24th June 2019, Monday

प्रधानमन्त्रीको नामका तीन कार्यक्रम अलपत्र



काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उच्च तहका कर्मचारीहरूको निकम्मापनको सिकार बन्न पुगेको छ । केही वर्षअघि निकै तामझामपूर्ण तरिकाले सुरु गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अहिलेसम्मकै ठूलो उक्त परियोजनाका चालू आर्थिक वर्षको कतिपय कार्यक्रमहरू कर्मचारीहरूकै निकम्मापनका कारण सुरु नै भएका छैनन् ।
चालू आर्थिक वर्ष सकिन अब अढाइ महिना पनि बाँकी छैन । तर, सो परियोजनाले गएको भदौ–असोजतिर नै सुरु गर्नुपर्ने तीनवटा कार्यक्रम अहिलेसम्म सुरु गरेको छैन । करिब ५० करोड बजेट छुट्ट्याइएको बहुवर्षीय कार्यक्रम भण्डारण घर (वेयर हाउस) को निर्माण कार्य अहिलेसम्म सुरु गरिएको छैन । सो कार्यक्रम तराईका चार जिल्ला सुनसरी, कपिलवस्तु, बर्दिया र पर्सामा सुरु गर्नुपर्ने थियो । तर, कमिसन नमिलेर अहिलेसम्म पनि परियोजनाका कर्मचारीहरूले सो कार्यक्रम सुरु गर्नेतिर ध्यान दिएका छैनन् । उक्त कार्यक्रम गएको साउन–भदौमा नै सुरु गरिसक्नुपर्ने थियो ।
परियोजनाको अर्को कार्यक्रम चुरे सघन खेती विकास कार्यक्रम पनि आर्थिक वर्ष सकिन लाग्दासमेत सुरु गरिएको छैन । चुरे क्षेत्रका बस्तीहरूमा सघन खेती गर्ने भनेर परियोजनाले १० करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ । उक्त कार्यक्रम गएको भदौ–असोजमा नै सुरु गरिसक्नुपर्ने थियो । तर, परियोजनाका कर्मचारीहरूको असक्षमताका कारण एउटा सूचना निकाल्नुबाहेक त्यस कार्यक्रमको काम अघि बढ्न सकेको छैन ।
यसरी नै, प्रधानमन्त्री युवा लक्षित कार्यक्रम पनि अड्किन पुगेको छ । १० करोड रुपियाँको उक्त कार्यक्रम गएको भदौमा नै सुरु हुनुपर्ने थियो । तर, कर्मचारीहरूको निकम्मापनले गर्दा अहिलेसम्म पनि उक्त कार्यक्रम सुरु गरिएको छैन । युवाहरूलाई रोजगारी दिने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको थियो । यी तीन कार्यक्रमबाहेक पनि सो परियोजनाका अरू कार्यक्रमहरूले गति लिन सकेको छैन । मन्त्री चक्रपाणि खनाल, सचिव युवकध्वज जीसीले पनि सो परियोजनाले गति नलिएकोमा कुनै चासो नराखेको बताइन्छ ।
सो परियोजनाका प्रमुख लक्ष्मणप्रसाद पौडेलले आर्थिक वर्ष सकिन लाग्दासमेत केही कार्यक्रम सुरु नभएको बताए । उनले भने, ‘चुरे सघन खेती कार्यक्रमका लागि हामीले केही दिनअघि सूचना निकालेका छौं । अब त्यो कार्यक्रम अघि बढ्ला । युवालक्षित कार्यक्रमको भने अहिलेसम्म कार्यविधि नबनेको हुँदा सुरु गर्न पाएका छैनांै । कार्यविधि बनेपछि त्यो कार्यक्रम पनि सुरु हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा