1st June 2020, Monday

E-budhabar
Header Right Side NTC Advertisement

सरुवा गर्ने भन्दै तर्साउँदै असुल्दै

सरुवा गर्ने भन्दै तर्साउँदै असुल्दै

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले केही दिनअघि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरू सबै परिवर्तन गर्ने भनी हल्लाखल्ला मच्चाइन् । त्यो हल्लाखल्लापछि उपत्यकामा कित्ताकाटदेखि हरेक लिखतमा लेखापढी व्यवसायीसँग दैनिक लाखौंलाख घुस खाएर बसेका अधिकृतदेखि कार्यालय प्रमुखसम्म सरुवा रोक्न मन्त्रीसँग सेटिङ मिलाउन तल्लीन भएर लागेका छन् । त्यसमध्येका हुन्, भक्तपुर नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र बिष्ट ।
उपत्यका बाहिर सरुवा हुने भएपछि उनले मन्त्री विष्टको सचिवालयका कर्मचारीलाई घुस बुझाएर आफ्नो थमौती गराएको विश्वस्त स्रोतले बतायो । यसबारेमा मन्त्रीको सचिवालयका एक सदस्य राजेश शर्मालाई सोध्दा आफूलाई यसबारे केहि थाहा नभएको पहिले बताए । फेरि पछि उनले भने, ‘मसँग केही दिनअघि उनले थमौतीबारे कुरा गरेका थिए, तर त्यसको भोलिपल्ट म देशबाहिर गएँ, हिजो फर्केको हुँ, सचिवालयका अरू साथीसँग बुझ्दा यसबारे अनभिज्ञरहेको बताएका छन् ।’ भ्रष्टाचार न्यूनीकरणतिर ध्यान नदिने तर मन्त्रीलाई खुसी पार्नकै लागि उनले गत हप्ता कार्यालयमा मातृ शिशु कक्षको उद्घाटन गर्न लगेका थिए । ललितपुर नापी कार्यालयका प्रमुख सुरेश जोशी पनि विष्टकै पथ अँगाल्दै मन्त्रीलाई प्रभावित पारी सरुवा थमौती गराउन सफल भएको भन्न थालेका छन् । उनले नेपाल मेडिसिटी अस्पतालले नख्खुखोलाको पाँच रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै त्यसको हालसाबिक गरी करोडौं घुस असुली गर्ने तयारीमा छन् । सरुवा रोक्ने खर्च पनि उनले त्यही जग्गाको हालसाबिकबाट निकाल्ने भएका छन् । नापी कार्यालयका प्रमुखले सरुवा रोक्ने सर्तमा १० लाख रुपैयाँ बुझाएको स्रोतले बताएको छ । त्यो रकम मन्त्रीका नाममा असुली भएको बताइन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका समर्थक नापी अधिकृत र प्रमुख नापी अधिकृतहरूलाई नेकपाका वरिष्ठ नेताहरूकै सिफारिस भए पनि सरुवा नगरेको र नेपाली कांग्रेस हुन् भनेर चिनिएकाहरूबाट लाभ लिएर सरुवा थमौती गरेको आरोप भूमिव्यवस्था मन्त्रीमाथि छ । त्यस्तै नापी कार्यालयमा मात्र होइन, मालपोत कार्यालयको दसा पनि उस्तै छ । भक्तपुर मालपोत कार्यालयका प्रमुख धु्रव कोइरालाले सेवाग्राहीलाई दिनुसम्म सास्ती दिने गरेका छन् । भूमिसुधार कार्यालयको समेत जिम्मेवारी पाएका उनले मोहीको हदबन्दी छ भनेर साना किसानलाई दुःख दिने काम गरेको आरोप कोइरालामाथि छ । भूमिसुधार कार्यालयबाट हुने काम नगर्ने, कानुनविपरीतका आर्थिक लाभ हुने काममा मात्र उनी लिप्त हुने गरेका छन् । उनले मोही हदबन्दी छ भनेर मोहीलाई दुःख दिने गरेका छन् । भक्तपुरका मालपोत अधिकृत शंकर कार्कीले नियमअनुसारका काम पनि बिनापैसा गर्दै नगरेका कारण सेवाग्राही मारमा पर्ने गरेका छन् । प्रत्येक लिखत तथा मिसिलमा कार्कीले लेखापढी व्यवसायीसँग कति आउँछ भन्दै बार्गेनिङ गरेर मात्र काम गर्ने गरेका छन् । भक्तपुर मालपोत कार्यालयमा जग्गा खरिदका लागि पुगेका एक सेवाग्राहीसँग लेखापढी व्यवसायी मालपोत अधिकृत कार्कीले १० हजार रुपैयाँ घुस नदिएसम्म सही नै नगर्ने गरेकाले उक्त रकम मागिरहेका थिए । ‘नियमअनुसारको काममा किन घुस दिने ? यस्ता हाकिमलाई अख्तियारको पैसा ल्याएर समात्नुपर्छ,’ सेवाग्राहीले लेखापढी व्यवसायीसँग आक्रोशित भावमा भने । तर लेखापढी व्यवसायीले आफ्नो बाध्यता यसरी भन्दै थिए, ‘हजुर हाम्रो जिवीकोपार्जन नै टुट्छ, अख्तियारको पैसाले एक जना कर्मचारी समातिएपछि भोलिदेखि हामीसँग कर्मचारीले कामै गर्दैनन् । हाम्रो व्यवसाय चौपट हुन्छ ।’
त्यसैगरी चावहिल मालपोत कार्यालयमा पनि त्यस्तै अवस्था छ । चावहिल मालपोत कार्यालयका कामु प्रमुख कलक खड्का हुन् । उनी मनमैजु मालपोत कार्यालयको प्रमुख, कलंकीको मालपोत अधिकृत हुँदै चावहिलमा सरुवा भएका हुन् । मालपोतका करोडपति अधिकृतका रूपमा चिनिएका उनले पनि खरिदार लक्ष्मण बस्नेतसँग मिलेर विवादित जग्गा दर्ता गर्दै लाभ लिने गरेका छन् । खरिदार बस्नेत मालपोतका अरबपति भनेर चिनिन्छन् । कर्मचारी समायोजनमा कामु प्रमुख खड्काको बझाङको स्थानीय निकायमा दरबन्दी कायम भएको छ । तर उनलाई त्यहाँ पदस्थापन नगरी मन्त्री अर्यालले नै मालपोत कार्यालय चावहिलमा कामु प्रमुखमा राखेर घुस खान छुट दिएकी छन् । मालपोत कार्यालय चावहिलमा उपसचिवको दरबन्दी छ । तर मालपोत अधिकृत खड्काले नै खुसी पारेकाले उनैलाई कामु कार्यालय प्रमुख दिइएको छ । यसअघि चावहिल मालपोत अधिकृत पद्मप्रसाद अर्याल कामु प्रमुख थिए । उनलाई वीरगन्जको सामान्य जग्गाको खरिदबिक्रीमा त्रुटि गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । र, कलक खड्का कार्यालय प्रमुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...