20th September 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

सभामुखसँग प्रधानमन्त्री क्रुद्ध



सभामुखसँग प्रधानमन्त्री क्रुद्ध

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सभामुख कृष्णबहादुर महरासँग क्रुद्ध बनेका छन् । आफूनिकटस्थहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले सभामुख महरालाई ‘अनपढ र भ्रष्ट’सम्म भन्ने गरेका छन् । मूलतः दुईटा घटनालाई लिएर ओली सभामुख महरासँग रुष्ट भएको स्रोतले बतायो । पहिलो, संसद्को रेकर्डबाट आफूले बालेको कुरा हटाएको र दोस्रो सरकारको नीति तथा कार्यक्रम पेस गर्दाको संसदीय व्यवस्थापनलाई लिएर आफूनिकटस्थहरूसँग प्रधानमन्त्रीले सभामुखको कडा आलोचना गर्ने गरेका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा गत वैशाख २८ मा प्रधानमन्त्री ओलीले ‘निम्छरा’ भन्ने शब्द प्रयोग गरेका थिए । विपक्षीहरूले सो शब्द असंसदीय भएको भन्दै त्यसलाई संसदीय रेकर्डबाट हटाउन माग गरे । पछि सो शब्द संसद्को रेकर्डमा नजनिने गरी हटाइएको थियो । सम्भवतः विश्वमै प्रधानमन्त्रीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको त्यो नै पहिलो घटना हो । जबकि, त्यस दिन प्रधानमन्त्रीलाई विपक्षीहरूले अनावश्यक प्रश्न सोधेर उत्तेजित पनि बनाइरहेका थिए । त्यसयता पनि संसद्मा कसैले शेरबहादुरलाई छेरबहादुर, केपी ओलीलाई करप्रसाद ओली भन्नेजस्ता शब्द प्रयोग गर्ने लहरै चलेको छ । तर, प्रधानमन्त्रीले बोलेकै शब्द हटाइएपछि प्रधानमन्त्री ओलीले सभामुखलाई संसदीय अभ्यास नै नबुझेको, विश्वको अभ्यास के छ भन्ने नपढ्ने (अनपढ) आदि भन्दै टिप्पणी गर्ने गरेका छन् । त्यति मात्र होइन, पहिले सञ्चारमन्त्री हुँदा महराले चिनियाँ ठेकेदार कम्पनीसँग कमिसनका लागि गरेको टेलिफोन संवादबारे पनि प्रम ओलीले निकटस्थहरूसँग कुरा गर्ने गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनको व्यवस्थापनबाट पनि प्रम ओली सभामुख महरासँग असन्तुष्ट भएको स्रोतले बतायो । उनले आफू निकटस्थहरूसँग बताएअनुसार त्यस दिन संसद्मा राष्ट्रपति भण्डारीलाई ओली आफंैले स्वागत गर्न चाहेका थिए । त्यो कुरा उनले संसदका कर्मचारीसमक्ष पु¥याएका पनि थिए । तर, सभामुख महराले उनको त्यो चाहना पूरा हुन दिएनन् र आफंैले राष्ट्रपतिको स्वागत गरे । ‘न ढंग छ, राष्ट्रपतिसँग कुम जोडेर उभिएको छ,’ ओलीले महरालाई संकेत गर्दै निकटस्थहरूसँग भन्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा