25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

एक वर्षपछि एकीकरणको काम टुंगिँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणको बाँकी काम ३ जेठमा टुंगिने भएको छ । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६औं स्मृति दिवसका अवसरमा तत्कालीन एमालेको केन्द्रीय कार्यालय बल्खुमा आयोजित विशेष समारोहमा पार्टी एकीकरण टुंगिएको घोषणा हुन लागेको हो ।
अघिल्लो वर्ष स्मृति दिवसकै दिन नेपाली कम्युनिस्ट आन्दोलनमा दुई फरक धारको नेतृत्व गरिरहेका–एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक एकता सम्पन्न भएको थियो । कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार गठनसँगै भएको ऐतिहासिक एकीकरणले मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धिको दिशाको यात्रामा डो¥याएकोमा देशभर खुसियाली छायो । एसियाको तेस्रो र दक्षिण एसियाको ठूलो कम्युनिस्ट पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धाबाट दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व सम्हालेको परिघटना विश्व कम्युनिस्ट आन्दोलनका लागि धेरै ठूलो खुसीको विषय बन्यो । ठीक एक वर्षअघि बल्खुमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता भण्डारीको सपना पूरा गर्दै समृद्ध नेपाल निर्माणका लागि दुई पार्टी एकता घोषणा गरेका थिए । एकीकरणको एक वर्ष गुज्रिदाँ केन्द्रीय कमिटी, केन्द्रीय सचिवालय, स्थायी समिति गठन भएको छ । प्रदेश र जिल्ला तहको एकीकरण सर्वसम्मत टुंगो लागेको छ । स्थानीय तहका एकीकरणहरू लगभग अन्तिम चरणमा पुगेका छन् । तर, बहुप्रतीक्षित जनवर्गीय संगठनको एकीकरण, पोलिटब्युरो गठनलगायतका काम बाँकी रहँदा सांगठनिक कामले लय समात्न नसकिरहेको परिस्थितिमा स्मृति दिवसका अवसरमा सम्पन्न भएको घोषणा गरेर अध्यक्षद्वयले पार्टी पंक्तिलाई जनपरिचालन र सरकारलाई जनमुखी बनाउने काममा लाग्न निर्देशन दिँदै छन् ।
स्मृति दिवसको तयारीका सिलसिलामा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अयोजित कार्यक्रममा महासचिव विष्णु पौडेलले जनसंगठनको एकीकरण, पोलिटब्युरो गठनलगायत काम सम्पन्न भएको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । ३ नम्बर प्रदेश संगठन कमिटीका पदाधिकारी, जनसंगठनका अगुवा सहभागी सो कार्यक्रममा उनले स्मृति दिवसलाई भव्य बनाउनेगरी प्रचारात्मकलगायत तयारीका काम प्रभावकारी ढंगले सम्पन्न गर्न निर्देशन दिएका थिए । मदन भण्डारीले अघि सारेको शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट जनमत हासिल गरेर राज्यसत्ताको पुनःसंरचनासहित राष्ट्रिय पुँजीको विकास गरेर मुलुकलाई समाजवादमा संक्रमण गराउने कार्यदिशा पूरा भएको छ । सरकारको मोर्चामार्फत मदन भण्डारीको सिद्धान्त र कार्यदिशालाई कार्यरूपका रूपमा बदल्न पार्टी एकतालाई छिटो टुंग्याएर नेतृत्वमा मात्र होइन, आमकार्यकर्तापंक्तिमा बलियो एकता र संकल्पको आवश्यकता महसुस गरिएको छ ।
पार्टी एकताको काममा ढिलाइ हुँदा तिनवटै तहका सरकारले गरेका राम्रा कामको सकारात्मक सन्देश जनपंक्तिमा सम्प्रेष्ण हुन नसकेको, सरकारका कामलाई नियन्त्रण र सन्तुलनसँगै जनमुखी बनाउन नसकिएको समीक्षा हुँदै आएको छ । त्यतिमात्र होइन, एकतामा ढिलाई हुँदा प्रतिक्रियावादी शक्तिहरूले विभाजनको चलखेल गर्न थालेको शीर्ष नेताहरूले बताउँदै आएका छन् । यो पृष्ठभूमिमा स्मृति दिवशका अवसरमा सकारात्मक सन्देश दिने नेतृत्वको तयारी छ । अध्यक्ष ओली र प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष नेताहरूसँग एकतासँग सम्बन्धित बाँकी काम टुंग्याउने, पोलिटब्यूरो गठन गर्ने, पोलिटब्यूरो टुंगिएलगत्तै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नेलगायतका विषयमा छलफल गरेका छन् । एक केन्द्रीय सदस्य, एक जिम्मेवारीको मापदण्डका आधारमा महासचिव पौडेलले शीर्ष नेताहरूसँगको परामर्शमा कार्यविभाजनको गृहकार्य गरिरहेका छन् । नेताहरूबीचको द्विपक्षीय, त्रिपक्षीय छलफलसँगै ती सबै विषय लगभग टुंगो लागिसकेको छ । प्रधानमन्त्री केपी ओली कम्बोडिया भ्रमणबाट आज स्वदेश फर्किंदै छन् । उनी स्वदेश फर्किएलगत्तै केन्द्रीय सचिवालय बैठक बोलाएर जनसंगठन एकीकरण, पोलिटब्युरो गठनलगायत प्रस्तावमा छलफल गरी निर्णय गर्ने तयारी छ । जनसंगठन एकीकरणमा पूर्वएमाले र माओवादी केन्द्रमध्ये एउटा समूहले संयोजक र अर्को समूहले सहसंयोजक लिने, साबिक वरिष्ठ उपाध्यक्ष र महासचिवलाई समेत सहसंयोजकमा समेट्नेलगायतका विषयमा समझदारी टुंगिएको छ । युवा, विद्यार्थी, मजदुर, महिला, किसान जस्ता संगठनहरूमा सन्तुलित रूपमा दुवै पक्षले नेतृत्व लिनेगरी एकीकरणको सूची बनेको बताइएको छ ।
त्यस्तै, पोलिटब्युरो गठन पनि निश्चित मापदण्डका आधारमा टुंगो लगाउने समझदारी बनिसकेकाले सर्वसम्मत सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ । पूर्वएमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटकभन्दा बढी केन्द्रीय सदस्यहरूलाई सूचीमा समेट्नेगरी मापदण्ड बनेको छ । उता, पूर्वमाओवादी समूहबाट अध्यक्ष प्रचण्डले जनयुद्ध उत्कर्षमा रहेका बेला केन्द्रीय कमिटीमा रहेकाहरू नछुट्नेगरी पूर्वमाओवादीको साबिक केन्द्रीय सचिवालयमा मर्यादाक्रममा रहेकाहरूलाई सूचीमा समेट्नेगरी मापदण्ड बनाइएको छ । यद्यपि, पछि एकीकरणमा सामेल नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ समूहबाट पनि सन्तुलित रूपमा प्रतिनिधित्व गराउनुपर्ने दबाबमा प्रचण्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा