24th June 2019, Monday

एआईजी असन्तुष्ट, डीआईजी सरुवामा सकस



आयुक्त कार्यालयमा लम्साल, प्रदेश १ मा ज्ञवाली पठाउने तयारी
काठमाडौैं । नेपाल प्रहरीका एआईजी धिरु बस्नेत काज सरुवा भएको स्थान राष्ट्रिय सुरक्षा परिषद्मा अहिलेसम्म हाजिर भएका छैनन् । आर्थिक अनियमितताको आरोप लागेका एआईजी बस्नेतलाई कार्यविभागमा दरबन्दी रहने गरी परिषद्मा काज सरुवा गरिएको थियो । उनलाई त्यहाँ काज सरुवा गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । अवकाशको आठ महिना बाँकी हुँदा एआईजी बस्नेतलाई प्रहरी प्रशासनभन्दा टाढा राखिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा गरेको एक महिना पुग्दा लाग्दा पनि उनी बिदामा बसेका छन् । उनलाई बस्ने कोठाको समेत अभाव भएको छ । सुरक्षा परिषद्मा हाल डीआईजीको दरबन्दी रहेको छ ।
एआईजीको सरुवापछि नेपाल प्रहरीमा डीआईजी सरुवाको दौडधुप चलेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि युरोप भ्रमणमा गएको डीआईजीको सरुवा भने रोकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रदेशमा कार्यरत डीआईजीहरूको एकवर्षे कार्यकाल पुगेकाले सरुवा हुन लागेको हो ।
तर, सबै धेरै डीआईजी प्रदेश प्रमुख भएर जान चाहने भएकाले निर्णय गर्न प्रहरी प्रधान कार्यालयलाई सकस भएको छ । उनीहरूको सरुवा सरकारले गर्ने भए पनि प्रहरी प्रधान कार्यालयले सिफारिस गर्ने समस्या भएको छ । प्रदेश १, प्रदेश ३ र गण्डकी प्रदेशका प्रहरी प्रमुखको एक वर्षको अवधि पुगिसकेको छ । अन्य प्रदेशका इन्चार्जहरू समेत फेरिने सम्भावना छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि हेरफेरको तयारी भइरहेको स्रोत बताउँछ ।
प्रदेश इन्चार्जका रूपमा जान चाहने डीआईजीहरूमा ठाकुर ज्ञवाली, तारिणी लम्साल, सूर्य उपाध्याय, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, प्रद्युम्न कार्की, नारायणसिंह खड्का, विनोद शर्मा घिमिरे, शेरबहादुर बस्नेत लगायत छन् । सबैले नेताहरूमार्फत पावर लगाइरहेका छन् । त्यस्तै प्रदेश २ का डीआईजी हरि पाल, प्रदेश ५ का पीताम्बर अधिकारी तथा कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाह एक वर्ष अवधि नपुगी आफूहरूको सरुवा नगर्न शक्तिकेन्द्र धाइरहेका छन् । आयुक्त कार्यालयमा लम्साललाई पठाउने तयारी भइरहेको छ । आगामी आईजीपीको दावेदार रहेका लम्साललाई आयुक्त कार्यालय र ठाकुर ज्ञवालीलाई कुनै एक प्रदेशको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा