25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

अरिंगाल बन्न नसकेका नेकपा कार्यकर्ता



अरिंगाल बन्न नसकेका नेकपा कार्यकर्ता

सरकारमाथि चौतर्फी प्रहार भएको छ । आउँदा दिनमा प्रहार अझ बढ्नेछ । जुन प्रहार अहिले हुँदै छ, यसको अनुुमान पहिल्यै गरिएको थियो । लोकतान्त्रिक शासनप्रणालीमा विरोधका, आलोचनाका स्वरहरू उठ्छन् नै तर नेपालको सन्दर्भ अलि फरक छ । नेपालको इतिहासमा पहिलोपटक कम्युनिस्टहरूले पूर्ण बहुुमतसहित सरकार बनाएका छन् । यो यथास्थितिवादी, दक्षिणपन्थीहरूका लागि सामान्य कुरा होइन । उनीहरूले यसलाई गम्भीरतापूर्वक मात्र लिएका छैनन्, सरकारलाई कमजोर र असफल बनाएर पाखा लगाउने रणनीति पनि अख्तियार गरेका छन् । उनीहरूको सम्पूर्ण प्रहार यही रणनीतिद्वारा डोरिएको छ । कम्युनिस्टहरूको लोकप्रियतालाई उनीहरू आउँदो निर्वाचनसम्म पूूरै छिमल्न चाहन्छन् । यो प्रहार राजनीतिक, वैचारिक पक्षसँग त जोडिएको छ नै अस्तित्वसँग पनि जोडिएको छ । नेपालको समग्र इतिहासमा यथास्थितिवादी, दक्षिणपन्थी शक्तिहरू यति कमजोर कहिल्यै भएका थिएनन् ।
कांग्रेसले इतिहासदेखि नै कम्युनिस्टहरूलाई अधिनायकवादी भन्दै आएको छ । यो उसको कम्युनिस्टहरू माथिको सदावहार आरोप हो । गएको निर्वाचनमा उसले यो आरोप बढी लगायो । ऊ यतिमा मात्र सीमित रहेन, कम्युनिस्टहरूले सरकार बनाए, मुलुुकले ठूलो मूल्य चुकाउनुुपर्नेछ पनि भन्यो । कम्युनिस्टहरूमाथिको उसको आरोपलाई जनताले पत्याएनन् । उसले निर्वाचनमा गम्भीर धक्का खानुुप¥यो । आज ऊ रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूूमिकामा देखिन्न । सरकारको कामका आधारमा समर्थन र विरोधभन्दा पनि ऊ अन्धरविरोधमा उभिएको छ । सबै कुराको विरोध उसको रणनीतिजस्तै बनेको छ । सरकारले अघि बढाएका विधेयकहरूको विरोध ऊ जसरी गर्दैल छ, यसले यही देखाउँछ ।
प्रतिपक्षको भूमिका सार्थक हुुँदा सरकारलाई सही बाटोमा हिँड्न, गल्तीकमजोरी सच्याउन र जनताप्रति अझ जिम्मेवार बन्न सहयोग पुुग्छ । प्रतिपक्षको महत्व पनि यसैमा रहेको छ । यस प्रकारको भूमिकाले उसलाई राजनीतिक लाभ पनि हुुन्छ । उचित कुरा ग्रहण नगर्ने, आफूलाई नसच्याउने र जिम्मेवार नबन्ने सरकार र सत्तारूढ पार्टीलाई जनताले निर्वाचनमा हराउँछन् । कांग्रेस त झन् प्रमुुख प्रतिपक्ष हो । लोकतान्त्रिक आन्दोलनमा सँगसँगै हिँड्ेको र संघर्ष गरेको शक्ति पनि हो । दुुई भिन्नाभिन्नै राजनीतिक शक्ति हँुुदाहँुुदै पनि यी दुुवै अझै कैयौं विषयमा समझदारी बनाएर हिँड्न सक्छन् । अझै यसको खाँचो सकिएको छैन । लोकतन्त्रमाथिको प्रहार अझै समाप्त भएको छैन । नेपालका सन्दर्भमा अलि लामै समयसम्म वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरूका बीचमा कतिपय विषयमा समझदारी र सहकार्यको आवश्यकता रहनेछ । कांगे्रस यस विषयमा त्यति गम्भीर पाइन्न । उसले आफ्नो सम्पूर्ण शक्ति सरकारलाई अधिनायकवादी सिद्ध गर्न खर्च गरिरहेछ ।
एकातिर कांग्रेस आन्तरिक कलहले ग्रस्त छ, अर्कातिर उसको रचनात्मक भूूमिकामा अझ बढी ह्रास आएको छ । यो स्थिति ऊसका निम्ति प्रत्युुत्पादक छ । कांग्रेस यसबाट मुक्त हुुन सक्नुुपर्छ । यसबाट मुक्त हुन नसक्ने हो भने आउँदो निर्वाचनमा उसको स्थिति अझ कमजोर हुनेछ । कुनै पनि राजनीतिक शक्तिहरू समाप्त हुन चाहन्न, तर आफ्नै कमजोरीहरूका कारण सकिन्छन् । कांग्रेसको भूमिका हेर्दा त्यही बाटोतिर हिँडेको हो कि भन्ने लाग्छ । उसले अन्धविरोधको शैलीलाई छोड्नुुपर्छ र रचनात्मक भूमिका सम्पादन गर्नुुपर्छ । अब पनि असफल हुुनुु भनेको इतिहासमा ठूलो मूल्य चुकाउन मानसिक रूपमा तयार भएर बस्नुु हो । कांग्रेसभित्र बढ्दै गएको दक्षिणपन्थी चिन्तन ऊ र लोकतन्त्र दुवैका निम्ति घातक छ ।
आज जे–जस्तो रूपमा सरकारमाथि प्रहार हुुँदै छ, यसको सरकार र पार्टीका तर्फबाट सशक्त प्रतिवाद आवश्यक छ तर यही हुुन सकेको छैन । यसो हेर्दा सरकार रक्षात्मक जस्तोे देखिन्छ । यस्तो स्थितिलाई राम्रो मान्न सकिन्न । अकारण यस्तो स्थितिको निर्माण भएको छैन । नेकपाको आन्तरिक स्थिति र सरकारको कार्यशैली यसका निम्ति जिम्मेवार छन् । विगतमा एमालेको सरकारमाथि प्रहार हुँदा त्यसको प्रभावकारी प्रतिवाद हुुन्थ्यो । समग्र पार्टी पंक्ति सरकारको रक्षाका निम्ति उभिन्थ्यो । पार्टी र सरकार सँगसँगै हिँड्थे । दुुवैका बीचमा राम्रो समन्वय र संवाद हुुन्थ्यो । खासगरी नौमहिने अल्पमतको सरकारको समयमा यो स्थिति अत्यन्तै राम्रो थियो । त्यसपछि स्थिति बिग्रँदै जान थाल्यो । पार्टीको आन्तरिक जीवनमा विकसित हुँदै गरेका समस्या र मूल्यमा आउँदै गरको ह्रास स्थिति बिग्रँदै जानुुको कारण थिए । पार्टीभित्रको गुटबन्दी एक–अर्कालाई असहयोग गर्ने बिन्दुुसम्म मात्र होइन, निषेध गर्ने हदसम्म पनि पुुग्थ्यो । तत्कालीन एमाले वा माओवादी पार्टीको नेतृत्वमा बनेको सरकार होस्, सबैले पार्टीका आन्तरिक जीवनमा बढेका समस्या र मूूल्यमा आएको ह्रासबाट सिर्जित समस्यालाई सामना गर्नुुप¥यो ।
दुुई ठूला कम्युनिस्ट पार्टीहरू सँगसँगै मिलेर चुुुनाव लड्ने र पार्टी एकतासमेत गर्ने कुराले आमजनतामा असाधरण उत्साह सिर्जना ग¥यो । कम्युनिस्ट पार्टीले संघीय निर्वाचनमा प्राप्त गरेको अत्यधिक स्थान यसकै परिणाम थियो । झन्डै दुुई तिहाइनजिकको सिट संख्या सानो कुरा थिएन । प्रदेश र स्थानीय तहमा पनि ठूलो सफलता प्राप्त भयो । यो विजयपछि केही महत्वपूर्ण कुराहरूमा पार्टीको ध्यान जानुुपथ्र्याे । पार्टी एकतापछि यस विषयमा अलि बढी नै गम्भीर हुुनुुपथ्र्याे । पहिलो कुरा पार्टीकोे एकीकरणलाई समयमै पूूरा गर्नुपथ्र्याे । अझै पनि यो पूर्ण भएको छैन । एकीकरणमा ढिलाइ हुँदा पार्टीको कामकाज मात्र प्रभावित भएन, पार्टी र सरकारको सम्बन्धसमेत प्रभावित भयो । पार्टीका लाखौं कार्यकर्ता निष्क्रिय रहे । पार्टी एकप्रकारले गतिहीन भयो । यति मात्र होइन, सरकार र पार्टीका बीचमा दूरी पनि बढ्यो । संघीय, प्रदेश र स्थानीय सरकारहरू आ–आफ्नै ढंगले चल्न थाले । कमिटीहरू नै नभएपछि यस्तो स्थिति सिर्जना हुुनुु स्वाभाविकै थियो । सरकारले गरेका कामको प्रतिरक्षा गर्ने स्थितिमा पार्टीका कार्यकर्ताहरू रहेनन् । प्रतिवाद गर्ने आधार नै नरहेपछि यस्तो स्थिति उत्पन्न हुने नै भयो ।
दोस्रो कुरा, पार्टी र सरकारबीचको सम्बन्ध र संवादलाई जीवन्त बनाउने दिशातिर गम्भीर प्रयत्न गर्नुपथ्र्याे । स्थायी कमिटी र केन्द्रीय कमिटीको भूूमिकालाई प्रभावकारी बनाउने कुरामा ध्यान जानुुपथ्र्याे । त्यसै त ढिलो गठन गरिएका केन्द्रीय कमिटी र स्थायी कमिटी, गठन भइसकेपछि पनि भूमिकाविहीनजस्तै बन्न पुुगे । पटकपटक ती कमिटीहरूलाई गतिशील गराउनुुपर्छ भन्दा पनि त्यसतिर ध्यान जान सकेन । सचिवालय नै पार्टी र सरकारको कामकाजबारे गहिरो छलफल गर्ने र निर्णय लिने अंगका रूपमा रहन सकेको छैन । सचिवालयकै वरिष्ठ नेताहरू सरकारका कामकाजबारे अनभिज्ञ पाइन्छन् । कतिपय विषयमा उनीहरूलाई पार्टी के गर्दै छ भन्ने पनि थाहा हुँदैन । सचिवालयकै नेताहरूले यो कुरा खुला रूपमा व्यक्त गर्दै आएका छन् । मिडिया काउन्सिल विधेयक, सीके राउतसँगको सम्झौतालगायत कैयौं विषयमा आफूहरू अनभिज्ञ रहेको कुरा उनीहरूले उल्लेख गर्ने गरेको पाइन्छ । सचिवालय सदस्यहरूले नै अनभिज्ञता व्यक्त गर्नुुपर्ने स्थितिमा स्थायी समिति सदस्यहरूको के कुरा भयो र ? केन्द्रीय समितिको झन् कुरै छोडौं । यस्तोे स्थितिमा सरकारले गर्ने कतिपय निर्णयहरूको जिम्मेवारी लिन र विरोधीहरूको प्रतिवाद गर्न गाह्रो हुुन्छ । सरकारको पक्षमा उभिने र उसमाथि हुने प्रहारको प्रतिवाद गर्ने कुुरामा देखिएको उदासीनता यस स्थितिसँग पनि गहिरो गरी जोडिएको छ ।
पार्टीभित्र गुटबन्दी विद्यमान छ । यो पार्टीभित्रको विद्यमान अर्काे गम्भीर समस्या हो । गुटबन्दी एकताबद्ध रूपमा अघि बढ्ने कुराका निम्ति बाधक रहिआएको छ । गुुटबन्दी मूलतः शक्तिको अभ्यास र स्वार्थहरूसँग गाँसिएको छ । वैचारिक, राजनीतिक विषयहरूसँग यो त्यति सम्बन्धित छैन । पार्टीभित्र देखापर्ने वैचारिक, राजनीतिक भिन्नता र त्यस आधारमा निर्माण हुने समूहहरूलाई गुटको साँघुुरो अर्थमा ग्रहण गर्न मिल्दैन । गुुटबन्दीका कारण एकले अर्कालाई कमजोर बनाउने काम मात्र भएका छैनन्, सके राजनीति नै सकिदिने स्थितिसम्म यसको विकास भएको छ । इमानदार, सक्षम, त्यागी कैयौं कार्यकर्ता, नेता गुटबन्दीको सिकार भएका छन् । पार्टीका विभिन्न तहमा मात्र होइन, सरकारी निकायहरूसम्म योगदान र योग्यताका आधारमा होइन, गुटका आधारमा मान्छेहरू राख्ने प्रवृत्तिको विकास भएको छ । गुटबन्दीले निर्माण गरेको अस्वस्थताबीच बाह्य प्रहारको सामना सामूहिक रूपमा हुन नसक्नुु कुनै अनौठो विषय होइन । सरकारमाथि चारैतिरबाट प्रहार हुुुँदा यसको सामूहिक रूपमा सशक्त प्रतिवाद हुन नसक्नुुको यो अर्को महŒवपूर्ण कारण हो ।
सरकारको कार्यशैली पनि सामूहिक प्रतिवाद हुन नसक्नुुको एक महत्वपूर्ण कारक हो । सरकारले आफ्ना निर्णयहरूमा पार्टीको सहभागिता खोजेको देखिन्न । सरकारले गर्ने काम सरकारले नै गर्नुुपर्छ भन्ने दृष्टिकोणको विकास उसमा भएको छ । पार्टी एकीकरण पूूरा नभएको र त्यसले एक हदसम्म असहज स्थिति निर्माण गरेको बेलामा पनि सरकारले निर्णय प्रक्रियामा पार्टीको सहभागितालाई महत्व दिन सक्थ्यो र दिनुुपथ्र्याे तर उसबाट यसो हुन सकेन । सरकारले के गर्दै छ भन्ने कुरा थाहा नै नहुने भयो । सरकारले पार्टी पंक्तिभित्र मात्र होइन, बाहिर पनि संवादको वातावरण निर्माण गर्नुुपथ्र्याे । प्रतिपक्षलगायत सामाजिक जीवनका विविध तहका मानिसहरूसँग छलफल चलाएर अघि बढ्न सकिन्थ्यो । यसले स्थितिलाई तुुलनात्मक रूपमा सहज बनाउन भूमिका खेल्थ्यो । गुुठीसम्बन्धी विधेयकलाई दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ । विधेयक गलत छैन तर सरोकारवालहरूसँग यस विषयमा खुुला संवाद हुन सकेन । बुझाइमा अन्तर प¥यो । यही अन्तरमा खेल्न चाहनेहरू खेले र खेल्दै छन् ।
सरकार असफल हुनु भनेको पार्टी पनि असफल हुुनु हो । पार्टी असफल हुनुु भनेको आन्दोलन असफल हुुनुु हो । पार्टीका अध्यक्ष स्वयंले सरकारको नेतृत्व गर्नुुभएको छ । अध्यक्ष स्वयंले पार्टी कार्यकर्तालाई अरिंगाल बन्न आह्वान गरेर पनि नबनेको यथार्थ उहाँका अगाडि छ । यो सानो कुरा होइन । सरकारका विरुद्ध भइरहेको प्रहारको सशक्त प्रतिवाद गर्ने वातावरणको निर्माण पार्टी अध्यक्ष र सरकार प्रमुुखबाट हुनुुपर्छ । पार्टी एकीकरणलाई पूूरा गर्ने, पार्टी र सरकार बीचको सम्बन्धलाई जीवन्त बनाउने, गुटबन्दीलाई निरुत्साहित गर्ने र सरकारको कार्यशैलीमा सुधार गर्ने कुरासँग सरकार र पार्टी आन्दोलनमाथि हुने चौतर्फी प्रहारको सशक्त प्रतिवाद जोडिएको छ । यसो गरेर नै आजका समग्र चुनौतीहरूसँग जुुध्न र मुुलुकलाई नयाँ दिशा दिन सकिन्छ । पार्टीलाई एकताबद्ध गर्नुु र शक्ति सुुदृढ गर्दै अघि बढ्नुु यतिबेलाको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा