21st May 2019, Tuesday

E-budhabar

५० लाखमा कुरा नमिल्दा एआइजी जगेडामा



५० लाखमा कुरा नमिल्दा एआइजी जगेडामा

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआइजी धिरु बस्नेत प्रतिष्ठानको ५० लाख रकम आफ्नो निजी खातामा हाल्न लेखापाललाई दबाब दिएका कारण जगेडामा परेका छन् । उनलाई एआइजीको दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्मा पठाएको छ भने प्रतिष्ठानमा पुष्कर कार्कीलाई पठाएको छ ।
स्रोतका अनुसार एआईजी बस्नेतले प्रतिष्ठानको वजेट कुम्ल्याउन लेखापाललाई अनावश्यक दबाब दिएको परिणामस्वरूप उनी जगेडामा परेका हुन् । बस्नेतले केही साताअघि ५० लाख रुपैयाँ आफ्नो खातामा हाल्न लेखापाललाई भनेका थिए । तर लेखापालले ‘त्यत्रो कहाँ हुन्छ, सबैलाई मिलाउँदा २÷४ लाख त रहन्छ’ भनेपछि लेखापाललाई नै ‘यसो भए तँ जा’ भन्दै थर्काएका थिए । एआईजीबाट यस्तो व्यवहार भएपछि लेखापालले गृहसचिव प्रेमकुमार राई र आइजी सर्वेन्द्र खनाललाई यसको रिर्पोटिङ गरेका थिए ।
त्यसो त एआईजी बस्नेतले मर्मतसम्भार खर्च भनेर पहिल्यै ९ लाख रुपैयाँ लिइसकेका थिए । त्यो बेला पनि उनले त्यसका लागि २० लाख माग गरेका थिए । माग गरेको भन्दा आधाभन्दा कम अर्थात ९ लाख रकम निकासा भएको थियो । तर उनको कार्यकक्षमा कतैै पनि मर्मत सम्भार र साजसज्जाको काम भएको थिएन । पहिलेकै एआइजीले गरेको साजसज्जामा कुर्सी मात्र अर्को दिशातिर फर्काएर उनी बसेको स्रोतले बतायो । खचै नै नगरी ९ लाख झ्वामम पारेको थाहा पाएपछि आईजी खनालले उनलाई फोन गरेर यसबारे स्पष्टीकरण सोधेका थिए । स्रोत भन्छ, ‘आइजीलाई पनि भाग लगाएको भए सरुवा नहुन पनि सक्थ्यो, तर एक्लै खान खोज्दा जगेडामा परे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा