25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

अब पनि झुन्ड–संस्कृति ?



अब पनि झुन्ड–संस्कृति ?

पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा झुन्डवादको प्रयोग सामान्य देखिए पनि सिर्जनाको क्षेत्रमा भने केही प्रतिशत बढी नै देखिन्छ । झुन्डकै आधार र सहायतामा आफ्नो सिर्जनात्मक क्षमता तौलने कार्य धेरैभन्दा धेरै साहित्यिक क्षेत्रमा हुँदै आएको छ । झुन्डवाद एउटा यस्तो प्रवृत्तिको रूपमा विकास हुँदै गइरहेको छ, आफ्नो झुन्डमा आबद्ध सिर्जनाकर्मीका हरेक सिर्जनालाई महान् सम्झिने र अरू झुन्डका सिर्जनालाई नजरअन्दाज गर्ने प्रवृत्ति झाँगिदो छ । अर्थात्, आफ्नो झुन्डका मुसालाई पनि हात्ती देख्ने प्रवृत्ति व्याप्त छ ।
कुनै वैचारिक आस्थाका आधारमा संगठन÷समूह स्थापना हुनु बेग्लै पक्ष हो । वामपन्थी विचार बोक्ने लेखक–स्रष्टाहरूलाई समेट्न प्रगतिशील लेखक संघ क्रियाशील छ । प्रजातान्त्रिक धारका लेखक–स्रष्टालाई समेट्न नेपाली लेखक संघ प्रतिबद्ध छ । यी दुई संगठन वैचारिक रूपले किटानी भएका संगठन नै हुन् । र, यीबाहेक साहित्यिक÷सांस्कृतिक आन्दोलनलाई अघि बढाउन क्रियाशील अरू संस्थाहरू पनि मैदानमा डटिरहेका छन् । यस्ता संस्थाहरू झुन्डवादबाट धेरै हदसम्म पृथक् देखिन्छन् र त्यस्ता संस्थाहरूले स्रष्टाहरूलाई मञ्च प्रदान गर्ने तत्परता सदैव देखाइरहेका हुन्छन् । तर झुन्डवादमा अल्झिनेहरूले भने आफ्नो झुन्डमा आबद्ध स्रष्टाबाहेक अरूलाई मञ्च प्रदान गर्ने कुरा त परै जाओस्, अरू स्रष्टाहरूलाई पूर्णतः निषेध गरेर आफूहरू मात्र नायक बन्ने प्रवृत्तिलाई मलजल प्रदान गर्ने गर्छन् ।
सतही रूपमा हेर्दा विगतका साहित्यिक आन्दोलन वा वादहरूको जन्म पनि झुन्डवादकै निकटजस्तो देखिन्छ । विगतमा साहित्यिक आन्दोलनका रूपमा सडक कविता आन्दोलन, बुटपालिसजस्ता आन्दोलन उठेका थिए । साहित्यमा नौलो वाद भिœयाउने हेतुले तेस्रो आयाम, भाषामा नयाँपन ल्याउने उद्देश्यले झर्रो नेपाली आन्दोलन, सांस्कृतिक क्षेत्रमा विद्रोहको स्वर उराल्न राल्फा आन्दोलन र प्रजातन्त्रको पक्षमा लहर ल्याउने प्रयोजनस्वरूप सर्वनामजस्ता संस्थाले सडक नाटक प्रदर्शन गरेका थिए र यसरी अनेक साहित्यिक, भाषिक र सांस्कृतिक आन्दोलनहरू भएका थिए । तर, प्रायः ती सबै आन्दोलनहरू एउटा उद्देश्य र लक्ष्यमा केन्द्रित थियो । सांस्कृतिक आन्दोलनका रूपमा स्थापित राल्फा आन्दोलन तत्कालीन समयमा सामन्ती पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई चेतनशील तुल्याउने उद्देश्यमा केन्द्रित थियो । सडक कविता आन्दोलन, बुटपालिस आन्दोलन पनि व्यवस्था विरोधी माहोल तयार पार्ने हेतुले नै उठेका थिए । सर्वनामजस्तो संस्थाले भने प्रजातान्त्रिक आन्दोलन उठाउन जनपंक्तिलाई जागृत तुल्याउन तत्कालीन समयमा सडकमा नाटक प्रदर्शन गर्ने तत्परता देखाएको थियो । हुन पनि तत्कालीन समयका यस्ता क्रियाकलापहरू जागरणको सूचकका रूपमा अंकित थिए ।
विगतका साहित्यिक, सांस्कृतिक, भाषिक आन्दोलनहरूले परिवर्तनका क्षेत्रमा नौलो रेखा कोर्न सघाउ पु¥याए पनि साहित्यिक वा सांस्कृतिक क्षेत्रमा झुन्डवाद भने त्यो समयमा पनि व्याप्त नै थियो । तर, त्यस्तो झुन्डमा भने वैचारिक निकटता पनि जोडिएर आउँथ्यो । पछिल्ला दिनमा भने वैचारिक साँध–सीमामा आबद्ध रहेर भन्दा पनि आफ्नो चर्चा र प्रशंसाका निम्ति झुन्डवादलाई अँगाल्ने प्रवृत्ति धेरैभन्दा धेरै देखिन थालेका छन् । त्यसो त झुन्डवाद आफैंमा खराब कुरा भने होइन । झुन्डमा रमाउने लेखक–स्रष्टाहरूले आफूलाई सही कार्यमा लगाउन सके भने त्यो लेखनका लागि अजस्र स्रोत र ऊर्जासमेत बन्न सक्छ । झुन्डमै रमाए पनि सिर्जनात्मक विषयमा चर्चा–परिचर्चा र अन्तक्र्रिया गर्ने, स्वस्थ बहस र आलोचना गर्ने प्रवृत्तिलाई अँगाल्न सकियो भने त्यसले लेखकीय ऊर्जा दिलाउनेमा दुईमत देखिँदैन । लेखनमा नयाँपन ल्याउन पनि सघाउ पु¥याउँछ ।
तर, झुन्ड निर्माणमा तत्परता देखाउनेहरू कमैमा मात्र झुन्डलाई आफ्नो सिर्जनशील धरातललाई उकास्ने र आफ्नो सिर्जना तिखार्ने कार्यमा लगाएको पाइन्छ । त्योभन्दा बढी झुन्ड निर्माण गरेर सिर्जनशील कर्म कम र धेरै होहल्ला मच्चाउने र होहल्लाकै आधारमा आफूलाई साहित्यिक बजारमा टिकाउने प्रवृत्तिको विकास भएको प्रस्टै देखिन्छ । मूलतः आफ्नो सिर्जनामा बाँच्न र मौलाउन नसक्नेहरू झुन्ड निर्माणमा मग्न देखिन्छन् र झुन्डकै आडभरोसामा आफूलाई टिकाउने आधार खोज्न पुग्दछन् । यस्तो प्रवृत्ति नाट्य, संगीत, कलाको क्षेत्रमा पनि व्याप्त छन् तर सबभन्दा अधिक त साहित्यिक क्षेत्रमा नै व्याप्त छ ।
झुन्डमा रमाउने प्रवृत्तिलाई भारतीय आलोचक शम्भुनाथले ‘कविला मानसिकता र पशु प्रवृत्ति’ भनेका छन् । जसरी परेवा परेवाहरू सँगै उड्छन् र काग कागहरू सँगै उड्छन्, त्यो झुन्डवादलाई प्रश्रय दिने प्रवृत्ति हो । परापूर्व कालमा कविलाहरू आफ्नो सुरक्षाका निम्ति झुन्ड बनाएर बस्थे । तत्कालीन समय र परिस्थितिमा त्यसरी झुन्ड बनाउनु स्वाभाविकै थियो । तर, मानव जातिले वर्तमानसम्म आइपुग्दा जसरी र जुन ढंगले आफूलाई विकसित तुल्याएको छ, अब पनि कविला मानसिकतालाई पछ्याउनु कत्तिको उपयुक्त र सान्दर्भिक होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा