22nd July 2019, Monday

जनसंगठनको नेतृत्व टुंग्याउन नयाँ मोडलको गृहकार्य



जनसंगठनको नेतृत्व टुंग्याउन नयाँ मोडलको गृहकार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसंगठनहरूको एकीकरण टुंग्याउन नेतृत्वले नयाँ मोडलमा छलफल केन्द्रित गरेको छ । तत्कालीन एमाले र माओवादी दुवैका जनसंगठनको नेतृत्वमा लामो समयदेखि क्रियाशील पदाधिकारी तहका थुप्रै नेताहरू छन् । कम्तीमा १५÷२० काम गरेर अनुभवले खारिएका जनसंगठनका पदाधिकारीहरूलाई पार्टीको प्रदेश कमिटी र जिल्ला नेतृत्वको जिम्मेवारी दिन सकिने स्थिति नभएको शीर्ष नेताहरूले निष्कर्ष निकालेका छन् । यो स्थितिमा उनीहरूलाई एकीकरणपछि कम्तीमा अधिवेशन नभएसम्म टिकाउनेगरी नेतृत्वको संरचना निर्माण गर्ने मोडलमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालले त्रिपक्षीय र द्विपक्षीय छलफल जारी राखेका छन् ।
एकीकरणपछि बन्ने जनसंगठनमा एकजना संयोजक र बाँकी कम्तीमा तीनजना सहसंयोजक राख्ने मोडलमा नेताहरू करिब–करिब सहमति नजिक पुगेको बताइएको छ । यसरी जाँदा दुवै जनसंगठनका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई कम्तीमा समेट्न सकिने निष्कर्ष नेताहरूको छ । तर, अध्यक्षले सहसंयोजक बस्न नचाहेमा अरूलाई जिम्मेवारी दिन सकिने हुँदा कम्तीमा दुवैतर्फका पाँच पदाधिकारी तहका नेतालाई मूल नेतृत्वमा समेटेर कार्यालय, सचिवालय र केन्द्रीय कमिटी रहेको मोडलमा एकीकरण टुंग्याइनेगरी खाका तयार भएको छ । तर, कार्यालय र सचिवालय भने सबै जनसंगठनले मोर्चा फाँट, इन्चार्जसँगको समन्वयमा बनाउन सकिने विकल्प खुला राख्ने तयारी छ । पार्टीको अन्तरिम विधानलाई परिमार्जन गरेर जनसंगठनका पदाधिकारीहरूलाई प्रदेश कमिटी र सचिवालय सदस्यलाई जिल्ला सचिवालय सदस्य सोसरहको मर्यादाक्रम रहने उल्लेख छ । नयाँ मोडलअनुसार पार्टीभित्रको आन्तरिक सन्तुलनको समेत प्रतिनिधित्व हुने बताइएको छ ।
उता पोलिटब्युरो गठनमा सहमति जुटिसकेकाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बिहीबार कम्बोडिया भ्रमणमा जानुअगावै जनसंगठनको एकीकरण र पोलिटब्युरो गठनलाई टुंग्याउने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम पनि बाँकी नै छ । यदि तत्काल नभ्याइएको स्थितिमा भने तीनवटै काम आगामी ३ जेठमा मदन–आश्रित स्मृति दिवसका अवसरमा टुंग्याएर एकीकरणको सम्पूर्ण कामलाई पूर्णता दिने नेकपाका नेताहरूको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा