8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

नेकपामा प्याकेज छलफल अनिश्चित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको शक्ति सन्तुलन पन्छाएर विधि, प्रक्रिया र मापदण्डबिनै एजेन्डा अघि सार्दा नेकपाको सचिवालय नै कामयावी हुन सकेको छैन । एकीकरण सम्पन्न भएको १३ महिनामा एकपटक केन्द्रीय कमिटी बोलाइएको छैन भने जम्मा दुईपटक मात्र स्थायी समिति बैठक बसेको छ ।
पछिल्लोपटक गत २३ जेठमा डाकिएको सचिवालय बैठक प्रधानमन्त्री युरोप भ्रमणबाट फर्किएपछि बस्नेगरी अनिश्चितकालका लागि स्थगित भएको थियो । जिल्ला इन्चार्ज र सहइन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट प्रभावशाली नेताहरूलाई छानीछानी बाइपास गर्नेगरी मापदण्डबिनाको प्रस्तावमा विवाद भएको थियो । नेपालको प्रभाव रहेका जिल्लामा पूर्वमाओवादीलाई इन्चार्ज दिने र बाँकीमा आफ्ना समूहकालाई जिम्मा दिने अध्यक्ष केपी ओलीले रणनीति अख्तियार गर्दै आएपछि विवाद अझै निरूपण भएको छैन । पछिल्लो बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता नेपालसँग छुट्टै परामर्श गरेका थिए । उक्त बैठकमा नेपालले मापदण्डबिनै जुनियरहरूलाई इन्चार्जमा अघि सार्नुको औचित्यमाथि पुनः प्रश्न उठाएपछि ओलीले सल्लाह गरेर बैठक बसौंला भन्ने प्रस्ताव गरेका थिए ।
‘अनौपचारिक छलफल सकिएपछि उहाँहरू तीनै जनाले गृहकार्य पुगेन, विदेश भ्रमणबाट आएपछि बसौं र त्यतिबेला इन्चार्ज र सहइन्चार्जका साथसाथै अरू संगठनात्मक एकीकरण र कार्यविभाजनको समग्र काम गरौंला भन्नुभएको थियो,’ नेता नारायणकाजी श्रेष्ठले भने, ‘मूल एजेन्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो, अब कहिले बस्छ, अध्यक्षहरूले नै गृहकार्य सकेपछि बोलाउनुहोला ।’
अध्यक्ष ओलीले नै इन्चार्ज, सहइन्चार्ज चयनदेखि अहिलेसम्म स्थगित एकीकरणसँग जोडिएका काम समग्रमै टुंगो लगाउने भने पनि उनी युरोप भ्रमणबाट फर्किएपछि ती कुनै पनि काममा गृहकार्य सुरु भएको छैन । यस्तो कार्यशैलीले एकीकरणसम्बन्धी सबै काम सक्न अझै एक वर्ष लाग्ने नेताहरूले बताउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा