24th June 2019, Monday

बिमला थिङको ‘परदेशी कान्छा’ सार्वजनिक



काठमाडौं । नवप्रतिभा विमला थिङको दोस्रो सांगीतिक कोसेली ‘परदेशी कान्छा’को भिडियो सार्वजनिक भएको छ ।
हिजो युटुबमार्फत उक्त भिडियो सार्वजनिक भएको हो । मकवानपुर–मनहरीकी स्थायी बासिन्दा थिङ पछिल्लो समय लोकसेलो गीतमा चर्चामा आइरहेकी छन् । गीत गाउनुका साथै आफैं मोडलिङमा समेत सक्रिय विमला विभिन्न स्टेज सोहरूमा समेत पछिल्लोपटक व्यस्त छिन् । हिजो सार्वजनिक भएको उक्त भिडियो केही घन्टामै दसौं हजार दर्शकले हेरिसकेको पाइएको छ । उक्त भिडियोमा अशोक तामाङ, विमला थिङ, अरिन तामाङलगायतको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन अजय स्याङ्तानले गरेका हुन् भने संगीत अशोक तामाङले गरेका हुन् । यसअघि उनको उनको ‘ताम्बाकी छोरी’ नामको एल्बम सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा