्तन आएर मात्र नहुने रहेछ । मूलतः विषयवस्तुमा नै परिवर्तन देखिनु आवश्यक ठानिँदो रहेछ । विषयवस्तुका दृष्टिले कुनै परिवर्तन नआउँदा अधिकांश चलचित्रहरू डुबान क्षेत्रमा पर्ने गरेका छन् । हुन पनि अधिकांश चलचित्रले कमेडी, प्रेम र द्वन्द्वलाई मात्र आफ्नो विषय बनाउँदै आएको लामै समय बितिसक्यो । कमेडी, प्रेम र द्वन्द्वबाहेक नेपाली समाजमा अरू विषय नै छैनन् भन्ने आभास गराउन नेपाली चलचित्र क्षेत्र उद्यत देखिँदै आएको छ ।
आम सिद्धान्त छ–बजारमा जे चिज बिक्छ, त्यही नै पस्किने हो । नेपाली चलचित्र क्षेत्र पनि यो प्रवृत्तिबाट कदापि टाढा छैन । कि सस्तो प्रेम–कथा बिक्छ कि हिंसात्मक घटनाहरू बिक्छन् कि त वैदेशिक रोजगारीले समाज र परिवारलाई छिन्नभिन्न तुल्याएको कथा नै बिक्छ । बिक्ने विषयहरू चयन गरेर चलचित्र बनाउने क्रम हामीकहाँ बढ्दो छ । हुन पनि एउटा चलचित्र निर्माणमा करोडभन्दा माथिको लगानी हुने भएपछि बिक्ने वस्तुको खोजी हुनु अनौठो होइन । किनभने, कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबानमा परोस् भन्ने चाहँदैनन् र लगानी उठाउने र मुनाफा कमाउने खालकै कथावस्तु र कलाकारहरूको खोजी गर्छन् ।
तर, बिक्ने कथावस्तु मात्र पस्किँदा त्यसले समाज र परिवारभित्र कस्तो प्रभाव पार्दछ भन्ने कोणबाट पनि उत्तिकै हेर्नु आवश्यक देखिन्छ । कुनै पनि विषयको संगति–असंगति दुवै पाटा हुन्छन् । ‘छक्कापञ्जा’ले वैदेशिक रोजगारीले निम्त्याएको नकारात्मक पाटोलाई उधिन्ने कथावस्तु छान्यो । त्यो बिकाउ कथावस्तु थियो । तर, वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ भन्ने देखाउन ‘गोपी’ अघि स¥यो । यो व्यक्ति–व्यक्तिको हेराइमा निर्भर हुने पक्ष हो । त्यसो त ‘गोपी’ व्यावसायिक रूपले असफल रहे पनि त्यसले प्रवाह गर्न चाहेको सन्देश भने सफल रह्यो ।
आफ्नै भूमिको कथा, माटोको सुगन्ध मग्मगाउने विषय चयनित चलचित्रहरूले तुलनात्मक रूपमा लाभ आर्जन ग¥यो, बितेको वर्ष । जातीय विभेदलाई उठान गरिएको ‘प्रसाद’, महिला संघर्षमा आधारित ‘बुलबुल’जस्ता चलचित्र सफल रहे भने अधिकांश चलचित्रका निर्माताले नराम्ररी लगानी गुमाउनुप¥यो । यद्यपि, पर्याप्त कमेडी मिसाएर मसालेदार बनाउन खप्पिस छक्कापञ्जा टोलीद्वारा निर्मित ‘छक्कापञ्जा–३’ ले नकमाउने त प्रश्नै रहेन ।
यद्यपि, नेपाली चलचित्रका दर्शकहरू कुन पीठो हो र कुन चामल हो, त्यो छुट्याउने हैसियत राख्न थालेका छन् । पीठो बनाएर चामलभन्दा बढी बिकाउँछु, राम्रो दाम कमाउँछु भन्ने कल्पना अब चलचित्रकर्मीहरूले नगरेकै राम्रो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा