27th May 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

सशस्त्रमा भ्रष्टको दौडादौड

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ तरंग आएको छ । यसअघि कायम समूहगत प्रणाली खारेज हुने भएपछि निश्चित समूहमा रहेर लामो अवधिदेखि भ्रष्टाचारमा लिप्त कर्मचारीहरूमा नयाँ तरंग आएको हो ।
परिवर्तित अवस्थाअनुसार कानुन र लेखा समूहमा कार्यरत कर्मचारीमा छटपटी सुरु भएको हो । सशस्त्र प्रहरी बल मुख्यालयले समूहगत प्रणालीको खारेजी प्रस्ताव गृह मन्त्रालय पठाएपछि कानुन र लेखामा एकाधिकार जमाउँदै आएका सशस्त्र प्रहरी कर्मचारीहरू विगतमा जस्तो भ्रष्टाचारमा लिप्त हुन नपाउने डरले छटपटाएका हुन् ।
उक्त प्रणालीलाई यथावत् राख्न अहिले लेखा र कानुन समूहमा काम गर्दै आएका सशस्त्र प्रहरी कर्मचारी गृह मन्त्रालय तथा राजनीतिक दलका नेताको घर धाउन र लबिङ गर्न थालेका छन् । तिनीहरूको अगुवाका रूपमा सशस्त्रका डीएसपी होम ज्ञवाली र एसपी युवराज अर्याल देखापरेका छन् । ज्ञवाली र अर्यालले यसअघि कमाएको रकमसमेत यो अभियान सफल पार्न खर्च गर्ने मनस्थिति बनाएको बुझिएको छ ।
यही बुझेर सशस्त्र प्रहरी मुख्यालयले गत साता एक निर्देशनात्मक पत्र जारी गर्दै केही प्रहरी अधिकारीहरूले अनावश्यक प्रलोभन पार्ने गरेको र धम्क्याउनेसमेत गरेको जनाउँदै मुख्यालयले यस्तो गर्ने प्रहरी कर्मचारीको सूक्ष्म निगरानी गरी कारबाही गर्ने चेतावनी दिएको हो । सशस्त्र प्रहरी बलमा प्राविधक समूहलाई बल पुग्नेगरी गठन गरिएको लेखा र कानुन समूह खारेज हुने भएपछि वर्षौंदेखि किर्नाजस्तो मोटाएका कर्मचारीहरूको होस उडेको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा प्रस्ताव गरेपछि सो समूह खारेजीको चरणमा पुगेको छ । तत्कालीन महानिरीक्षक सिंहबहादुर श्रेष्ठको समयमा मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको ‘समूहगत प्रणाली’ खारेज गर्न सशस्त्र प्रहरी बल मुख्यालयले गृह मन्त्रालयमा प्रस्ताव पेस यसअघि नै गरिसकेको छ ।
सशस्त्र स्रोतका अनुसार डीएसपी ज्ञवाली र एसपी अर्यालले गत साता समूह विघटन गर्नुहँुदैन भन्दै गृह मन्त्रालय र कानुन मन्त्रालयमा संगठनको हितविपरीत विज्ञप्ति नै बुझाएको बताइएको छ । उक्त कुरा आईजीपी शैलेन्द्र खनालले थाहा पाएपछि उनीहरूलाई विभागीय कारबाहीको तयारी अघि बढाएको बताइएको छ ।
खासगरी ताप्लेजुङमा लेखा समूहका असई प्रेम लिम्बूले तलब शीर्षकमा मात्रै २८ लाख रुपैयाँ हिनामिना गरेर पाइएपछि सो समूहगत प्रणाली खारेजीसहित गृहमा प्रस्ताव गरिएको थियो । एउटै व्यक्तिले लामो समयसम्म लेखामा काम गर्दा संस्थागत भ्रष्टाचार हुने सम्भावना देखेर यो प्रस्ताव ल्याइएको बताइएको छ । त्यसो त सशस्त्रका अधिकांश आईजीपी ठूला भ्रष्टाचारमा संलग्न भएर मुद्दा खेपिरहेका छन् । मुख्यालयले एआईजी नारायणबाबु थापाको कमान्डमा ‘पुनरावलोकन समिति’ बनाएर त्यसका आधारमा गृह मन्त्रालयमा खारेजीको प्रस्ताव पठाएको हो । तत्कालीन महानिरीक्षक कोषराज वन्तले आफूनिकटस्थ अधिकृतहरूलाई सजिलो बाटोबाट माथिल्लो ओहदामा लैजाने उद्देश्यसहित सशस्त्र प्रहरी नियमावली परिवर्तन गरेर समूहगत प्रणालीमा जाने व्यवस्था गरेका थिए । तर, उनको समय र दुर्जकुमार राईको समयमा त्यो लागू हुन नसकेपछि तत्कालीन महानिरीक्षक सिंहबहादुर श्रेष्ठले त्यसलाई लागू गरेका थिए ।
यसअघि नेपाल प्रहरीमा पनि समूहगत प्रणाली लागू गरिए पनि तीन वर्षमा असफल भएपछि त्यसलाई खारेज गरिएको थियो । समूह गठनका कारण साधारण समूहतर्फका अधिकृतलाई अन्याय परेको गुनासो छ । सँगै भर्ना भएकाको दू्रत गतिमा प्रोमोसन हुँदा संगठनात्मक प्रणाली बिग्रिने आवाज उठेसँगै वैशाख ५ गते बढुवाका लागि प्रकाशित सूचनामा लेखा र कानुन समूहलाई छुट्ट्याइएको थियो । लेखा र कानुन समूहमा सिसम–२ र सिसम–३ का डीएसपीले कमान्ड गरिरहेका छन् । तत्कालीन आईजीपीहरू कोषराज वन्तको समयदेखि दुर्जकुमार राईको कार्यकालभरि लगातार पाँच वर्षभन्दा बढी कर्मचारी प्रशासन शाखा चलाएका डीएसपी होम ज्ञवालीलाई लेखा समूहतर्फको डीआईजी र एसपी अर्याललाई कानुन समूहतर्फ निर्विकल्प डीआइजी बनाउने उद्देश्यसहित समूह गठन गरिएको भन्दै संगठनभित्र आलोचना भएको थियो । संगठनभन्दा पनि व्यक्तिगत स्वार्थलाई हेरेर ल्याइएको हुनाले समूह खारेजको हुनुपर्ने अधिकांशको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...