21st May 2019, Tuesday

E-budhabar

हावादारी विकल्प



राजनीति एउटा यस्तो क्षेत्र हो, जहाँ सम्भावनाको ढोका कहिल्यै बन्द रहँदैन । केही दिनपूर्व संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकता हुनुले त्यही पक्षको वकालत गर्दछ । र, तराई–मधेसमा ठीकै जनाधार भएको संघीय समाजवादी र पछिल्लो समय नेता–कार्यकर्ता जोगाउन नसकेर खुम्चिँदै गएको नयाँ शक्तिबीचको एकताले राजनीतिक वृत्तमा सामान्य तरंगसमेत उब्जाएको छ अहिले । कतिपय राजनीतिक विश्लेषकहरूले यी पार्टीबीचको एकतालाई डा. बाबुराम भट्टराईको गिर्दो साखलाई जोगाउने चालबाजीका रूपमा समेत अथ्र्याउन थालेका छन् ।
हुन पनि डा. भट्टराईले प्रदेश, संघीय संसद्को निर्वाचनको पूर्वसन्ध्यामा नै एकता गर्न तम्तयार अर्को राजनीतिक शक्ति संघीय समाजवादी दलसँग समायान्तरमा एकता गर्न इच्छा देखाएका छन् । डा. भट्टराई र उपेन्द्र यादवबीच शक्ति बाँडफाँट मिलेको भए यी दुई राजनीतिक दलबीच करिब डेढ वर्षअघि नै एकता सम्पन्न भइसक्थ्यो । तर, दुवै पार्टीको नेतृत्वबीच चलेको जुँगाको लडाइँले एकता त ट¥यो नै, निर्वाचनपछि दुवै दलले आफ्नो वास्तविक हैसियत देख्ने अवसरसमेत पाए । संघीय समाजवादीले सम्मानजनक सिट र मत प्राप्त ग¥यो र एउटा प्रदेशमा अहिले सरकारको नेतृत्वसमेत गरिरहेको छ । सरकारमा पनि हिस्सा लिएको छ, सो दलले । तर, नयाँ शक्ति भने एउटा संघीय र दुइटा प्रदेश सांसदमा मात्र खुम्चिन पुग्यो ।
कम्युनिस्ट विचार परित्याग गरेर समाजवादी पार्टी गठन गर्ने अभियानमा लागेका डा. भट्टराई र समाजवादलाई स्विकार्ने तहमा पुगेका उपेन्द्र यादवबीचको यो एकतापछि उनीहरू अब ‘वैकल्पिक शक्ति’ बन्ने अभियानमा उभिएका छन् । डा. भट्टराईले नयाँ शक्ति निर्माण गर्दा वैकल्पिक शक्तिको दुहाइ धेरै नै दिएका थिए । तर प्रारम्भिक दिनहरूमा उनलाई पत्याउने पंक्ति राम्रै रहे पनि पछिल्ला दिनहरूमा भने उनको वैकल्पिक शक्तिलाई सघाउने अधिकांश नेता–कार्यकर्ता माउ पार्टीमा फर्किए । यो अवधिमा नयाँ शक्तिको गुँड रुँघेर बस्ने कार्यबाट भने डा. भट्टराई विचलित भएनन् । वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई उभ्याउने अभियानमा डा. भट्टराई सुरुदेखि नै रहे पनि उपेन्द्र यादवले भने डा. भट्टराईले जस्तै मरिमेटेर वैकल्पिक शक्तिको वकालत गरेनन् । अहिलेसम्म सत्तामै रहेका यादवलाई वैकल्पिक शक्तिको खाँचो सायदै पथ्र्यो होला ।
एकतापछि आफ्नो दल वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउने दुन्दुभी उनीहरूले बजाउन थालेका छन् । के अब डा. भट्टराई–यादवको नयाँ दल वैकल्पिक शक्तिका रूपमा छाउन सक्ला त ? अहिले यो प्रश्न स्वाभाविक रूपमा उठ्न पुगेको छ । हुन त संसारभरि नै वैकल्पिक राजनीतिक धारको चर्चा÷परिचर्चा नचल्ने गरेको होइन । खासगरी, वर्षौंदेखि सत्ताको बागडोर सम्हालिरहे पनि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा कुनै आमूल परिवर्तनका रेखा कोर्न नसकेको राजनीतिक शक्तिको विकल्पमा वैकल्पिक राजनीतिक शक्तिहरू जन्मिने गर्दछन् । सत्तासीनहरू नालायक भएको खण्डमा अरू शक्ति उदाउने गर्दछ र यो स्वाभाविक पक्ष पनि हो ।
नेपाली राजनीतिको वर्तमान अवस्था भने भिन्न छ । दशकौंको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था पार गरेर नेपाली राजनीति अहिले नयाँ बिन्दुमा आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीले प्रचण्ड बहुमत मात्र ल्याएको छैन, अरू दलहरूको समर्थन–सहभागितामा दुई तिहाइको सरकार सञ्चालन गर्ने अवसर पनि पाएको छ । इतिहासमा यस्तो अवसर कमै राजनीतिक शक्तिले मात्र प्राप्त गर्दछन् । संक्रमणकालको बिदाइ र राजनीतिक स्थिरतासँगै नेकपा नेतृत्वको सरकारले विकास र आर्थिक समृद्धिलाई मूल एजेन्डा बनाएर क्रियाशीलता देखाइरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक र फलदायी तुल्याउन सरकारले आफ्नो सम्पूर्ण ऊर्जा खर्चिरहेको अवस्था छ अहिले । सरकारको कार्यशैली देखेर आत्तिएकाहरूले आलोचना गर्नु स्वाभाविकै हो । तर, राजनीतिक स्थिरतासँगै सरकारलाई सहज रूपमा काम गर्ने वातावरण भने पैदा हुन पुगेको छ । वर्तमान सरकारले जनताका प्रत्यक्ष सरोकारसँग गाँसिएका कामहरू इमानदारीपूर्वक गर्ने हो भने जनताबीच लोकप्रिय हुने मात्र होइन, अरू कैयांै वर्षसम्म नेकपाले सत्ताको बागडोर सम्हाल्ने अवसर पाउनेमा कुनै दुईमत देखिँदैन ।
विकास र समृद्धिको मार्गमा वर्तमान सरकार अघि बढिरहेको हुँदा अहिले कुनै सानातिना दलले वैकल्पिक शक्तिका रूपमा उदाइहाल्ने कुरा गर्नु केवल स्वप्न मात्र ठहरिनेछ । राजनीतिक दलहरूबीच एकता हुनु सुखद पक्ष हो, त्यसलाई स्वागत गर्नुपर्छ । तर धरातलीय यथार्थ बुझेर मात्र कदम चाले मात्र त्यसले जनपंक्तिमा विश्वसनीयता आर्जन गर्नेछ । नभए जनताले पनि वैकल्पिक राजनीतिक धार वा शक्तिको नारालाई हावादारी गफको रूपमा अथ्र्याउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा