16th July 2019, Tuesday

गुमराहमा राखेपछि बबन्डर



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी–निर्देशक कुलमान घिसिङले कर्मचारीहरूलाई आश्वस्त तुल्याए पनि सरुवा भएका कर्मचारीहरूको सूची सच्याउनेतिर अझसम्म कुनै पहल थालेका छैनन् । कार्यकारी–निर्देशक घिसिङले कर्मचारीहरूको सरुवाबारे पुनर्विचार गरिने आश्वासन दिएपछि आन्दोलनरत कर्मचारीहरूले कार्यकारी–निर्देशकलगायत प्राधिकरणका उच्च तहका कर्मचारीहरूको कार्यकक्षमा लगाइएको ताला खोलेका थिए ।
तर, आन्दोलनरत कर्मचारीहरूले ताला खोलेको आठ दिन बितिसक्दा पनि कर्मचारी सरुवाको सूची सच्याउनेतिर प्राधिकरणको व्यवस्थापन पक्षले कुनै पहल थालिरहेको छैन । प्राधिकरणको व्यवस्थापनले जथाभावी रूपले कर्मचारीहरूको सरुवा गरेपछि कर्मचारी संगठनहरू आक्रोशित बन्न पुगेको थियो । जेठमा प्राधिकरणले १ हजार ५ सय ७४ कर्मचारीको सरुवा गरेको थियो । सरुवा भएकामध्ये करिब ९ सय कर्मचारीहरूलाई मर्का परेको भन्दै कर्मचारी संगठनले आन्दोलन सुरु गरेको थियो । सामान्यतः कुनै पनि कर्मचारीको दुई वर्ष नपुगी सरुवा हुँदैन । तर, व्यवस्थापनले भने दुई वर्ष नै नपुगेका कर्मचारीहरूको समेत सरुवा गरेको थियो । त्यस्तै, घरपायक सरुवा मागेका कर्मचारीहरूको पनि सरुवा गरिएको थियो । खासगरी, तल्लो तहका कर्मचारीहरूले घरपायक सरुवा नपाएपछि उनीहरू मर्कामा परेको बताइन्छ ।
प्राधिकरणले कर्मचारीहरूको सरुवा २०७५ चैतमा गर्नुपर्ने थियो । चैतमा सरुवा हुने कार्यतालिका पहिला नै बनेको थियो । तर, प्राधिकरणका उच्च तहका कर्मचारीहरूले चलखेल गरेर २०७६ जेठमा सरुवा गर्न चाहेको बताइन्छ । एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरिँदा प्राधिकरणका केही कर्मचारीहरूले कार्यकारी–निर्देशक घिसिङलाई समेत गुमराहमा राखेको बुझिएको छ । केही कर्मचारीले ‘हामीले सबै मिलाएका छौं, हजुरले हस्ताक्षर गरे मात्र पुग्छ’ भनेर घिसिङलाई समेत गुमराहमा राखेको बताइन्छ । त्यसरी कार्यकारी–निर्देशकलाई गुमराहमा राखेर कर्मचारी सरुवामा चलखेल गर्नेहरूमा जनसाधन विभागका प्रमुख तुलाराम गिरी, कर्मचारी प्रशासन महाशाखाका प्रमुख डोलनाथ कँडेल र प्रशासन शाखाकी प्रमुख जमुनाकुमारी खड्का रहेको सूत्रको दाबी छ ।
कर्मचारीहरूको सरुवा गर्दा गिरी, कँडेल र खड्काले कतिपय कर्मचारीहरूसँग रिसइबी साँध्ने हिसाबले पनि सरुवा गरेको बताइन्छ । कतिपय कर्मचारीको त पहुँचका आधारमा राम्रो ठाउँमा समेत सरुवा हुन पुगेको थियो । सरुवासम्बन्धी कुनै मापदण्ड नै नबनाई सरुवा गरिँदा कर्मचारीहरू आक्रोशित बन्न पुगेका थिए । आक्रोशित कर्मचारीहरूले उच्च तहका कर्मचारीहरूको कार्यकक्षमा ताला लगाएपछि व्यवस्थापन पक्ष केही लचिलो बनेर सरुवाको सूची सच्याउन तयार देखिएको थियो । तर, अहिलेसम्म पनि सरुवाको सूची सच्याउनेतिर कुनै पहल नभइरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा