19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

उडान रोकेर कमिसनको चक्करमा खरेल



काठमाडौं । नेपाल वायुसेवा निगमले जुलाई ४ बाट गर्ने भनेको जापानको ओसाका उडान स्थगित गरेर जुलाई २९ लाई सारेको छ । निगमले ओसाकामा एउटा मात्र टिकट बुकिङ भएकाले उडान स्थगित गर्नुपरेको सफेद झूट बोलेको छ । खासमा निगमका कार्यकारी अध्यक्ष मदन खरेल कमिसनको चक्करमा नयाँ एजेन्टको खोजीमा लागेकाले यो उडान स्थगित गर्नुपरेको बुझिएको छ । यो उडान स्थगित गर्दा मात्र पनि निगमलाई लाखौं रुपैया व्यवभार थपिएको छ ।
खरेल अहिले पनि जापानमै छन् । स्रोतका अनुसार उनी होटल व्यवसाय सञ्चालन गरी बस्दै आएका खर्पु शेर्पालाई भेट्न त्यहाँ पुगेका हुन् । शेर्पासँग कमिसनको कुरा मिलाउने र नयाँ एजेन्ट नियुक्त गर्ने योजनाअनुसार उनी त्यहाँ पुगेको बताइन्छ । एकचोटि बन्द भएर फेरि ११ वर्ष ओसाका उडान गर्न लागेको निगमको जहाज कार्यकारी अध्यक्षको कमिसन चक्करले उडान सुरु नहुँदै रद्द हुन पुगेपछि निगमप्रतिको विश्वसनीयता रसातलमा पुगेको छ भने अर्कोतिर कूटनीति वृत्तमा नेपाललाई हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने बताइन्छ ।
सन् २००८ मा ओसाकाको उडान बन्द भएपछि निगमले त्यहाँ बसोबास गर्दै आएका गैरआवासीय नेपाली देवमान हिराचनलाई निगमको त्यहाँको प्रतिनिधि तोकेको थियो । २००८ को सेप्टेम्बर २८ मा तत्कालीन महानिर्देशक क्याप्टेन केवी लिम्बूले हिराचनलाई निगमको प्रतिनिधि तोकेको चिठी दिएका थिए । त्यसपछि हिराचनले नै निगमको कार्यालय आफ्नै कार्यालयमा राख्ने, त्यहाँ सरसामान सबै राख्ने काम गरेका थिए । जापानले पनि नेपाल वायुसेवा निगमको प्रतिनिधिको मान्यता उनैलाई दिएको थियो । त्यतिमात्र होइन, निगमका कार्यकारी अध्यक्ष खरेलले गत माघ १७ मा उनलाई निगमका तर्फबाट आधिकारिक प्रतिनिधि तोकिएको पत्र दिएका छन् । जसमा खरेलकै हस्ताक्षर छ । उनैको पहलमा यसपटक पुनः निगमले ओसाका उडानको अनुमति पाएको हो ।
यसबीचमा निगमको कार्यालय भाडा तिर्ने, कर्मचारी पाल्नेदेखि उडान अनुमतिका लागि गर्नुपर्ने आइकाओको कालोसूचीबाट हटाउनेलगायतका सम्पूर्ण काम हिराचनले नै गरेका थिए । यसक्रममा उनले डेढ करोडभन्दा बढी खर्च गरिसकेको बुझिएको छ । निगमको जेसिए (जनरल सेल्स एजेन्ट) उनैलाई दिने मौखिक सहमतिमा उनले यो सबै काम पूरा गरेका थिए । अहिले उडान स्थगित गर्ने कुरा पनि उनको हस्ताक्षरबिना जापान सरकारले अस्वीकार गथ्र्यो । तर, यी सबै काम भइसकेपछि अहिले खरेल नैतिकता र इमानलाई समेत बन्धकमा राखेर उडान रद्द गरेर नयाँ सेल्स एजेन्टको खोजीमा लागेका छन् ।
कतिसम्म भने उनै खरेलले हिराचनलाई सुरुमा जेसिए दिने मौखिक प्रतिबद्धता जनाएका थिए । तर, अहिले उनले हिरासनको फोनसमेत उठाउन छाडेका छन् । अर्को झूटको खेती त के छ भने निगमले टिकट बिक्री नभएर उडान स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जनाएको छ । तर, यसमा एक प्रतिशत पनि सत्यता छैन । टिकट बिक्रीका लागि निगमले ओसाका कार्यालयमा बिक्रीसम्बन्धी सिस्टम जडान गरिदिनुपर्छ । तर, त्यो सिस्टम नदिएकैले टिकट बिक्री नभएको बुझिएको छ । टिकट बुकिङका लागि सयौंले फोन गरेको भए पनि सिस्टम नभएकाले बुकिङ गर्न नसकिएको हिराचनले बताएका छन् । त्यसो त निगमले एउटा मात्र टिकट बिक्री भएको भनेर वक्तव्य जारी गरेको केही दिनपछि नै झन्डै डेढ सयले विभिन्न एजेन्टमार्फत जुलाई ४ का लागि टिकट बुकिङ गरेको समाचार सार्वजनिक भइसकेको छ । यसबाट पनि निगम अध्यक्ष खरेलको नियत प्रस्ट हुन्छ ।
अहिले खर्पुलाई जेसिए दिनका लागि प्रधानमन्त्री सचिवालयका केही सदस्यसमेत लागिपरेको बुझिन्छ । तर, हिराचनलाई छाडेर नयाँ एजेन्ट खोजी गरेमा त्यसलाई जापान पक्षले पनि नस्वीकार्ने बताइन्छ । किनभने, यसबारे हिराचनले जापान सरकारसँग कप्लेन गरे भने त्यो सबै रोकिने खतरा छ । किनभने, जापान सरकारको आधिकारिता उनीसँग मात्र छ । अहिले नयाँ एजेन्ट खोज्न जाने क्रममा पनि खरेलले लाखौं रुपैयाँ स्वाहा बनाएको निगम स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा