18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

आईजीले बनाए गृहमन्त्रीलाई ‘उल्लु’



काठमाडौं । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ‘उल्लु’ बनाएका छन् । गत मंसिर २७ गते आफैंले सिफारिस गरी प्रमाणपत्र दिइसकेका स्टाफ कलेजको तेस्रो ब्याचलाई फेरि गृहमन्त्री थापाको हातबाट फागुन १५ गते प्रमाणपत्र प्रदान गरेका छन् । मंसिर २७ गते अल्फ्रेस्को गार्डेनको भीआईपी हलमा प्रमाणपत्र वितरण कार्यक्रम गरिसकेकामा फेरि सोही व्याचीलाई तालिम सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरेर मन्त्री थापालाई झुक्याएका हुन् ।
उनले स्टाफ मिटिङमा ‘तिमीहरूका बढुवाका लागि कतिसम्म रिक्स मोलेर गृहमन्त्रीजीलाई पनि झुक्याउनुप¥यो’ भन्दै मन्तव्य दिएका थिए । पहिले कोर्स समाप्त भयो भनेर हतारहतारमा तालिम नै नसकिई प्रमाणपत्र प्रदान गरेका उनले फेरि उही पुरानै तालिमेलाई गृहमन्त्री बोलाएर उनको हातबाट प्रमाणपत्र दिएका हुन् । यस घटनाबाट आईजी खनाल गृहमन्त्री रामबहादुर थापा बादललाई पनि झुक्याउन सफल भएको बुझिन्छ । तालिमको अवधि नसकिँदै रातारात प्रमाणपत्र दिइनुमा बढुवाका लागि उनीहरूका लागि अनुकूल बनाएको बुझिएको छ । तिनीहरूलाई स्टाफ कलेज तालिम गरेको भन्दै तालिम पूरा नहुँदै प्रमाणपत्र दिएर बढुवा पनि गरेपछि उनको बदमासी खुलासा भएको हो ।
त्यसरी पहिल्यै स्टाफ कलेजको तालिम सम्पन्न भएको प्रमाणपत्र बुझेर डिएसपीबाट एसपी बढुवा हुनेहरूमा राजेश उप्रेती, रमेशकुमार पाण्डे, भरत खनियाँ, जनक पुरी, टोपबहादुर खनाल र तीर्थराज पौडेल रहेको बताइएको छ । यो हिसाबले स्टाफ कलेजका तालिमहरूको आईजी खनालले निहित स्वार्थका लागि दुई पटक पास आउट गरेर गृहमन्त्री थापालाई समेत झुक्याएका छन् । त्यसो त पछिल्लोपटकको बढुवामा स्टाफ कलेज पहिल्यै पास गरिसकेकाहरूलाई बढुवामा कुनै मान्यता नदिई मनखुसी बढुवा गर्न थालेपछि स्टाफ कलेजको तालिम लिनेहरूको आकर्षण घटेको छ ।
३० जनाको स्टाफ कलेज कोटाका लागि दरखास्त आह्वान गर्दा १० जनाले मात्र आवेदन दिएका छन् । यो सशस्त्र प्रहरी बलको इतिहासमा नै कहिल्यै नभएको घटना भएको सुरक्षा अधिकारीहरू बताउँछन् । काठमाडौं सानो गौचरनमा सशस्त्रको आफ्नै स्टाफ कलेज छ । स्टाफ कलेज पास गरेकाहरू नै भविष्यमा आईजीसमेत हुने क्षमता राख्ने अब्बल अधिकारीहरू मानिन्छन् । त्यसो त आईजीले अन्यायपूर्वक एसपीमा बढुवा गरेको भन्दै सर्वोच्चमा उत्प्रेषणको मुद्दा परेको सो मुद्दा चलिरहेको छ । गृह मन्त्रालय समेतलाई विपक्षी बनाई डीएसपी लेखनाथ खनालसमेतले दायर गरेको मुद्दामा सम्बन्धित बढुवा स्थिति कार्यान्वयन गरी यथास्थीतीमा राख्न आदेश दिएको थियो । त्यति मात्र होइन, अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो मुद्दामा बढुवा समितिको निर्णयको फाइल साथै पेस गर्न आदेश दिएको थियो । तर, सशस्त्र मुख्यालयका तर्फबाट उक्त कागजतमा गरिएको गडबडी खुलासा हुन्छ भनेर एक पाने जवाफ मात्र पेस गरिसकेपछि पुनः सक्कलै कागजात झिकाएपछि मात्र सुनुवाइ हुने बताइएको छ । बढुवा समितिका डीआईजी गोविन्द क्षत्रीले आईजीको अनुकूलतामा बढुवा गरिदिएको पुरस्कारस्वरूप उनलाई ३ नम्बर प्रदेश पृतना चितवनको प्रमुख बनाएर पठाइदिएका छन् । त्यति मात्र होइन, सो बढुवा विवादमा परेपछि एसपीमा फुली लगाएका ३७ जना फुली फुक्लिएला भनेर तनावमा परेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा