18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

प्रधानमन्त्रीले गौरवका आयोजनाको अनुगमन गर्ने



काठमाडौं । कामभन्दा गफ बढी भयो भनेर सर्वत्र आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफंैले कामको अनुगमन गर्ने र आमजनतालाई विकासको अनुभूति गराउने रणनीति बनाएका छन् । जसका लागि राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाका कामको प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको एक्सन रुम (तत्काल समस्या समाधान कक्ष) बाट अनुगमन सुरु गर्ने भएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाको कामलाई सिधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालमा एक्सन रुम अर्थात् तत्काल समस्या समाधान कक्ष सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको प्रधानमन्त्री कार्यालयमा रहेको सो कक्षमा नियमित रुपमा भिडियोमार्फत अनुगमन गर्नुका साथै आवश्यकताअनुसार आयोजना प्रमुख र प्राविधिकहरूसँग सिधै सम्बाद गर्नेछन् ।
जेठभित्रै गौतमबुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम अनुगमन गर्नेगरी प्रधानमन्त्री कार्यालयले आयोजनास्थलमा क्यामारा जडानको काम अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरका अनुसार बाँकी नौ आयोजनाहरूमा स्थलगत रुपमै क्यामेरा जडान भइसकेपछि अनुगमनको काम सुरु हुनेछ । सरकारले आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी, मेलम्ची आयोजना र गौतम बुद्ध विमानस्थलको काम सम्पन्न गर्ने घोषणा गरेको छ । पोखरा विमास्थलको काम अर्को वर्षभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
‘एक्सन रुमबाट प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो आयोजनाको काम गुणस्तरीय ढंगले सम्पन्न गर्न अनुगमन र निर्देशन दिनुहुनेछ,’ प्रवक्ता कुँवरले भने । राष्ट्रिय प्राथमिकता प्राप्त २२ आयोजनाहरूमा अनुगमनको कामलाई बिस्तारै बढाइने प्रधानमन्त्री कार्यालयको योजना छ । राजमार्गहरूमा भने सर्भिस भेइकलमा क्यामरा जडान गरेर भिडियो खिच्ने, आवश्यकताअनुसार प्रधानमन्त्रीले अनुगमन गर्नेगरी प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्न खोजेको छ ।
प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव लोकदर्शन रेग्मी, नतिजा व्यवस्थापन महाशाखा हेर्ने सचिव विष्णु लम्साल, सहसचिव यमलाल भुसाल, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता विनोद कुँवरलगायतले अनुगमनको काममा प्रधानमन्त्रीलाई सघाउनेछन् ।
प्राथामिकतामा राष्ट्रिय गौरवका आयोजना
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतम बुद्ध विमानस्थल, भैरहवा विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, हुलाकी राजमार्ग, काठमाडौं–तराई फास्ट ट्र्याक, उत्तर दक्षिण लोकमार्ग, भेरी बबई डाइभर्सन, रानीजमरा सिँचाइ आयोजना अनुगमनको प्राथमिकतामा राखिएका छन् ।
त्यस्तै, प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आवश्यकताअनुसार एक्सन रुमबाट प्रत्यक्ष संवाद गर्ने भएका छन् । मुख्यमन्त्रीहरूसँग प्रदेश सरकारको समस्या बुझ्ने, समाधानका लागि अन्तक्र्रिया गर्ने तथा निर्देशन दिने कामसमेत प्रधानमन्त्रीले एक्सन रुमबाटै गर्नेछन् । गत १५ गते उद्घाटनपछि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स संवाद गरेका थिए ।
देशभरका सबै सरकारी कार्यालयबाट सेवाग्राहीले ढिलासुस्ती र अनियमितता भए सिधै प्रधानमन्त्री कार्यालयमा उजुरी दिन सक्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले हेलो सरकारको कामलाई डिजिटलाइज्ड गर्दै एप्समार्फत परिमार्जित गर्ने गृहकार्य अघि बढाएपछि देशभरका जुनसुकै कार्यालयबाट सेवाग्रहीले तत्काल उजुरी दिन सक्नेछन् । त्यति मात्र होइन, हेलो सरकारले प्रयोगमा ल्याउन लागेको एप्समार्फत सेवाग्राहीले उजुरी फारम भरेलगत्तै केही मिनेटमै सम्बन्धित मन्त्रालयमार्फत कार्यालयहरूमा काम अघि बढाउन निर्देशन जानेछ । ‘कुनै गाउँपालिकाका कार्यकारी प्रमुखले सेवाग्रहीको काममा ढिलाइ गरे या कार्यालय समयमा अनुपस्थित रहेको देखिए सेवाग्रहीले इन्टरनेट सेवा उपलब्ध जुनसुकै स्थानबाट हेलो सरकारको एप्समा रहेको फारममार्फत उजुरी गर्न सक्नेछन्,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले भने, ‘त्यो फाराम एसेप्ट हुनेबित्तिकै प्रधानमन्त्री कार्यालयको हेलो सरकारले सम्बन्धित मन्त्रालयलाई उजुरी जानकारी गराएर निर्देशन दिनेछ, त्यसपछि कार्यान्वयन भए÷नभएको तुरुन्तै एप्समार्फत नै मन्त्रालयहरूले जानकारी गराउनेछन् ।’ वर्तमान सरकारले अघि सारेको डिजिटल नेपालको योजनालाई साकार पार्ने उद्देश्यले हेलो सरकारलाई अनलाइन सेवामार्फत, तत्काल गुनासो सुनेर कार्यान्वयन गर्ने एकाइका रूपमा परिमार्जन गर्नेगरी गृहकार्य भइरहेको कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा