17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

सफलताको सूत्र



सफलताको सूत्र

एउटा लोक–सुगन्धको गीतले केही दिनयता प्रसिद्धिको शिखर छोएको छ । त्यो गीत हो, ‘गलबन्दी च्यातियो तिम्ले च्यातेर..।’ नेपाली ग्रामीण भेगको निम्न वर्गको ऐना देखिने उक्त गीत केही वर्षपूर्व अधिक श्रवणीय बनेको ‘बोल माया’को शृंखलाको रूपमा आएको छ । ‘बोल माया’मा वैदेशिक रोजगारले निम्त्याएको एउटा परिवारभित्रको विपत्तिलाई उजिल्याउने प्रयत्न गरिएको थियो । वैदेशिक रोजगारको विषयलाई छोएका हरेकजसो गीत वा सिनेमाले झ्याली पिटिरहेको बेला उक्त गीत पनि चम्किन पुगेको थियो । र, अझै पनि ठूलो संख्या वैदेशिक रोजगारीमै आश्रित रहेका हुँदा त्यससँग जोडिएको प्रत्येकजसो विषय, घटनाक्रम र प्रस्तुतिलाई सिर्जनाका कुनै माध्यमद्वारा पस्किँदा चम्किने भएकै कारण ‘बोल माया’ सफलताको बिन्दु टेक्न सक्षम ठहरिन पुगेकोमा कुनै दुईमत देखिएको थिएन । त्यही गीतको शृंखला ‘गलबन्दी’ भने पूर्वदीप्तिमा गएर रोमान्टिक साजसज्जासहित प्रस्तुत भएको हुँदा अधिकांशका रुचिमा जोडिन पुगेको प्रस्टै देखिन्छ ।
केही दिनभित्रै गलबन्दी रुचाइनुले नेपाली गीत–संगीत क्षेत्रका सर्जकहरूलाई एउटा सन्देश वा पाठ वितरण गरेको छ– कुनै चर्चित गीतको शृंखला बनाउने हो भने त्यसले सफलता बटुल्ने रहेछ । गलबन्दीले गीतको पनि शृंखला पनि बनाउन सकिँदो रहेछ र त्यसलाइ रुचाइँदो रहेछ पनि रहेछ ।
यो गीतले बजार पिटेसँगै एउटा भनाइले पनि व्यापकता पाएको छ, ‘ढिलो आयो, कडै आयो ।’ अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो भनाइलाई कुनै घटना–सन्दर्भमा प्रयोग गर्ने गरेका छन् । कसैले गलत कुरामा विरोध जनाउँदा वा सही कुरामा समर्थन जनाउँदा भन्ने गरिएको छ, ‘ढिलो आयो, कडै आयो ।’ अहिले सामाजिक सञ्जालमा यो भनाइले यति व्यापकता पाएको छ कि दशकपूर्व भारतीय सिनेमा ‘थ्री इडियटस्’ प्रदर्शन भएपछि त्यो सिनेमाको एउटा भनाइले राष्ट्रिय नारा नै ओगटेको थियो । त्यो भनाइ थियो, ‘अल इज वेल ।’ अहिले सञ्जालकर्ताहरूले पनि भन्न थालेका छन्, ‘ढिलो आयो, कडै आयो ।’
प्रायः गीत–संगीतमा शृंखलाको चलन÷अभ्यास कमै हुने गरेको छ, हामीकहाँ । एउटै गीतमा सम्पूर्ण कथा अटाइने भएको हुँदा पनि गीतलाई शृंखलामा ढाल्ने अभ्यास कमै हुँदै आएको छ । पूर्ववर्ती समयमा प्रसिद्धिको शिखर छोएका अधिकांश गीतलाई शृंखलामा ढाल्ने प्रयत्ने गरिएन । तर, सर्जक प्रकाश सपुतले भने नेपाली संगीत जगत्मा शृंखलाबद्ध गीतको अभ्यास गरेर सम्भावनाको दैलो उघार्ने प्रयत्न गरेका छन् । यो संगीत क्षेत्रमा समर्पित प्रतिभाहरूका निम्ति उत्साह र उल्लासको विषय हो ।
सिर्जना र मनोरञ्जनका अरू माध्यमहरूमा भने शृंखलालाई पछ्याउने क्रमको लामो परम्परा छ । खासगरी, नेपाली सिनेमाहरूमा लामो समयदेखि यस्तो प्रयत्न हुँदै आएको छ । कतिपय सिनेकर्मीहरूले त एउटा सिनेमाको एक दुईवटा मात्र होइनन्, चार÷पाँच वटासम्मै शृंखला बनाउन भ्याएका छन् । यद्यपि, शृंखला बनाउनेका कार्य सफल सिनेमाको हकमा मात्र लागू हुने कुरा हो । असफल सिनेमाको कसले पो बनाउलान् र शृंखला ? तर जति पनि सफल सिनेमाका शृंखला बनेका छन्, त्यस्ता अधिकांश सिनेमाले व्यावसायिक सफलताको गोरेटो पहिल्याउन सक्षम भने देखिएका छन् । चाहे कबड्डी–कबड्डी होस, छक्कापन्जा होस् वा नाई नभन्नू ल जस्ता सिनेमा नै किन नहोस्, यी सिनेमाहरूले शृंखलाबद्ध रूपमा निर्माण भए र दर्शक पंक्तिको रुचिको क्षेत्रभन्दा बाहिर परेनन् ।
त्यसो त कतिपय गीत संगीतले सफलता बटुल्दा त्यसमा सिनेमा निर्माण गर्ने अभ्यास भने हामीकहाँ नभएको होइन । केही महिनापूर्व ‘साइँली’ सिनेमा प्रदर्शन भयो र त्यसले अपेक्षाकृत रूपमा व्यावसायिक सफलता पनि हात लगायो । मूलतः त्यो फिल्म ‘सुन साइँली’ गीतको सफलतापछिको परिणति थियो । कतिपय चलेका गीतहरूको शीर्षक राखेर सिनेमा बनाउने अभ्यास पनि हामीकहाँ चल्दै आएको छ । चल्तीका गीतको बोलमा सिनेमा बनाउँदा दर्शक–स्रोताहरूले त्यसलाई तत्काल रेखांकित गर्ने भएको हुँदा पनि उक्त सूत्र अपनाइएकोमा कुनै सन्देह देखिँदैन ।
आखिर, सफलतालाई पछ्याउनेहरू नै सफल हुन्छन् । सिर्जना र मनोरञ्जनको संसारमा जसले सफलतालाई पछ्याउँदै आएका छन्, उनीहरूले नै बाजी मारेका छन् । शृंखलाबद्ध रूपमा निर्मित सिनेमा होस् वा अरू सिर्जनाहरू नै होस्, त्यसले सफलतालाई नै मूल मापदण्ड बनाउँदै आएको तथ्य निर्विवाद छ । पछिल्लो समय चलेको ‘गलबन्दी’मा पनि त्यही सूत्र लागू भएकोमा कुनै सन्देह देखिँदैन । यद्यपि, ‘गलबन्दी’ले भाका चोरीको आरोप झेल्न पुगेको हुँदा मौलिकतामाथि प्रश्नचिह्न उठ्न पुगेको त छ नै, यतिबेला । र, अब उक्त गीतको अर्को शृंखला कति मौलिक र लोकप्रिय भएर आउने हो, त्यसको भने प्रतिक्षा गर्नु स्वाभाविक ठहरिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा