18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

शक्तिपीठको लेनदेनमा अल्झिएको एकता



शक्तिपीठको लेनदेनमा अल्झिएको एकता

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकताको घोषणा भएको थियो । त्योबेला तीन महिनाभित्र एकताका सम्पूर्ण काम टुंगो लगाउने भनिएको थियो । तर एक वर्ष बित्दा केन्द्रीय कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता बल्लतल्ल सम्पन्न भएको छ । एकताको अरू बाँकी काम बाँकी नै छ । पोलिटब्युरो गठनको गाँठो फुकेका छैन । जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने काम झन् महाभारत बन्दै छ । केन्द्रीय सदस्यहरूको कामको जिम्मेवारी अझै ताकिएको छैन । यो अवस्थामा पार्टी एकता भाँड्नेहरू सक्रिय रहेको अभिव्यक्ति शीर्ष नेताहरूवाट सार्वजनिक रूपमा नै आएको छ । तर, त्यो शक्ति को हो भन्नेबारे केही उल्लेख भएको पाइँदैन । सार्वजनिक खपतकै लागि शीर्ष नेताले यस्ता टिप्पणी गर्नु कुनै सुहाउने कुरा होइन । साँचो अर्थमा भन्ने हो भने शक्ति पीठहरूको शक्तिको लेनदेन नै अहिले एकताको बाधक हो । सामाजिक मिसनसँग गाँसिएर, त्यसमा उत्पन्न भएका अवरोधहरूले एकतालाई अल्झाएको । यसमा शक्तिपीठहरूको बेग्लै लेनदेन छ । एकतामा समस्या आउनुको कारण त्यही हो ।
अहिले मुलुकको आवश्यकता बेग्लै थियो । यत्रो जनसमर्थनको जगमा उभिएर जुन काम गर्न सकिन्थ्यो तर त्यतातिर ध्यान केन्द्रित नै भएन । सत्तामा बस्नेलाई सत्तालाई स्थिरता प्रदान गर्ने, त्यसलाई बचाइराख्ने र अर्कोलाई सत्ता कसरी खोस्ने भन्नेमा नै ध्यान केन्द्रित भयो । छटपटी पनि यसैमा देखियो । यो दुइटाको युद्ध हो, जसका कारण आज पार्टी बर्बादीतिर जाँदैछ । पार्टीको हालत हेर्न अरू ठाउँ जानैपर्दैन । धुम्बाराही र पेरिसडाँडा गयो भने छर्लंग हुन्छ । चरो, मुसो कोहि आउँदैन ।
हामी कता जाँदै छौं ?
पार्टीले आन्दोलन हाँक्नु पर्ने हो तर यहाँ शक्तिपीठहरूले हाँकेका छन् । मान्छको गुडुल्को व्यक्तिका घरहरूमा सुरु हुन थालेको छ । बालुवाटारमा छ, प्रचण्ड निवासमा छ । यी ठाउँमा मान्छेको गुडुल्को लाग्ने जुन अवस्था विकसित भइरहेको छ । यसबाट के देखिन्छ भने हामीे हाम्रा संगठनका, कम्युनिस्ट पार्टीका मान्यताभन्दा पर गइरहेका छौं । व्यक्तिभित्र, व्यक्तिका शक्तिभित्र हामी आन्दोलनका अनुहार हेर्न प्रयत्न गरिरहेका छौं ।
अहिले हामीसँग जुन जनमत थियो, त्यसलाई जनताको अपेक्षालाई हाम्रा आर्थिक सामाजिक रूपान्तरणका काममा प्रयोग गर्ने र बदलिएको परिवेश अर्थात् यो संघीय लोकतान्त्रिक गणथतन्त्रको प्रणालीसँग सुहाउने खालका संस्था निर्माण गर्नुपथ्र्यो । तर त्यो गरिएन । तुष्टीकरणका निम्ति भीमकाय संरचनाहरू बनाइए । जो कहिल्यै बसेर सामूहिक निर्णय गर्न नसक्ने संरचना बनाइएका छन् । हुन त बस्न सक्ने संरचनाहरूभित्र पनि उनीहरू बस्दैनन् । नौजनाको कमिटीभित्र, ४५ जनाको कमिटीभित्र बसेर छलफल गर्न नसक्ने, बाँकी चार, पाँच सय सदस्य रहेका जुन संरचना तल बनाइएका छन्, ती संरचना वास्तवमा कामकाजी छैनन् । ती तुष्टीकरणका संचरना हुन् । निर्णय प्रक्रियाचाहिँ केन्द्रीकरण गर्ने र माथिबाट आदेश फर्मान गर्ने संरचना मात्र बनाउँदै छन् । जसले गर्दा मुभमेन्ट शिथिल हुँदै छ ।
तेस्रो धारको आवश्यकता
यदि हाम्रो मुभमेन्टलाई सही दिशा दिने हो भने यो पार्टीभित्र तेस्रो धारको जन्म जरुरी छ । मूल्यमा उभिएको शक्ति संगठित हुन जरुरी छ । पार्टीभित्रैबाट तेस्रो धार संगठित हुन जरुरी छ, बाहिरबाट होइन । त्यस्तो धार मुद्दा र मिसनमा आधारित होस् । राजनीति भनेको एजेन्डाको उद्घोषण मात्र होइन, संस्कृति पनि हो । हामीले हाम्रो संस्कृतिवाट पनि पार्टीलाई, व्यक्तिलाई, आन्दोलनलाई चियाउन सक्नुपर्छ ।
तेस्रो धारका लागि तल सामाजिक आधारचाहिँ परिपक्व बन्दै गएको जस्तो लाग्छ । अहिले गुटको पट्टी खोलेर हेर्ने हो भने ती शक्ति र ती आवाजहरू प्रस्फुटित हुन थालेका छन् । ती मान्छे जो बालिरहेका छन्, त्यो कुुण्ठा मात्र छैन । धेरै पर जानैपर्दैन, शक्तिपीठको लेनदेन मात्र कारण हो । जस्ता किसिमका मान्छेहरूको छनोट भइरहेको छ, जिम्मा दिइरहेको छ, त्यसलाई हेर्दा सबै छर्लंग हुन्छ । कुनै संस्थागत निर्णय त चाहियो नि । कस्तो लाजमर्दो, राजदूत कसलाई बनाउने भन्ने परराष्ट्र मन्त्रीलाई थाहा नभएका समाचार आएका छन् । कसरी हुन्छ यस्तो ?
यदि यसलाई नसच्याउने हो भने हामी पुग्ने भनेको बर्बादीमा हो । सत्यनाश हो, पुच्छर समातेर बैतरणी तर्न सकिन्छ भन्नेहरू पनि फेल खाए । त्यो कोर्स पनि कालातीत भयो । त्यसलाई समयले अस्वीकार ग¥यो । जो यो आन्दोलनप्रति प्रतिबद्ध छन्, मिसनसँग निष्ठा राखेका मान्छेहरूले पुनर्विचार गर्नुपर्छ । सोच्नुपर्छ र सशक्त हस्तक्षेप गरेर नै यसलाई करेक्सन गर्नुपर्छ । यत्रो शक्तिलाई छरपस्ट हुनु, बर्बाद हुन दिनुहुँदैन । परिवर्तन, करेक्सन हुन् अँगुलीमालजस्तो डाँकुले त मौका पायो भने प्रतिबद्धताका साथ आयो भने जसले पनि सक्छ । तर सार्वजनिक खपतका निम्ति मात्र उद्घोषण गरेर भएन । आत्मा अर्कै छ । बाहिर सार्वजनिक खपतका निम्ति गरिएका चर्का कुराले काम गर्दैन ।
(कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा